प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ७/८ पृ. ३२
  • “उहाँले देखाउनुभएको प्रेमले मेरो मनै छोयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उहाँले देखाउनुभएको प्रेमले मेरो मनै छोयो”
  • ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००२
g०२ ७/८ पृ. ३२

“उहाँले देखाउनुभएको प्रेमले मेरो मनै छोयो”

युगोस्लाभियास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई निस शहरका एक मानिसले यस्तो पत्र पठाए:

“म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। हरेक दिन म बाइबलका केही अध्यायहरू पढ्‌ने गर्छु र यसो गर्दा मलाई आनन्दको अनुभूति हुन्छ। हालै मैले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? शीर्षकको पुस्तिका पनि पढें। बाइबललाई राम्ररी बुझ्नको लागि यति राम्रो साधन तयार पार्नुभएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। पुस्तिकाका सबै विषयवस्तुहरू निकै सरल अनि बुझिने ढंगमा व्याख्या गरिएका छन्‌।

“विशेष गरी येशू ख्रीष्टबारे लेखिएको पाठले मेरो हृदय छोयो। आफूले कहिल्यै चिन्दै नचिनेका मानिसहरूको लागि समेत आफ्नो सिद्ध जीवन अर्पण गर्नुभएर उहाँले देखाउनुभएको प्रेमले मेरो मनै छोयो। सबैले उहाँले दिनुभएको बलिदानको महत्त्वलाई राम्ररी बुझ्नै पर्छ अनि यसको लागि कृतज्ञ हुनैपर्छ।”

हामीलाई आशा छ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? शीर्षकको ३२-पृष्ठे पुस्तिका पढेर तपाईंले पनि लाभ उठाउन सक्नुहुनेछ। “येशू ख्रीष्ट को हुनुहुन्छ?” शीर्षकको हृदयस्पर्शी पाठको अतिरिक्‍त तपाईंले “परमेश्‍वर को हुनुहुन्छ?,” “परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?” र “परमेश्‍वरको राज्य के हो?” शीर्षकका अन्य पाठहरू पनि पाउनुहुनेछ। तपाईं थप जानकारी चाहनुहुन्छ भने, कृपया सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउनुहोस्‌। (g02 6/22)

□ मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने