प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ११६
  • स्वर्ग को जान्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्ग को जान्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • नयाँ विजयगान गाउनु
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख ११६
स्वर्गमा १ लाख ४४ हजार जनाले येसुसितै शासन गर्छन्‌

स्वर्ग को जान्छ?

बाइबलको जवाफ

ईश्‍वरले सीमित सङ्‌ख्याका केही वफादार मानिसहरूलाई स्वर्गमा बस्नको लागि चुन्‍नुभएको छ। तिनीहरू मरेपछि उहाँले स्वर्गमा तिनीहरूलाई फेरि जीवित पार्नु हुनेछ। (१ पत्रुस १:३, ४) तर ज-जसलाई स्वर्गमा बस्न चुनिएको छ, तिनीहरूले आफ्नो विश्‍वास बलियो अनि आचरण पवित्र बनाइराख्नुपर्छ। त्यसो गरिरह्‍यो भने मात्र तिनीहरूले स्वर्गमा जीवन पाउने आफ्नो अधिकार गुमाउने छैनन्‌।—एफिसी ५:५; फिलिप्पी ३:१२-१४.

स्वर्ग जानेहरूले त्यहाँ के गर्नेछन्‌?

तिनीहरूले येसुसँगै राजा र पुजारीको रूपमा १ हजार वर्षसम्म शासन गर्नेछन्‌। (प्रकाश ५:९, १०; २०:६) तिनीहरू मिलेर बनेको स्वर्गीय सरकारलाई “नयाँ आकाश” भनिन्छ र यसले “नयाँ पृथ्वी” अर्थात पृथ्वीका मानिसहरूमाथि शासन गर्नेछ। ती शासकहरूले मानिसजातिको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍य पूरा गर्न मदत गर्नेछन्‌।—यसैया ६५:१७; २ पत्रुस ३:१३.

स्वर्गमा कति जना फेरि जीवित हुनेछन्‌?

बाइबलमा १ लाख ४४ हजार जना स्वर्गमा जीवित हुनेछन्‌ भनेर बताइएको छ। (प्रकाश ७:४) प्रकाश १४:१-३ अनुसार प्रेषित युहन्‍नाले दर्शनमा ‘पाठोलाई सियोन डाँडामा १ लाख ४४ हजार जनासित उभिरहेको’ देखे। उक्‍त दर्शनको “पाठो”-ले फेरि जीवित हुनुभएको येसुलाई सङ्‌केत गर्छ। (युहन्‍ना १:२९; १ पत्रुस १:१९) अनि “सियोन डाँडा”-ले येसु र उहाँसितै शासन गर्ने १ लाख ४४ हजार जनाले पाएको उच्च ओहदालाई बुझाउँछ।—भजन २:६; हिब्रू १२:२२.

येसुसँगै शासन गर्नको लागि ‘बोलाइएका र चुनिएकाहरूलाई’ “सानो बगाल” भनिएको छ। (प्रकाश १७:१४; लुका १२:३२) यसबाट येसुको सम्पूर्ण चेलाहरूको सङ्‌ख्याको तुलनामा सानो बगालमा हुनेहरूको सङ्‌ख्या थोरै छ भनेर स्पष्ट हुन्छ।—युहन्‍ना १०:१७.

स्वर्ग जानेहरूको विषयमा गलत धारणा

गलत धारणा: सबै असल व्यक्‍ति स्वर्ग जान्छ।

तथ्य: थुप्रै असल मानिसहरूले यसै पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌ भनेर ईश्‍वरले प्रतिज्ञा गर्नुभएको छ।—भजन ३७:११, २९, ३४.

  • येसुले यसो भन्‍नुभयो: “कुनै मानिस स्वर्ग उक्लेको छैन।” (युहन्‍ना ३:१३) येसु पृथ्वीमा आउनुअघि मरिसकेका असल मानिसहरू जस्तै अब्राहाम, याकुब, मोसा, अय्युब र दाउद, कोही पनि स्वर्ग गएनन्‌ भनेर यसबाट स्पष्ट हुन्छ। (प्रेषित २:२९, ३४) तिनीहरूले यसै पृथ्वीमा फेरि जीवित हुनेछन्‌।—अय्युब १४:१३-१५.

  • स्वर्ग जानेहरू “सुरुमा जीवित पारिन्छन्‌।” (प्रकाश २०:६) यसको मतलब पछि अरूलाई पनि जीवित पारिनेछ र त्यो काम पृथ्वीमा हुनेछ।

  • बाइबलको शिक्षाअनुसार परमेश्‍वरको राज्यमा “मृत्यु हुनेछैन।” (प्रकाश २१:३, ४) यो प्रतिज्ञा पक्कै पनि पृथ्वीका मानिसहरूको लागि हो किनकि स्वर्गमा कहिल्यै कसैको मृत्यु हुँदैन।

गलत धारणा: आफू मरेपछि स्वर्ग जाने कि पृथ्वीमै जीवन पाउने प्रत्येक व्यक्‍ति आफैले रोज्छन्‌।

तथ्य: परमेश्‍वरको वफादार सेवकहरूमध्ये क-कसले “माथिको बोलावटको पुरस्कार” अर्थात स्वर्गमा जीवन पाउने आशा पाउँछन्‌, त्यो परमेश्‍वरले तय गर्नुहुन्छ। (फिलिप्पी ३:१४) कुनै व्यक्‍तिलाई स्वर्ग जानको लागि चुनिन्छ वा चुनिदैन, त्यो उक्‍त व्यक्‍तिको इच्छामा निर्भर हुँदैन।—मत्ति २०:२०-२३.

गलत धारणा: पृथ्वीमा अनन्त जीवन बिताउने आशाभन्दा स्वर्गको आशा श्रेष्ठ छ; स्वर्ग जान अयोग्य भएकाहरूले मात्र पृथ्वीमा अनन्त जीवनको आशा पाउँछन्‌।

तथ्य: परमेश्‍वरले पृथ्वीमा अनन्त जीवनको आशा पाएकाहरूलाई “मेरा मानिसहरू,” “मैले चुनेका जनहरू” अनि “यहोवाले आशिष्‌ दिनुभएका जाति” भनेर सम्बोधन गर्नुभयो। (यसैया ६५:२१-२३) तिनीहरूले परमेश्‍वरले सुरुमा मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्ने मौका पाउनेछन्‌। त्यो उद्देश्‍य हो, सुन्दर प्रमोदवनमा त्रुटिरहित जीवन बिताउने।—उत्पत्ति १:२८; भजन ११५:१६; यसैया ४५:१८.

गलत धारणा: प्रकाशको किताबमा उल्लेख गरिएको १ लाख ४४ हजार सङ्‌ख्या शाब्दिक नभई लाक्षणिक हो।

तथ्य: हुनत प्रकाशको किताबमा उल्लेख गरिएको केही सङ्‌ख्याहरू लाक्षणिक हुन्‌ तर केही शाब्दिक पनि हुन्‌। उदाहरणको लागि, प्रकाशको किताबमा “पाठोका १२ जना प्रेषितको १२ नाम”-बारे बताइएको छ। (प्रकाश २१:१४) आउनुहोस्‌, १ लाख ४४ हजार किन लाक्षणिक सङ्‌ख्या नभई शाब्दिक सङ्‌ख्या हो, केही प्रमाण विचार गरौं:

प्रकाश ७:४ यसो भन्छ, “छाप लगाइएकाहरूको [अर्थात्‌ स्वर्गमा जीवन पाउने पक्का भएकाहरूको] सङ्‌ख्या . . . १ लाख ४४ हजार थियो।” यसै पदको प्रसङ्‌गमा पर्ने अर्को पदमा एउटा अर्को समूहको विषयमा पनि बताइएको छ। त्यहाँ यसो भनिएको छ, “कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड।” यस “ठूलो भीड”-का मानिसहरूले पनि परमेश्‍वरबाट उद्धार पाउनेछन्‌। (प्रकाश ७:९, १०) यदि १ लाख ४४ हजार शाब्दिक नभई लाक्षणिक सङ्‌ख्या हो भने यो समूह र गन्‍न नसकिने ठूलो भीडबीच कुनै भिन्‍नता हुनेछैन।a

यसबाहेक १ लाख ४४ हजार जना मानिसहरूलाई “पहिलो फलको रूपमा मानिसहरूमध्येबाट किनिएका” भनेर पनि वर्णन गरिएको छ। (प्रकाश १४:४) “पहिलो फल” भन्‍ने अभिव्यक्‍तिले थोरैलाई मात्र चुनिएको छ भनेर बुझाउँछ। त्यसैले येसुसित मिलेर स्वर्गबाट पृथ्वीका अनगिन्ती मानिसहरूमाथि शासन गर्ने सानो समुहको मानिसहरूलाई “पहिलो फल” भन्‍ने शब्द सुहाउँछ।—प्रकाश ५:१०.

a साथै प्रोफेसर रोबर्ट एल. थोमसले प्रकाश ७:४ मा उल्लिखित १ लाख ४४ हजार सङ्‌ख्याबारे यस्तो लेखे, “यो निश्‍चित सङ्‌ख्या हो तर प्रकाश ७:९ मा उल्लेख गरिएको सङ्‌ख्या भने गन्‍नै नसकिने सङ्‌ख्या हो। यदि १ लाख ४४ हजारलाई लाक्षणिक सङ्‌ख्या मान्‍ने हो भने प्रकाशको किताबमा उल्लेख गरिएको सबै सङ्‌ख्यालाई लाक्षणिक मान्‍नुपर्ने हुन्छ।”—रेवलेशन १-७: एन एक्सेजेटिकल कमेन्ट्री, पृष्ठ ४७४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने