प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ पृ. ३१
  • वृद्धहरूबारे मिथ्या अनि तथ्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वृद्धहरूबारे मिथ्या अनि तथ्य
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना वृद्ध सेवकहरूको कोमल हेरचाह गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • वृद्धावस्थामा सँगै प्रवेश गर्ने
    पारिवारिक आनन्दको रहस्य
  • जवानहरूको बलको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ पृ. ३१

वृद्धहरूबारे मिथ्या अनि तथ्य

वृद्धावस्थाबारे मिथ्याहरू झन्‌ झनै बढ्‌दैछ। “एजिङ–एक्सप्लोडिङ द माइथ्स” (वृद्धावस्था–यसका मिथ्याहरू बढ्‌दैछन्‌) नामक विश्‍व स्वास्थ्य संघको वृद्धावस्था र स्वास्थ्य कार्यक्रमको प्रकाशनले यिनीहरूमध्येका केही मिथ्याहरूमाथि प्रकाश पाऱ्‍यो। यसबारे केही उदाहरणहरू विचार गर्नुहोस्‌।

मिथ्या: धेरैजसो वृद्ध मानिसहरू औद्योगिक देशहरूमा बस्छन्‌।

तथ्य: वास्तवमा, संसारको ५८ करोड वृद्धहरूमध्ये ६० प्रतिशतभन्दा बढी विकासोन्मुख देशहरूमा बस्छन्‌। राम्रो स्वास्थ्य सेवा तथा सुलभ ढल निकास, बसोबासको व्यवस्था र भोजनले गर्दा यी मुलुकहरूका थुप्रै मानिसहरूको उमेर लम्बिंदै गइरहेको छ।

मिथ्या: वृद्धहरूले कुनै योगदान पुऱ्‍याउन सक्दैन।

तथ्य: वृद्ध मानिसहरूले तलबैविना अरूलाई मदत गरेर ठूलो भूमिका निर्वाह गर्छन्‌। उदाहरणका लागि, अमेरिकामा सालाखाला २० लाख केटाकेटीहरूलाई तिनीहरूका बाजेबज्यैले हेरचाह गर्छन्‌ र तिनीहरूमध्ये १२ लाख जति त आफ्ना हजुरबा हजुरआमाकै घरमा बस्छन्‌। तसर्थ, वृद्धहरूले आफ्ना नातिनातिनाहरूलाई आश्रय, भोजन अनि शिक्षा दिनुका साथै सांस्कृतिक मूल्य मान्यताहरू सिकाउँछन्‌, जसले गर्दा आमाबाबुले आफ्नो जागिरमा धेरै समय बिताउन पाएका छन्‌। त्यसै गरी, औद्योगिक राष्ट्रका थुप्रै स्वयम्‌सेवक संगठनहरू वृद्धहरूको सहयोगविना परिचालन हुनसक्ने थिएनन्‌। तिनीहरू कुरुवा बस्नको लागि पनि नभै हुँदैन। तीस प्रतिशत वयस्क जनताहरू एड्‌सद्वारा संक्रमित भएका कुनैकुनै विकासोन्मुख राष्ट्रहरूमा, वृद्धहरूले आफ्ना संक्रमित वयस्क छोराछोरीहरूको हेरविचार गरेका छन्‌, जसको मृत्युपछि तिनीहरूका टुहुरा नातिनातिनाहरूलाई पनि आफैले हुर्काउनुपर्छ।

मिथ्या: वृद्धहरू काम गर्न नसक्ने भएकाले आफ्ना जागिर छोड्‌छन्‌।

तथ्य: तिनीहरूले प्रायजसो पर्याप्त शिक्षा वा प्रशिक्षण नपाएकोले अथवा हेपाहा (वृद्धहरूप्रति द्वेषभाव राख्ने) प्रवृत्तिको सिकार भएको कारण तिनीहरूले जागिर छोड्‌छन्‌, वृद्ध भएकोले होइन।

मिथ्या: वृद्धहरू काम गर्न चाहँदैनन्‌।

तथ्य: वृद्धहरूलाई तिनीहरूको काम गर्ने इच्छा अनि क्षमता हुँदाहुँदै पनि तलबी जागिर दिइँदैनन्‌। विशेष गरी, बेरोजगार अवस्थाको दौडान त्यसो गरिन्छ। प्रायजसो जागिर खोजिरहेका जवान मानिसहरूलाई मौका दिन वृद्धहरूले जागिर छोड्‌नुपर्छ भनेर विवाद गरिन्छ। तथापि, वृद्धहरूले अवकाश पाउनुअगावै जागिर छोड्‌नुको अर्थ युवाहरूले काम पाउनु नै भन्‍ने होइन। जागिर खोजिरहेका बेरोजगार युवाहरूले वृद्ध कामदारहरूको ठाउँ लिन पूरा सीप हासिल गरिसकेका हुँदैनन्‌। उत्पादनशीलता कायम राख्न तथा कामलाई स्थायित्व दिन अनुभवी वृद्ध कामदारहरूले सहयोग पुऱ्‍याउँछन्‌।

यी तथ्यहरूलाई मनमा राख्दै आफ्नो समुदायको वृद्ध जनहरूलाई लाभदायी काममा लगाउन सकिने दक्ष जनशक्‍ति स्रोतको रूपमा हेर्न विश्‍व स्वास्थ्य संगठनले (डब्ल्यु एच ओ) सुझाउ दिन्छ। त्यसैकारण, डब्ल्यु एच ओ-को वृद्धावस्था तथा स्वास्थ्य कार्यक्रम समूहका नेता अलेक्जेन्डर कालाश यस्तो टिप्पणी गर्छन्‌, “राष्ट्रहरूले . . . आफ्ना वृद्ध जनशक्‍तिलाई समस्याको रूपमा होइन तर समस्याहरूको सम्भाव्य समाधानको रूपमा लिनुपर्छ।” अनि यही नै तथ्य कुरा हो। (g01 8/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने