प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwex लेख १४
  • हामीले आफ्नो जीवन सरल बनायौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले आफ्नो जीवन सरल बनायौँ
  • यहोवाका साक्षीहरूको अनुभव
  • मिल्दोजुल्दो सामग्री
  • नाजिरीहरूबाट सिक्न सकिने पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के तपाईंको आँखा निर्मल छ?
    हाम्रो राज्य सेवकाई—२०१०
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
यहोवाका साक्षीहरूको अनुभव
ijwex लेख १४
स्कुटर बेच्ने मानिसले किन्‍ने मानिसलाई साँचो दिँदै छन्‌। पछाडि स्कुटर छ।

हामीले आफ्नो जीवन सरल बनायौँ

मडियन र मार्सेला कोलम्बियाको मेडलिनमा आरामदायी जीवन बिताउँथे। मडियनको राम्रो जागिर थियो र उनीहरू सुविधासम्पन्‍न अपार्टमेन्टमा बस्थे।  तर एउटा कुराले उनीहरूलाई यहोवाको सेवकको रूपमा आफ्ना प्राथमिकताहरू फेरि केलाउन उत्प्रेरित गऱ्‍यो। उनीहरू भन्छन्‌: “हामी २००६ मा ‘तपाईंको आँखा निर्मल राख्नुहोस्‌’ भन्‍ने विशेष सम्मेलनमा उपस्थित भयौँ। थुप्रै भाषणमा तनमनले यहोवाको सेवा गर्न आफ्नो जीवन सरल बनाउनुपर्ने आवश्‍यकतामा जोड दिइएको थियो। तर हामीले भने सम्मेलनमा सिकेभन्दा ठीक विपरीत गरिरहेका थियौँ। हामी चाहिने नचाहिने सामानहरू किन्‍ने गर्थ्यौँ। यसले गर्दा हामी ठूलो ऋणमा डुबेका थियौँ।”

सम्मेलनमा यसरी प्रोत्साहन पाएपछि मडियन र मार्सेलाले आफ्नो जीवन सरल बनाउन थाले। उनीहरू भन्छन्‌: “हामीले आफ्नो खर्च कम गऱ्‍यौँ। हामी सानो अपार्टमेन्टमा सऱ्‍यौँ अनि गाडी बेचेर एउटा स्कुटर किन्यौँ।” उनीहरू अनावश्‍यक सामानहरू किन्‍ने प्रलोभनमा नपर्न सपिङ मलहरूमा जान पनि छोडे। अनि आफ्ना छिमेकीहरूलाई बाइबलका कुराहरू बताउने काममा धेरै समय बिताउन थाले। साथै जोसिलो भई विशेष अग्रगामीको रूपमा यहोवाको सेवा गरिरहेकाहरूसित सङ्‌गत गर्न थाले।a

मार्सेला र मडियन।

मडियन र मार्सेलाले आफ्नो सेवा विस्तार गर्न एउटा दुर्गम इलाकामा भएको सानो मण्डलीमा सर्ने निर्णय गरे। त्यसको लागि मडियनले जागिर छोडे। मडियनको यस्तो निर्णय सुनेर तिनको सुपरभाइजरलाई तिनी कस्तो मूर्ख रहेछन्‌ जस्तो लाग्यो। मडियनले उनीसित यस्तो तर्क गरे: “तपाईँ प्रशस्तै पैसा कमाउनुहुन्छ तर के तपाईँ खुसी हुनुहुन्छ?” उनले आफू खुसी नभएको कुरा स्विकारिन्‌ किनभने उनका थुप्रै समस्या थिए र ती समाधान गर्न पनि सकिरहेकी थिइनन्‌। त्यसपछि तिनले सुपरभाइजरलाई यसो भने: “त्यसैले तपाईँले कति पैसा कमाउनुहुन्छ भन्‍ने कुरा महत्त्वपूर्ण होइन। तर केले तपाईँलाई साँचो आनन्द दिन्छ, त्योचाहिँ महत्त्वपूर्ण हो। अरूलाई परमेश्‍वरबारे सिकाउँदा म र मेरी पत्नी खुसी हुन्छौँ। त्यसैले यस काममा अझ धेरै समय बिताएर हामी आफ्नो आनन्द बढाउन चाहन्छौँ।”

आध्यात्मिक लक्ष्यहरू हासिल गर्न अघि बढ्‌दा मडियन र मार्सेला साँच्चै सन्तुष्ट र आनन्दित भएका छन्‌। विगत १३ वर्षको अवधिमा उनीहरूले कोलम्बियाको उत्तर-पश्‍चिमी भागका विभिन्‍न मण्डलीमा सेवा गरे। अहिले उनीहरू विशेष अग्रगामीको रूपमा सेवा गर्दै छन्‌।

दुर्गम इलाकाको एक पुरुषसँग मार्सेला र मडियन कुरा गर्दै छन्‌। उनीहरूले तिनलाई ‘बाइबलले वास्तवमा के सिकाउँछ?’ किताब देखाइरहेका छन्‌।

a यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयले विशेष अग्रगामीहरूलाई पूर्ण-समय सुसमाचार सुनाउन कुनै निश्‍चित ठाउँमा खटाउँछ। आधारभूत आवश्‍यकता पूरा गर्न तिनीहरूलाई थोरै पैसा दिइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने