प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १/८ पृ. ३२
  • शंकालु तर अझै जिज्ञासु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शंकालु तर अझै जिज्ञासु
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ १/८ पृ. ३२

शंकालु तर अझै जिज्ञासु

स्लोभेनियास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा एक जना मानिसले पत्र पठाए। आफूले रोमन क्याथोलिकको रूपमा बप्तिस्मा लिएको कुरा बताउँदै पत्रमा उनले यस्तो अनुरोध गरे: “कृपया मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने एउटा पुस्तिका पठाइदिनुहोला। ब्यूँझनुहोस्‌! पत्रिका मेरै घरमा नियमित तवरमा पाउन मैले के गर्नुपर्छ, त्यसबारे पनि म जान्‍न चाहन्छु।”

उक्‍त मानिसले यसो पनि भने: “कृपया मलाई अन्यथा नसम्झनुहोला। धर्मसम्बन्धी कुरा म हतपती पत्याउँदिन तर ब्यूँझनुहोस्‌! पढ्‌दा भने यसले कुनै मतमतान्तरको पक्ष नलिई सुस्पष्ट अनि शिक्षामूलक जानकारी दिएको देखेर म तीन छक परें। रोमन क्याथोलिकहरूको साप्ताहिक पत्रिका डुर्सिना [परिवार] नै हेर्नुस्‌ न, यसले कसलाई भोट दिनुपर्छ, कसले हाम्रो भलाइ गर्छ अनि कसले गर्दैन जस्ता कुराहरू मात्र गरेर मानिसहरूलाई बहकाउन खोज्छ।”

तिनले चाहनुहुन्छ पुस्तिका मगाउन ब्यूँझनुहोस्‌!-को पछिल्लो पृष्ठको कुपन भरेर पठाउनुको सट्टा व्यक्‍तिगत चिठी नै पठाउनुको कारण पनि लेखे। तिनले भने: “मलाई यो ब्यूँझनुहोस्‌! पत्रिका बिगार्नै मन लागेन, जस्ताको तस्तै राख्न मन लाग्यो!”

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? शीर्षकको ३२ पृष्ठे पुस्तिकामा १६ वटा पाठ छन्‌। यी पाठहरूले बाइबलका आधारभूत शिक्षाहरूबारे बताउनुका साथै परमेश्‍वरको अनुमोदन पाउन हामीले गर्नुपर्ने कुराहरू पनि बाइबलबाटै सिकाउँछन्‌। यस ३२ पृष्ठे पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यहाँ सँगैको कुपन भरेर यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको कुनै एउटा ठेगानामा पठाउनुहोस्‌। (g00 12/22)

◻ मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोला।

◻ म निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मसित सम्पर्क गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने