प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ५/८ पृ. ३०
  • कार्पेटहरू कत्तिको सुरक्षित छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कार्पेटहरू कत्तिको सुरक्षित छन्‌?
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • माटोबाट बनिएको भए तापनि कटिबद्ध भएर अघि बढ्‌नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मरेपछि हामीलाई के हुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
ब्यूँझनुहोस्‌!—२००२
g०२ ५/८ पृ. ३०

कार्पेटहरू कत्तिको सुरक्षित छन्‌?

कार्पेट बिछ्याइएको घरभित्र तपाईं कति समय बिताउनुहुन्छ? त्यस प्रश्‍नको जवाफ विशेष गरी बच्चाहरूको लागि चिन्ताको विषय हुन सक्छ भनी न्यु साइन्टिस्ट पत्रिकाको एउटा रिपोर्टले बताउँछ।

उक्‍त पत्रिकाले यस प्रकार बतायो: “एकदमै विषाक्‍त प्रदूषकहरूसँग हामी घरबाहिरभन्दा घरभित्र १० देखि ५० गुणा बढी सम्पर्कमा आउँछौं।” कुनै एउटा साधारण घरको कार्पेटबाट लिइएको धूलोको नमुनामा एकदमै धेरै मात्रामा प्रदूषकहरू हुन सक्ने कुरा संयुक्‍त राज्य अमेरिकाका वातावरणसम्बन्धी इन्जिनियर जोन रबर्टस बताउँछन्‌। यसमा सिसा, क्याड्‌मियम, पारो, कीटनाशकहरू र अर्बुद रोग गराउन सक्ने पोलिक्लोरिनेटेड बाइफिनोलस्‌ (पि सि बीज्‌) तथा पोलिसाइक्लिक सुगन्धित हाइड्रोकार्बनस्‌ (पि ए एचस्‌) हुन्छ।

रिपोर्टअनुसार, जुत्तामा वा पाल्तु पशुहरूको खुट्टामा टाँसिएर घरभित्र आउने कीटनाशकहरूले कार्पेटमा भएको कीटनाशकको मात्रा ४०० गुणा बढाउन सक्छ। यी प्रदूषकहरू वर्षौंसम्म पनि जस्ताको तस्तै रहिरहन्छ भनेर भनिन्छ। कीटनाशकहरू र पि ए एचस्‌ अर्धवाष्पीय हुने भएकाले ती वाष्पीकरण हुन्छन्‌, यताउता छरिन्छन्‌ र कार्पेट वा अन्य सतहहरूमा जम्मा हुन्छन्‌।

साना बच्चाहरू प्रायजसो भुइँमा खेल्छन्‌ र आफ्ना हात मुखभित्र हाल्छन्‌। त्यसैकारण विशेष गरी तिनीहरू प्रदूषकहरूको खतरामा छन्‌। साना बच्चाहरूको जीवकोषमा परिवर्तन हुने प्रक्रिया असाध्यै चाँडो हुने भएकोले, वयस्कहरूको भन्दा कम तौल भए तापनि तिनीहरूले तुलनात्मक रूपमा बढी सास फेर्छन्‌।

केही अनुसन्धाताहरू बच्चाहरूमा दम, एलर्जी र क्यान्सरजस्ता समस्या बढ्‌नुको कारण घरभित्र कार्पेट राखिएको क्षेत्र बढेको कारण पनि हो भन्छन्‌। रबर्टस यस्तो टिप्पणी गर्छन्‌: “पूरै भुइँमा कार्पेट भएको घरमा भन्दा खाली भुइँ वा केही ठाउँमा मात्र कार्पेट भएको घरमा लगभग १० गुणा कम धूलो हुन्छ।”

कार्पेटलाई सुरक्षित बनाउनको लागि रबर्टस एकदमै शक्‍तिशाली भ्याकुम क्लिनर प्रयोग गर्ने सुझाउ दिन्छन्‌। त्यसपछि, केही हप्तासम्म हप्ताको एक दिन मूल प्रवेशद्वारको १.३ मिटरभित्र २५ पटक, धेरै टेकिने ठाउँहरूमा १६ पटक र कार्पेटका बाँकी ठाउँहरूमा ८ पटक भ्याकुम गर्नुहोस्‌।

यो साधारण तरिका अपनाइसकेपछि, हरेक हप्ता माथि दिइएका संख्याहरूको आधा पटक मात्र भ्याकुम गर्नुभयो भने पनि तपाईं धूलोको मात्रा कम गर्न सक्नुहुन्छ। रबर्टस यस्तो सल्लाह पनि दिन्छन्‌: “आफ्नो घरको मूल प्रवेशद्वारमा जुत्ता पुछ्‌नको लागि बाक्लो खालको पाउपोस राख्नुहोस्‌ र भित्र पस्नुभन्दा अघि आफ्नो खुट्टा दुई पटक मजाले पुछ्‌नुहोस्‌।” (g02 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने