प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ८/८ पृ. ३२
  • विश्‍व एकता—सपना मात्र होइन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍व एकता—सपना मात्र होइन
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ८/८ पृ. ३२

विश्‍व एकता—सपना मात्र होइन

भारतको केरला प्रान्तका एक जना मानिसले यस पत्रिकाको प्रकाशकलाई यस्तो लेखे: “तपाईंको ब्यूँझनुहोस्‌! पत्रिका अरू सबै पत्रिकाहरूभन्दा फरक छ। यसले छलफल नगरेको कुनै विषय नै छैन जस्तो लाग्छ। मलाई विशेष गरी प्रकृतिसम्बन्धी लेखहरू पढ्‌न मन लाग्छ।”

ब्यूँझनुहोस्‌! पत्रिका मन पर्नुको विशेष कारण बताउँदै उक्‍त मानिसले यसो भने: “ब्यूँझनुहोस्‌! पत्रिकाले जस्तो विभिन्‍न राष्ट्रका मानिसहरूलाई दाजुभाइ ठान्‍न मदत गर्ने अरू कुनै पत्रिका छ जस्तो मलाई लाग्दैन। ब्यूँझनुहोस्‌! पत्रिकाले जस्तो अरू कुनै पत्रिकाले पनि विश्‍व एकतालाई प्रोत्साहन दिंदैन। मैले पढेका थुप्रै पत्रिकाहरूसित तुलना गरेर हेर्दा ब्यूँझनुहोस्‌! साँच्चै बहुमूल्य छ।”

उक्‍त पाठकको विचारधारा ब्यूँझनुहोस्‌!-को पृष्ठ ४ मा छापिने यसको उद्देश्‍यसित मिल्दोजुल्दो छ। त्यहाँ यस्तो लेखिएको छ: “राजनीतिबारे यो सधैं तटस्थ रहन्छ र कुनै जातिलाई अर्को जातिभन्दा बढी महत्त्व दिने गर्दैन।” सबैभन्दा महत्त्वपूर्ण कुरा त, जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफका लागि ब्यूँझनुहोस्‌!-ले पाठकहरूलाई परमेश्‍वरमा भर पर्न सिकाउँछ।

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? विषयको ३२ पृष्ठे पुस्तिकाले पनि यसै गर्छ। यसका १६ वटा पाठहरूमध्ये केही यसप्रकार छन्‌, “परमेश्‍वर को हुनुहुन्छ?,” “पृथ्वीका लागि परमेश्‍वरको उद्देश्‍य के हो?” अनि “परमेश्‍वरको राज्य के हो?” तपाईं सँगैको कुपन भरी यहाँ दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएका सुविधा पर्ने ठेगानामा पठाएर यस पुस्तिकाबारे थप जानकारी पाउन सक्नुहुन्छ। (g01 7/22)

□ मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने