प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १२/८ पृ. ३२
  • ‘तपाईंहरू सबैलाई प्रेम गर्नुहुँदो रहेछ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तपाईंहरू सबैलाई प्रेम गर्नुहुँदो रहेछ’
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 १२/८ पृ. ३२

‘तपाईंहरू सबैलाई प्रेम गर्नुहुँदो रहेछ’

प्रशंसाका यी शब्दहरू शताब्दीयौंदेखि भिन्‍नाभिन्‍नै जातिहरूबीच युद्ध चलिरहेको देश युगोस्लाभियास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई लेखिएको थियो। उक्‍त चिठी यसो भन्छ:

“श्रीमान्‌,

मैले यहोवाका साक्षीहरूबारे मेरो घर सरायेभोमा धेरै कुरा सुनेको थिएँ। तर तपाईंहरूले विश्‍वास गर्ने कुराहरूमा गएको गृष्म ऋतुतिर जर्मनीमा सम्पन्‍न अधिवेशनमा उपस्थित नहोउञ्जेलसम्म चासो लिएको थिइनँ। त्यहाँ क्रोएसिया, युगोस्लाभिया र बोस्नियाबाट आएका मानिसहरूसँगै शान्तिसित बसेर एकअर्कालाई भाइबहिनी भनेर बोलाइरहेको देख्दा म त छक्क परें। मैले त्यस्तो कहिल्यै देखेको थिइनँ! तपाईंहरूलाई राजनैतिक कुराहरूले छुटाउन सक्दैन भनेर तपाईंहरूको पारस्परिक प्रेमले बलियो प्रमाण दिन्छ। सबैप्रति प्रदर्शित गरिरहनुभएको प्रेमको लागि परमेश्‍वरले तपाईंहरूलाई आशिष्‌ दिऊन्‌!”

धेरै समयदेखि घृणाले जरा गाडेको ठाउँहरूबाट प्राप्त भएका यस्ता रिपोर्टहरूले यो प्रश्‍न खडा गरेको छ, के युद्धविनाको संसार आउला र? यो ३२ पृष्ठे अंग्रेजी पुस्तिकाको शीर्षक पनि हो, जसले त्यस्तो संसार पाक्कै आउँछ भनेर जोडदार प्रमाणहरू पेस गर्छ। तर कसरी? अनि कहिले?

यस ३२ पृष्ठे पुस्तिकाबाट अझबढी जानकारी चाहनुहुन्छ भने, सँगैको कुपन भरेर पृष्ठ ५ मा उल्लिखित उपयुक्‍त ठेगानामा पठाउनुहोला।

◻ मलाई वील देयर बी अ वर्ल्ड विथआउट वार? पुस्तिकामा भएको अझबढी जानकारी पठाइदिनुहोला।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मलाई निम्न ठेगानामा सम्पर्क राख्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने