प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ९/८ पृ. १८
  • विश्‍व दर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍व दर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जागिर पाउन झूट बोल्ने
  • तेल मन पराउने हात्तीहरू
  • शरीर छेड्‌नुका खतराहरू
  • एसियामा वायु प्रदूषणको खतरा
  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • मानसिक समस्याबारे तपाईंले के थाह पाउनुपर्छ?
    ब्यूँझनुहोस्‌!—२०१५
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
  • थकाइ—चालकहरूलाई पत्तै नभई आइपर्ने फन्दा
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ९/८ पृ. १८

विश्‍व दर्शन

जागिर पाउन झूट बोल्ने

“जागिरको लागि आवेदन भर्दा चार जनामध्ये एक जनाले झूट बोल्ने गर्छन्‌” भनी लण्डनको फाइनान्सियल टाइम्स रिपोर्ट गर्छ। बाह्र महिनाको दौडान सुरक्षा कम्पनी कन्ट्रोल रिस्क ग्रुपले वित्तीय सेवा वा सूचना प्रविधिमा संलग्न १०,४३५ जनाको जाँचबुझ गर्दा “सबै ओहदाका मानिसहरूले झूटो जानकारी दिएको फेला पऱ्‍यो” भनी उक्‍त अखबार बताउँछ। “लगभग ३४ प्रतिशतको आवेदनमा जागिरेको पृष्ठभूमिबारे एकरूपता पाइएन भने, ३२ प्रतिशतले आफ्नो शैक्षिक योग्यताबारे बढाइचढाइ गरेको वा झूटो जानकारी दिएको पाइयो। जम्मा १९ प्रतिशतले आफ्नो आर्थिक अवस्थाबारे सही जानकारी लुकाएको वा टाट पल्टेको कुरा लुकाएको पाइयो भने ११ प्रतिशतले परिचयसम्बन्धी जानकारी दिएका थिएनन्‌।” विदेशमा बसेकाहरूले विशेष गरी आफू पक्राउमा पर्नेछैन भनी ढुक्क हुँदै गलत आर्थिक जानकारी दिएको पाइयो अनि “स्त्रीहरूभन्दा पुरुषहरूले बढी त्यस्तो गलत जानकारी दिने गरेको पाइयो।” रिक्रुटमेन्ट एण्ड एम्प्लोयमेन्ट कन्फडरेशनका टिम निकल्सन उक्‍त अध्ययनको पुष्टि गर्दै यसो भन्छन्‌: “जागिर दिनेहरूले आवेदन फाराममा दिइएको सबै जानकारी पत्याउने हो भने तिनीहरूले आफ्नो काम राम्ररी पूरा गरिरहेका छैनन्‌।” (g02 7/22)

तेल मन पराउने हात्तीहरू

उत्तरी भारतको दिग्बोइका हात्तीहरू तेलप्रति मोहित भएका छन्‌। “हात्तीहरू तेलबारीमा खुलेआम घुम्छन्‌ अनि तिनीहरूले तेलको मुहानबाट प्रशोधन केन्द्रसम्म जोडिएको पाइपलाई प्रायजसो बिगार्ने गर्छन्‌” भनी भारत आयल निगमका वरिष्ठ इन्जिनियर, रामेन चक्रवर्ती बताउँछन्‌। “यी हात्तीहरूलाई पाइपको खास गरी अप्रशोधित तेल जम्न नदिनको लागि बाफको आवातजावत नियन्त्रण गर्न जडान गरिएको भाल्भ खोलिंदाको आवाज मन पर्छ जस्तो छ।” हात्तीहरूलाई तेल निस्कँदाको हुसुस्स आवाज मात्र मन परेको होइन तर तेल खानीतिरै आकर्षित भएजस्तो देखिन्छ किनभने “अप्रशोधित तेलसँगसँगै माटो र पानी पनि निस्कन्छ” भनी इन्डियन एक्सप्रेस अखबार बताउँछ। “पानी नुनिलो हुन्छ र हात्तीहरूले मन पराउँछन्‌।” चाखलाग्दो कुरा के हो भने, उक्‍त ठाउँमा तेल छ भन्‍ने कुरा हात्तीले नै देखाएको थियो। उक्‍त जन्तु त्यस प्रान्तको पहिलो रेलमार्ग निर्माण गर्न डण्डी बोकेर फर्केको थियो र त्यतिखेर बेलाइती हाकिमहरूले जनावरको खुट्टामा केही चिल्लो देखे अनि त्यसको पाइला पछ्याउँदै तेल खानीसम्म पुगे। फलस्वरूप १८८९ मा एसियाकै पहिलो तेल खानीको सुरुआत भयो। (g02 7/22)

शरीर छेड्‌नुका खतराहरू

गरगहना लगाउन शरीरका विभिन्‍न भागहरू छेड्‌नु विशेष गरी युवाहरूमाझ निकै लोकप्रिय छ। “दुःखको कुरा, यसो गर्दा हुने परिणामबारे तिनीहरू विचारै पुऱ्‍याउँदैनन्‌” भनी पोलिश पत्रिका स्भियात कोब्येटी बताउँछ। “जवानीको विद्रोह सेलाउँछ अनि आँखीभौंमा लगाइएको धातुलाई गहनाको रूपमा लिन छोड्‌छ।” अनि यो धातु हटाउन सकिए तापनि दाग रहिरहन्छ। साथै, मुहारमा छेड्‌दा नसा र रक्‍तनलीहरूमा हानि पुग्न सक्छ जसले गर्दा “चेतनाशून्य” हुनुका साथै “निको हुन निकै समय लाग्ने संक्रमण र घाऊ” बन्‍न सक्छ। मुखको “ओसिलो र न्यानो वातावरण” ब्याक्टेरिया फस्टाउन एकदमै उपयुक्‍त हुने हुँदा मुखमा छेड्‌दा संक्रमण हुनुका साथै दाँत कीराले खान सक्छ। चिल्लो कोषहरू प्रशस्त हुने ठाउँ जस्तै नाइटो र कानमा छेड्‌दा कडा गिर्खाजस्तो बन्छ। उक्‍त लेखले चेताउनी दिएअनुसार “धातुका गरगहनामा निकलको सम्मिश्रण हुन्छ। यो धातुप्रति प्रतिकूल प्रतिक्रिया देखाउने मानिसहरूमा सुन्‍निने र चिलाउने खटिराजस्ता प्रतिकूल लक्षणहरू देखा पर्न सक्छ।” (g02 8/08)

एसियामा वायु प्रदूषणको खतरा

“भारतमा वर्षेनी ४०,००० भन्दा बढी मानिसहरू वायु प्रदूषणको कारण मर्छन्‌” भनी पर्यावरण पत्रिका डाउन टु अर्थ बताउँछ। विश्‍वबैंक तथा स्टकहोल्म पर्यावरण इन्स्टिच्युटले गरेको अनुसन्धानअनुसार एसियाको वायु प्रदूषण, युरोप र अमेरिकाको कुल मापभन्दा निकै बढी छ र सिओल, बेइजिङ, जाकार्ता र मनिलामा हुने प्रदूषण हजारौं मृत्युको लागि जिम्मेवार छ। उदाहरणका लागि, मनिलामा वर्षेनी ४,००० मानिसहरू श्‍वास-प्रश्‍वाससम्बन्धी रोगबिमारले मर्छन्‌ भने ९०,००० जना गम्भीर प्रकारको ब्रोंकाइटिसको सिकार हुन्छन्‌। बेइजिङ र जाकार्ताको मृत्युदर अझ बढी छ। यो समस्या “निम्नस्तरीय इन्धन, अप्रभावकारी ऊर्जा उत्पादन प्रविधि, बिग्रिएको अवस्थाका गाडीको प्रयोग र ट्राफिक चापले गर्दा” भएको हो भनी उक्‍त पत्रिका बताउँछ। (g02 8/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने