प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १०/८ पृ. ३२
  • “यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ”
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ १०/८ पृ. ३२

“यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ”

उत्तरी पोल्याण्डको स्चेकीनेक नजिकै बसोबास गर्ने जवान वुकाशलाई इज देर अ क्रिएटर हु क्येर्स अबाउट यू? (के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ?) नामक पुस्तक साह्रै राम्रो लाग्यो। त्यसैकारण, उसले त्यो पुस्तक स्कूलमा आफ्नो भौतिक शास्त्रका शिक्षिकालाई दिने निर्णय गरे। उसले पृष्ठ ७८ को चित्र देखाएर ब्रह्‍माण्डसम्बन्धी जानकारीतिर तिनको ध्यान खिचे। (यहाँ त्यही चित्र छापिएको छ) यसले ब्रह्‍माण्डको उत्पत्तिबारे अरू थुप्रै जानकारी प्रकाश पार्छ, जसमा तपाईं पनि मनन गर्न सक्नुहुन्छ।

पछि उक्‍त शिक्षिकाले वुकाशलाई यसो भनिन्‌: “यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ। यसले जटिल वैज्ञानिक जानकारीहरू कस्तो संक्षेप अनि सरल र तार्किक ढंगमा वर्णन गरेको रहेछ! मैले यो पुस्तक पहिले नै पाएको भए हाई-स्कूलमा विद्यार्थीहरूलाई भौतिक शास्त्र पढाउन अर्को पुस्तक किन्‍ने नै थिइनँ। म यसलाई आफ्नो कक्षामा चलाउनेछु।”

इज देर अ क्रिएटर हु क्येर्स अबाउट यू? नामक पुस्तक पढिसकेपछि थुप्रै मानिसहरू जीवनको उत्पत्ति र उद्देश्‍यलगायत हामी यहाँ कसरी आयौं भन्‍ने कुरालाई गहिरिएर विचार गर्न उत्प्रेरित भएका छन्‌। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा थुप्रैलाई उक्‍त पुस्तकमा दिइएकै निष्कर्षमा पुग्न मदत गरिएको छ।

यो कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाई तपाईं पनि यो १९२ पृष्ठे पुस्तकसम्बन्धी थप जानकारी मगाउन सक्नुहुन्छ। (g01 9/8)

□ मलाई इज देर अ क्रिएटर हु क्येर्स अबाउट यू? नामक पुस्तक पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मलाई सम्पर्क गर्नुहोला।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Courtesy of Anglo-Australian Observatory, photograph by David Malin

“Pillars of Creation” on cover of book: J. Hester and P. Scowen (AZ State Univ.), NASA

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने