प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १०/८ पृ. ३२
  • “तपाईंहरू सबैलाई मेरो बधाई”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंहरू सबैलाई मेरो बधाई”
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 १०/८ पृ. ३२

“तपाईंहरू सबैलाई मेरो बधाई”

यहोवाका साक्षीहरूको साहित्य र ती तिनका पुऱ्‍याउने व्यक्‍तिहरूबारे स.रा.अ.-को अलाबामा, फेरहोपका एक क्याथोलिक भक्‍तले उक्‍त कुरा लेखेका थिए।

तिनले भने, “प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको लेखनशैली र विषयवस्तु उत्कृष्ट छ। तपाईंहरूका मानिसले मकहाँ प्रत्येक अंक ल्याइदिंदा खुसी लाग्छ। अनि म ती दुवै पढ्‌छु पनि।

“तपाईंका मानिसहरू साह्रै असल र भलादमी छन्‌। अनि मानिसहरूले राजीखुसी परमेश्‍वरको (यहोवाको) काम गरिरहेको देख्दा राम्रो लाग्छ। पछिल्लो चोटि दुई जना साना ठिटाहरू आएका थिए। तिनीहरूले आफ्नो परिचय दिए अनि पत्रिका प्रस्तुत गरे। मैले तिनीहरूलाई धन्यवाद दिएँ र त्यस्ता साना केटाहरू बदमासी गर्नुको साटो असल काम गरिरहेको देख्दा साह्रै आनन्द लाग्यो।

“म क्याथोलिक भक्‍त हुँ . . . तर म तपाईंहरूको संगठन र यसका मानिसहरूले गरिरहेका महान्‌ कामको मूल्यांकन गर्छु। म आफ्नो हृदयदेखि भन्दैछु, मलाई तपाईंहरूको पत्रिका साँच्चै मनपर्छ र तपाईंहरूका असल, हँसिलो मानिसहरूको सराहना गर्छु। . . . तपाईंहरू सबैलाई मेरो बधाई। यो असल काम गर्न नछोड्‌नुहोस्‌।”

यहोवाका साक्षीहरू खास आवश्‍यकताहरू पूरा गर्न पनि प्रकाशनहरू उपलब्ध गर्छन्‌। त्यस्तै एउटा प्रकाशन, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने ३२ पृष्ठे पुस्तिका हो। सोह्रवटा पाठहरूमा बाइबलका आधारभूत शिक्षाहरू र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न गर्नुपर्ने कामबारे बाइबलले बताएका कुराहरू दुवै उल्लेख गरिएका छन्‌। तपाईं पनि यस ३२ पृष्ठे पुस्तिकाबारे अझ बढी जानकारी पाउन चाहनुहुन्छ भने कृपया सँगैको कुपन भरेर उल्लिखित ठेगानामा अथवा यसै पत्रिकाको पृष्ठ ५ मा लिपिबद्ध ठेगानाहरूमध्ये उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌।

□ परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकामा भएका अझ बढी जानकारी मलाई पठाइदिनुहोला।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मलाई निम्न ठेगानामा सम्पर्क राख्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने