यहोवा
उहाँको नाम
यहोवा नामको अर्थ “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्ने हो
यहोवा आफ्ना सेवकहरूको ख्याल राख्न के बन्न वा कस्तो भूमिका निभाउन सक्नुहुन्छ?
भज १९:१४; ६८:५; यसै ३३:२२; ४०:११; २को १:३, ४
भज ११८:१४; यसै ३०:२०; यर्मि ३:१४; जक २:५ पनि हेर्नुहोस्
परमेश्वरको नाम पवित्र पार्नु किन सबैभन्दा महत्त्वपूर्ण कुरा हो?
हामी ब्रह्माण्डका मालिक यहोवाप्रति किन आज्ञाकारी हुनुपर्छ?
यहोवाका केही पदवी
चट्टान—व्य ३२:४; यसै २६:४
बुबा—मत्ति ६:९; युह ५:२१
ब्रह्माण्डका मालिक—यसै २५:८; आमो ३:७
महान् शिक्षक—यसै ३०:२०
युगयुगका महाराजा—१ति १:१७; प्रका १५:३
सर्वशक्तिमान्—उत्प १७:१; प्रका १९:६
सर्वोच्च—उत्प १४:१८-२२; भज ७:१७
सेनाहरूका यहोवा—१स १:११
स्वर्गको सिंहासनमा बस्नुहुने परमेश्वर—हिब्रू १:३; ८:१
यहोवाका केही मनमोहक गुण
यहोवा आफ्नो पवित्रतालाई कसरी उच्च पार्नुहुन्छ अनि यसले उहाँका सेवकहरूमा कस्तो प्रभाव पार्नुपर्छ?
प्रस्थ २८:३६; लेवी १९:२; २को ७:१; १प १:१३-१६
सम्बन्धित बाइबल विवरण(हरू):
यसै ६:१-८—भविष्यवक्ता यसैया यहोवाको पवित्रताबारे दर्शन देख्दा भयभीत भए र अयोग्य महसुस गरे तर एक जना सराफले पापी मानिस पनि यहोवाको नजरमा शुद्ध हुन सक्छ भनेर बुझाए
रोमी ६:१२-२३; १२:१, २—प्रेषित पावलले हामी कसरी पापी झुकावविरुद्ध लड्न अनि “पवित्र जीवन” पाउन सक्छौँ भनेर बताए
यहोवा कत्तिको शक्तिशाली हुनुहुन्छ अनि उहाँले आफ्नो शक्ति कुन-कुन तरिकामा प्रयोग गर्नुहुन्छ?
प्रस्थ १५:३-६; २इ १६:९; यसै ४०:२२, २५, २६, २८-३१
सम्बन्धित बाइबल विवरण(हरू):
व्य ८:१२-१८—भविष्यवक्ता मोसाले यहोवाले इस्राएलीहरूको लागि उदार भई आफ्नो शक्ति प्रयोग गर्नुभएकोले नै तिनीहरूले असल कुराहरू पाउन सकेका हुन् भनेर सम्झाए
१रा १९:९-१४—यहोवाले निराश भएका भविष्यवक्ता एलियालाई आफ्नो अथाह शक्ति प्रकट गरेर प्रोत्साहन दिनुभयो
यहोवाको न्याय किन सर्वोत्कृष्ट छ?
व्य ३२:४; अयु ३४:१०; ३७:२३; भज ३७:२८; यसै ३३:२२
सम्बन्धित बाइबल विवरण(हरू):
व्य २४:१६-२२—मोसाको व्यवस्थामा उल्लेख गरिएझैँ यहोवाको न्यायमा उहाँको कृपा र प्रेम पनि समावेश छ
२इ १९:४-७—राजा यहोसापातले आफूले नियुक्त गरेका न्यायकर्ताहरूलाई तिनीहरूले मानिसको नभई यहोवाको न्यायको प्रतिनिधित्व गर्छन् भनेर बुझाए
यहोवा यस ब्रह्माण्डकै सबैभन्दा बुद्धिमान् व्यक्ति हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?
भज १०४:२४; हित २:१-८; यर्मि १०:१२; रोमी ११:३३; १६:२७
भज १३९:१४; यर्मि १७:१० पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१रा ४:२९-३४—यहोवाले राजा सुलेमानलाई धेरै बुद्धि दिनुभएकोले तिनी त्यतिबेलाका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान् थिए
लुका ११:३१; युह ७:१४-१८—येसु सुलेमानभन्दा धेरै बुद्धिमान् हुनुभए तापनि उहाँले आफ्नो बुद्धिको श्रेय यहोवालाई दिनुभयो
प्रेम यहोवाको प्रमुख गुण हो भनेर कुन कुराले देखाउँछ?
युह ३:१६; रोमी ८:३२; १यु ४:८-१०, १९
सप ३:१७; युह ३:३५ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति १०:२९-३१—यहोवा आफ्नो प्रत्येक सेवकलाई प्रेम गर्नुहुन्छ र अनमोल ठान्नुहुन्छ भनेर बुझाउन येसुले भँगेराको उदाहरण चलाउनुभयो
मर्कु १:९-११—यहोवाले स्वर्गबाट आफ्नो छोरा येसुप्रतिको माया व्यक्त गर्नुभयो र उहाँको बुबा हुन पाएकोमा गर्व गर्नुभयो। आमाबुबाले पनि यहोवाको अनुकरण गर्दै आफ्ना छोराछोरीप्रति त्यसरी नै माया व्यक्त गर्नुपर्छ
यहोवालाई प्रेम गर्नुपर्ने अरू कारण के-के हुन्? बाइबलले यहोवाका थुप्रै मनमोहक गुणमा यी गुणहरू पनि समावेश छन् भनेर सिकाउँछ:
अनन्त; अनादिदेखि अनन्तसम्म रहने—भज ९०:२; ९३:२
अपरिवर्तनीय; भरोसायोग्य—मला ३:६; या १:१७
आनन्दित—१ति १:११
उदार—भज १०४:१३-१५; १४५:१६
करुणामय—यसै ४९:१५; ६३:९; जक २:८
कृपालु—प्रस्थ ३४:६
गौरवशाली—भज ८:१; १४८:१३
दयालु—लुका ६:३५; रोमी २:४
धर्मी—भज ७:९
धीरजी—यसै ३०:१८; २प ३:९
नम्र—भज १८:३५
महिमित—प्रका ४:१-६
वफादार—प्रका १५:४
शान्तिप्रिय—फिलि ४:९
सबै कुरा देख्न सक्ने—२इ १६:९; हित १५:३
हामीले यहोवालाई राम्ररी चिन्दै गयौँ भने के हुन्छ?
यहोवाको सेवा गर्ने तरिका
यहोवा आफ्ना सेवकहरूबाट तिनीहरूले गर्न सक्नेभन्दा धेरै आशा गर्नुहुन्न भनेर केले देखाउँछ?
सम्बन्धित बाइबल विवरण(हरू):
व्य ३०:११-१४—यहोवाले मोसामार्फत दिनुभएको व्यवस्था पालन गर्न इस्राएलीहरूको लागि असाध्यै गाह्रो थिएन
मत्ति ११:२८-३०—आफ्नो बुबाको हुबहु अनुकरण गर्नुभएको येसुले अनुयायीहरूलाई आफू स्फूर्तिदायी मालिक हुँ भनेर आश्वासन दिनुभयो
हामीले किन यहोवाको प्रशंसा गर्नुपर्छ?
यर्मि २०:९; लुका ६:४५; प्रे ४:१९, २० पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
भज १०४:१, २, १०-२०, ३३, ३४—भजनरचयिताले यहोवाको सृष्टि देखेर उहाँको प्रशंसा गरे
भज १४८:१-१४—भौतिक सृष्टि र सबै स्वर्गदूतले यहोवाको प्रशंसा गर्छन् र हामीले पनि त्यसै गर्नुपर्छ
हाम्रो असल आचरणले कसरी अरूलाई यहोवाबारे साक्षी दिन्छ?
या ३:१३ पनि हेर्नुहोस्
हामी किन यहोवासित नजिक हुनुपर्छ?
नम्रताले कसरी परमेश्वरसित नजिक हुन मदत गर्छ?
बाइबल पढाइ र मननले कसरी यहोवासित नजिक हुन मदत गर्छ?
हामीले यहोवाबारे सिकेको कुरा किन लागू गर्नुपर्छ?
हामीले किन यहोवाबाट कुनै पनि कुरा लुकाउनु हुँदैन?
अयु ३४:२२; हित २८:१३; यर्मि २३:२४; १ति ५:२४, २५
सम्बन्धित बाइबल विवरण(हरू):
२रा ५:२०-२७—गेहजिले आफ्ना पाप लुकाउन खोजे तर यहोवाले भविष्यवक्ता एलिसालाई सत्य प्रकट गरिदिनुभयो
प्रे ५:१-११—हननिया र सफिराको कुकर्मको पर्दाफास भयो अनि तिनीहरूले पवित्र शक्तिविरुद्ध झूट बोलेकोले सजाय पाए