प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १२/८ पृ. ३२
  • तिनको मृत्युको शोक मनाइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनको मृत्युको शोक मनाइयो
  • ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००२
g०२ १२/८ पृ. ३२

तिनको मृत्युको शोक मनाइयो

बिजुलीमिस्त्री प्रमुख, जेस्सी बार्न्सको वासिङटन, डि. सी.-स्थित सरकारी भवनमा काम गरिरहेको बेला चोट लागेको कारण यसै वर्षको जनवरी १२ मा तिनको निधन भयो। तिनले त्यहाँ सन्‌ १९९५ देखि काम गर्दै आएका थिए। “सबैले जेस्सीलाई माया गर्थे” भनी एक जना प्रबन्धक बताउँछन्‌। जेस्सीको विषयमा एक जना प्रशासकीय सहायकले यसो भनिन्‌: “तिनी यस्तो किसिमका मानिस थिए कि, उसलाई एक चोटि मात्र भेटे तापनि तपाईं उसलाई बिर्सन सक्नुहुन्‍नथ्यो।” तिनले यसो पनि भनिन्‌: “तिनले कहिल्यै पनि आफ्नो विश्‍वास अरूलाई जबरजस्ती सुनाएनन्‌ तर अरूले कसैलाई सरापिरहेको सुनेमा तिनले उनीहरूलाई अलि राम्रो बोल्न आग्रह गर्थे।”

मृत्यु हँदा ४८ वर्ष पुगेका जेस्सी, सन्‌ १९९३ मा यहोवाको साक्षी भएका थिए। दुई जना सरकारी अधिकारीले जेस्सीकी विधवा पत्नी, मरीनसित भेट्‌ने प्रबन्ध मिलाए। तिनले उनीहरूलाई मार्च २० तारिखका दिन भेटे। तिनले उनीहरू दुवैलाई तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिका र जेहोभाज्‌ विट्‌नेसेज्‌—द अर्गनाइजेशन बिहाइन्ड द नेम भन्‍ने भिडियो दिइन्‌। दुवै जनाले त्यस उपहारको लागि कृतज्ञता जाहेर गरे। ती दुईमध्ये एक जनाले त्यस भेटको धेरै मूल्यांकन गरेको बताए किनभने हालै तिनको बुबाको मृत्यु भएको थियो र तिनलाई साह्रै गाह्रो परिरहेको थियो।

तपाईं वा तपाईंले चिन्‍नुहुने अरूले पनि तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने ३२ पृष्ठे पुस्तिका पढेर सान्त्वना प्राप्त गर्न सक्नुहुन्छ होला। तपाईं तलको कुपन भरेर त्यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाएर तपाईं यसको एक प्रति मगाउन सक्नुहुन्छ। (g02 11/22)

□ मलाई तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिका पठाइदिनुहोला।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने