“यो मलाई चाहिएकै बेला पाएँ”
अबाकालिकी शहरको एक जना मानिसले नाइजेरियास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई लेखेको पत्रमा यसो भनिएको थियो। तिनले आफूलाई हालै दिइएको तपाईंको प्रियजनको मृत्यु हुँदा भन्ने पुस्तिकाबारे भनिरहेका थिए। तिनले यसो भने:
“जून १८, २००० मा बच्चा जन्माउने बित्तिकै मेरी प्रिय पत्नी, टोचीको मृत्यु भयो। महिना दिन बितिसक्दा पनि म अझै स्तब्ध, भावशून्य तथा खोक्रो महसुस गर्थें। यो जस्तो भयानक मानसिक पीडा मैले पहिला कहिल्यै नभोगेको कारण मलाई यो स्वीकार्नै गाह्रो भयो। त्यसै बेला जुलाई महिनामा एक जना यहोवाको साक्षीले मलाई तपाईंहरूको प्रकाशन तपाईंको प्रियजनको मृत्यु हुँदा भन्ने पुस्तिका दिनुभयो। त्यो पुस्तिका मेरोलागि औषधी सरह भयो र यसमा दिइएका सुझाउहरू लागू गरेर आफूलाई सम्हाल्न थालेको छु। यसले मभित्र पुनः आशा जगाउनुका साथै दुःखपछि सुख अवश्यै आउँछ भनी बुझ्न मदत गऱ्यो।”
तपाईं वा तपाईंले चिन्नुहुने कसैले यस ३२ पृष्ठे पुस्तिका पढेर सान्त्वना पाउन सक्नुहुन्छ होला। यस प्रकाशनबारे थप जानकारी चाहनुहुन्छ भने कृपया निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्। (g02 7/8)
□ मलाई तपाईंको प्रियजनको मृत्यु हुँदा भन्ने पुस्तिकाबारे थप जानकारी पठाइदिनुहोस्।
□ कृपया निश्शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।