रद्दी कागज थुपार्ने ठाउँमा भेटिएको
भारतको चेन्नाइमा बस्ने एक जना तामिल भाषी युवकले यस्तो ठाउँमा अगस्त ८, १९९९ को ब्यूँझनुहोस्! देखे। यस अंकको साथसाथै तिनले प्राप्त गरेका अन्य प्रतिहरू पनि पढिसकेपछि तिनले यहोवाका साक्षीहरूको भारतस्थित शाखा कार्यालयलाई आफ्नो प्रतिक्रिया व्यक्त गर्दै पत्र लेखे।
तिनले यस्तो लेखे, “ब्यूँझनुहोस्! अत्युत्तम, ज्ञानवर्धक र धेरै नै उपयोगी पत्रिका हो। यसमा दिइएका विषयवस्तुहरू एकदमै मदतकारी छन्। तपाईंहरूलाई बधाई छ!”
त्यसपछि यस युवकले यस्तो आग्रह गरे: “संसारको हरेक कुनामा पुग्ने यस बौद्धिक पत्रिका म मेरो व्यक्तिगत पुस्तकालयमा पनि राख्न चाहन्छु। अहिलेसम्म प्राप्त गरेका सबै पत्रिकाहरू पढेपछि म आगामी अंकहरू पनि प्राप्त गर्न चाहन्छु।”
हरेक पत्रिकाको पृष्ठ ४ मा बताइएझैं ब्यूँझनुहोस्!-ले विविध विषयहरूमा ज्ञान प्रदान गर्छ। यद्यपि, यसको उद्देश्यबारे यो पत्रिका यसो भन्छ: “मुख्यतः वर्तमान दुष्ट, अधर्मी रीतिरिवाजलाई हटाएर चाँडै शान्तिमय सुरक्षित नयाँ संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि यसले हाम्रो विश्वास बढाउँछ।”
परमेश्वर हामीबाट के चाहनुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिकाले परमेश्वरको उद्देश्यबारे बताउनुका साथै उहाँको अनुमोदन प्राप्त गर्न हामीले गर्नुपर्ने कुराहरूबारे बाइबलबाट जानकारी प्रदान गर्छ। निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाएर तपाईं यस पुस्तिकाबारे थप जानकारी लिन सक्नुहुन्छ। (g02 3/22)
□ मलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।