प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ पृ. २४-२६
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • (यस हाजिरीजवाफका उत्तरहरू उल्लिखित बाइबल पदहरूमा पाइन्छ र जवाफहरूको सूची पृष्ठ २४ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” हेर्नुहोला।)
  • हाजिरीजवाफका उत्तरहरू
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ पृ. २४-२६

के तपाईंलाई थाह छ?

(यस हाजिरीजवाफका उत्तरहरू उल्लिखित बाइबल पदहरूमा पाइन्छ र जवाफहरूको सूची पृष्ठ २४ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” हेर्नुहोला।)

१. यहोवाको दिनमा सुन र चाँदीका मूर्तिहरू किन चमेराहरूको अघि फालिनेछन्‌ भनेर यशैयाले बताए? (यशैया २:२०)

२. इस्राएलीहरूलाई आफ्ना खेतका कुना-कुनासम्मै बाली नकाट्‌नु भनेर किन भनिएको थियो? (लेवी १९:९)

३. मोशाको व्यवस्थाअनुसार कुनै मानिसले आफ्नो दासको आँखा फुटायो वा दाँत झारिदियो भने के गर्नुपर्थ्यो? (प्रस्थान २१:२६, २७)

४. हत्याराले शरणनगर कुन बेला मात्र छोड्‌न सक्थ्यो? (गन्ती ३५:२५)

५. कर्नीलियसले परमेश्‍वरलाई प्रार्थना गरेर पत्रुस तिनलाई भेट्‌न नआउन्जेल कति समय बितिसकेको थियो? (प्रेरित १०:३०-३३)

६. “फूट र ठेस लाग्ने कारण तुल्याउनेहरूमाथि” कस्तो कदम चाल्नुपर्छ भनेर पावलले बताए? (रोमी १६:१७)

७. अय्यूबलाई तिनको निष्ठा सम्झौता गर्न लगाउन शैतानले अय्यूबको शरीरमाथि कस्तो प्रहार गऱ्‍यो? (अय्यूब २:७)

८. सबैभन्दा पहिला विश्राम दिन लागू भएको र इस्राएलीहरूले पहिलोपल्ट मन्‍न खाएको ठाउँ कुन थियो? (प्रस्थान १६:१)

९. एहूदले कुन हतियार प्रयोग गरेर मोआबका राजा एग्लोनलाई मारे? (न्यायकर्त्ता ३:१६, NW)

१०. यूहन्‍नाले सन्देश पठाएका सातवटा मण्डलीहरू रोमको कुन प्रान्तमा थियो? (प्रकाश १:४)

११. येशूलाई प्रायः कुन जनावरद्वारा चिनाइन्छ र किन? (यूहन्‍ना १:२९)

१२. पृथ्वीको भूभागभन्दा भिन्‍न यसको जलाशयलाई चिनाउन कुन शब्द प्रयोग गरिएको छ? (हबकूक २:१४)

१३. नूहले जहाजमा पानीले नछुने कुनचाहिं पदार्थ प्रयोग गरे? (उत्पत्ति ६:१४)

१४. ख्रीष्ट स्वर्गको सिंहासनमा बस्नुभएपछि के भयो? (प्रकाश १२:७)

१५. आफ्नो अन्तिम निस्तार चाडको तयारी गर्न येशूले कुन दुई चेलाहरूलाई पठाउनुभयो? (लूका २२:७-१३)

१६. येशू कुन जन्तुमा सवार भएर विजयोल्लासका साथ यरूशलेम आउनुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो? (जकरिया ९:९)

१७. अल्छेहरूलाई कुन कीराको नकल गर्न प्रोत्साहन दिइएको छ? (हितोपदेश ६:६)

१८. येशूको सुरक्षा गर्ने प्रयास गर्दै पत्रुसले तरवार चलाउँदा के भयो? (यूहन्‍ना १८:१०)

१९. फरिसीहरूले आफ्ना उत्सवहरू अपवित्र नहोस्‌ भनेर कुनचाहिं कीरालाई एकदमै होस पुऱ्‍याएर चाल्थे? (मत्ती २३:२४)

२०. यहोवालाई भन्दा आफ्ना छोराहरूको आदर गर्ने बुबा भनेर कसलाई चिनिन्छ? (१ शमूएल २:२२, २९) (g02 4/8)

पृष्ठ २२-मा भएका उत्तरहरू

हाजिरीजवाफका उत्तरहरू

१. त्यस्ता मूर्तिहरू आदर र सम्मानका योग्य नभई सबै अन्धकार र अशुद्ध कुराहरूको माझमा राख्न सुहाउँदा छन्‌

२. यसो गर्दा गरिब तथा परदेशीहरूले पनि केही कुरा बटुल्न पाउँथे

३. दासलाई स्वतन्त्र तुल्याउन

४. प्रधान पूजाहारीको मृत्यु भएपछि

५. चार दिन

६. तिनीहरूमाथि नजर राख्ने र तिनीहरूबाट टाढै बस्ने

७. त्यसले अय्यूबको शरीरमा खटिरा उब्जाइदियो र त्यसले तिनको पूरै शरीर ढाक्यो

८. सीनको उजाडस्थानमा

९. दुईधारे तरवार

१०. एसिया

११. थुमा। येशूको बलिदानरूपी भूमिका

१२. समुद्र

१३. अलकत्रा

१४. ठूलो लडाइँ भयो जसले गर्दा शैतान स्वर्गबाट फ्याँकियो

१५. पत्रुस र यूहन्‍ना

१६. गधा

१७. कमिला

१८. तिनले मुख्य पूजाहारीको दास माल्कसको कान काटिदिए

१९. भुसुना

२०. मुख्य पूजाहारी एली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने