प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १२/८ पृ. ३२
  • बच्चाहरूलाई कसरी अनुशासन दिनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बच्चाहरूलाई कसरी अनुशासन दिनुपर्छ?
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ १२/८ पृ. ३२

बच्चाहरूलाई कसरी अनुशासन दिनुपर्छ?

क्यानाडाको नेसनल पोस्ट अखबार यसो भन्छ, “बच्चाहरूले जे गरे पनि तपाईंले उसको समर्थन गर्नुभयो भने समस्या उत्पन्‍न हुन्छ।” कोही-कोही आमाबाबु यसो गर्दा बच्चाहरूको आत्मसम्मान बढ्‌छ भन्ठान्छन्‌। तथापि, मनोवैज्ञानिक रोय बाउमिस्टरका अनुसार “साँच्चै उपलब्धि हासिल गरेमा धेरै आत्मसम्मान गर्नु ठीक त ठीकै हो तर आमाबाबुले बच्चाहरूलाई आत्मसंयमी हुन पनि सिकाउनुपर्छ।”

बाउमिस्टरले बताएअनुसार आफ्नो बच्चाले गल्ती गर्दा सुधार्न डराउने आमा वा बुबाले तिनीहरूलाई हानि पुऱ्‍याइरहेका हुन्छन्‌। वास्तवमा सुधार्नु भनेको केटाकेटीलाई सिकाउने एउटा तरिका हो। फलस्वरूप बच्चाले त्यस्ता गल्तीहरू नदोहऱ्‍याउन सिकिरहेको हुन्छ। हो, आमाबाबुले आफ्ना छोराछोरीहरूले गल्ती गर्दा उनीहरूलाई अत्यन्तै कठोर वा बेमनासिब सजाय दिनुहुँदैन। (यर्मिया ४६:२८) कतै अनुशासन अचाक्ली पो भइरहेको छ कि भनेर आमाबाबुहरूले पक्का गर्नुपर्छ। बाइबल यसो भन्छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।”—कलस्सी ३:२१.

बाइबलमा अनुशासनलाई प्रेम र कोमलतासित गाँसिएको छ, क्रोध र हिंसासित होइन। निपुण सल्लाहकार “सबैप्रति भला . . . सहनशील, आपसमा विरोध गर्नेहरूलाई नम्रसँग सच्याउने हुनुपर्छ।” (२ तिमोथी २:२४, २५) त्यसैकारण बच्चालाई दिइने अनुशासन रिस पोखाउने माध्यम हुनुहुँदैन। बच्चालाई हानि पुऱ्‍याउन सक्ने कार्यहरूलाई बाइबलले कुनै पनि हालतमा स्वीकृति दिंदैन।

पारिवारिक आनन्दको रहस्य नामक यस १९२ पृष्ठे प्रकाशनबाट पृथ्वीका लाखौं मानिसहरूले लाभ उठाएका छन्‌। यसका केही निर्देशनमूलक अध्यायहरू यसप्रकार छन्‌, “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌” र “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌।” थप जानकारी चाहनुहुन्छ भने कृपया सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउनुहोस्‌। समस्याहरू सुल्झाउन र सृष्टिकर्ताले चाहनुभएजस्तै आनन्ददायी पारिवारिक जीवन बनाउन मदत गर्ने जोडदार सुझाउहरू तपाईंले पाउनुहुनेछ। (g01 11/8)

□ मलाई पारिवारिक आनन्दको रहस्य नामक पुस्तकबारे थप जानकारी पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मलाई सम्पर्क गर्नुहोला।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने