विवाह टुक्रिनदेखि बचाउन मदत गर्न सक्ने पुस्तक
गत वर्ष संयुक्त राज्य अमेरिकाको लुजियानामा बस्ने लेस्ली नाउँ गरेकी एक स्त्रीलाई तुलान विश्वविद्यालयको एक जना प्रतिनिधिले फोन गरे। उक्त प्रतिनिधिले तुलान विश्वविद्यालय तथा अर्को एउटा विश्वविद्यालयले लुजियानाका नवविवाहित दम्पतिहरूको सर्वेक्षण गरिरहेको कुरा बताए।
ती स्त्री त्यस सर्वेक्षणमा भाग लिन सहमत भएपछि, एउटा प्रश्नावली प्राप्त गरिन्, यसलाई भरेर पारिवारिक आनन्दको रहस्य भन्ने पुस्तकको एक प्रतिसहित पठाइन्। तिनले आफू र आफ्नो पति यहोवाका साक्षीहरू भएका र वैवाहिक जीवनको तयारीको लागि दुवै जना सँगै बसेर यो पुस्तक अध्ययन गर्ने गरेको कुरा बताइन्।
केही हप्तापछि यस सर्वेक्षणका निर्देशकबाट एउटा पत्र प्राप्त भयो, जसमा यस्तो लेखिएको थियो: “विवाहलाई बलियो र सुखी बनाउनको लागि के कुराको आवश्यकता पर्छ भन्ने कुरा तपाईं र तपाईंको पतिजस्ता जोडीहरूले हामीलाई सिकाउन सक्नुहुन्छ भन्ने कुरामा हामी धेरै नै आशावादी छौं। तपाईंहरू भिन्नाभिन्नै पृष्ठभूमिबाट आउनुभएको कारण पनि प्रायजसो विवाहमा तनाउ उत्पन्न हुन सक्छ। तपाईंले पठाउनुभएको पुस्तकजस्तो सामग्रीद्वारा विवाहको लागि गर्नुभएको तयारीले तपाईंहरूलाई कुनै पनि भिन्नता सुल्झाउन मदत गर्नेछ। एउटै धार्मिक विश्वास हुनु अवश्य पनि विवाहको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईंहरू दुवै परमेश्वरको मदतमा बलियो विश्वास र भरोसा राख्नुभएको कारण भाग्यमानी हुनुहुन्छ।”
“तपाईंले मलाई पठाउनुभएको पुस्तक मैले आफ्नो काम गर्ने ठाउँमा देखिने गरी राखेको छु र मेरा विद्यार्थीहरू विवाह गर्नको लागि सल्लाह माग्न आउँदा म तिनीहरूलाई यही पुस्तक देखाउँछु। मैले यो पुस्तक पहिले कहिल्यै देखेको थिइनँ र यो पुस्तक एकदमै राम्रो छ।”
यो पुस्तक तपाईंलाई पनि अमूल्य लाग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं। थप जानकारीका लागि कृपया, यसमा भएको कुपन भर्नुहोस् र यस पत्रिकाको पृष्ठ ५ मा भएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्। समस्याहरू समाधान गर्न र सृष्टिकर्ताले चाहनुभएको जस्तो पारिवारिक जीवनको आनन्द उठाउन तपाईंले विशेष सल्लाहहरू पाउन सक्नुहुनेछ। (g02 4/22)
◻ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तकबारे थप जानकारी पठाइदिनुहोस्।
◻ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।