प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १२/८ पृ. ३२
  • अत्यन्तै प्रभाव पारेको पुस्तक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अत्यन्तै प्रभाव पारेको पुस्तक
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 १२/८ पृ. ३२

अत्यन्तै प्रभाव पारेको पुस्तक

थुप्रै जवान मानिसहरूले लथालिंग, फेसनदार स्टाइलको नक्कल गर्ने हुँदा कोही-कोहीले भद्र पहिरन लगाएको हेर्न पाउनु स्फूर्तिदायी कुरा हो। सोभियत संघको भूतपूर्व गणतन्त्र, किर्गिस्तानको एउटा शहर बालिक्चीमा युवाहरूको एउटा समूहले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकको आवरणमा देखाइएको जस्तो पहिरन लगाएर फोटो खिच्ने निर्णय गरे। ती युवाहरू एक जना पेसेवर फोटोग्राफरकहाँ गए अनि त्यस पुस्तकको आवरणमा जस्तै देखिने गरी एउटा सामूहिक फोटो खिचिदिन आग्रह गरे। सँगैको फोटो त्यस फोटोग्राफरले लिएकी हुन्‌।

फोटो खिचिसकेपछि ती युवाहरूले उक्‍त पुस्तक फोटोग्राफरकहाँ नै छोडे। त्यतिबेला, तिनले खासै चासो देखाइनन्‌ किनभने उनी बाइबलमा विश्‍वास गर्दैन थिइन्‌। तथापि, केही दिनपछि ती युवाहरू फोटो लिन स्टुडियोमा फर्कंदा भने यस्तो किताब उनले आफ्नो जीवनमा कहिल्यै पढेकी थिइनन्‌ भनेर टिप्पणी गरिन्‌। बाइबलले यत्तिको व्यावहारिक सल्लाह दिंदो रहेछ भनेर थाहै थिएन भन्‍नुका साथै उनले अझ बढी जान्‍न चाहिन्‌। फलस्वरूप, उनले बाइबल अध्ययन गर्न थालिन्‌।

तपाईं पनि यो पुस्तकबारे थप जानकारी माग्न सक्नुहुन्छ र खास गरी आज जवानहरूले सामना गर्ने समस्याहरूबारे मदतको लागि यो तयार पारिएको हो। केवल सँगैको कुपन भरेर कुपनमा दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g03 11/22)

□ म युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकबारे थप जानकारी चाहन्छु।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने