प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ८/८ पृ. ३२
  • एउटी बुज्झकी आमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटी बुज्झकी आमा
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ८/८ पृ. ३२

एउटी बुज्झकी आमा

आफ्ना छोराछोरीहरूको आवश्‍यकता बुझ्ने र त्यसको हेरविचार गर्ने आमाले तिनीहरूलाई पोसिलो भोजन दिन भरमग्दुर प्रयास गर्छिन्‌। आध्यात्मिक पोषणको प्रबन्ध मिलाउन पनि तिनले त्यत्तिकै परिश्रम गर्छिन्‌।

हालै ब्राजिलकी एउटी स्त्रीले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने प्रकाशनको लागि मूल्याङ्‌कन जाहेर गर्दै यहोवाका साक्षीहरूको त्यस देशको शाखा कार्यालयलाई एउटा पत्र लेखिन्‌। तिनले यस्तो लेखिन्‌: “यो पुस्तिकाले मलाई एकदमै प्रभाव पाऱ्‍यो। परमेश्‍वरले मन नपराउनुहुने बानीहरूबारे बताइएको पाठ देख्ने बित्तिकै, यो महत्त्वपूर्ण जानकारी मैले मेरा १० र ११ वर्षीया दुई जना छोरी र ५ वर्षको छोरासित पनि छलफल गर्नुपर्छ भन्‍ने लाग्यो।” तिनले अझ यसो भनिन्‌: “आफ्नो परिवारलाई परमेश्‍वरको मार्गबारे सिकाउन यस्तो साहित्य हुनु कत्ति महत्त्वपूर्ण छ!”

तिनले अरू पनि बाइबल-आधारित प्रकाशनहरू पठाइदिन आग्रह गरिन्‌। तपाईं पनि आफू र आफ्नो परिवारका सदस्यहरूको लागि आध्यात्मिक तवरमा भोको हुनुहुन्छ भने परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकाबारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g04 7/8)

□ कुनै बाध्यतामा नपरी, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने