प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ९/८ पृ. ३२
  • “यसले गर्दा ममा निकै परिवर्तन आयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यसले गर्दा ममा निकै परिवर्तन आयो”
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ९/८ पृ. ३२

“यसले गर्दा ममा निकै परिवर्तन आयो”

लर्न फ्रम द ग्रेट टिचर (अङ्‌ग्रेजी) भन्‍ने नयाँ पुस्तकबारे सं.रा.अ.-को भर्जिनियाका एक जना १२ वर्षीय केटाले उक्‍त कुरा लेखे। तिनलाई थाह नभएको र कहिल्यै नसुनेको कुरा उक्‍त पुस्तकले सिकाएको ती केटाले बताए। तिनले यसो भने:

“लर्न फ्रम द ग्रेट टिचर पुस्तकले परमेश्‍वरलाई सधैं प्रेम गर्न, उहाँबारे सबैसित कुरा गर्न अनि प्रार्थनामा उहाँसित कुरा गर्न मलाई सिकायो। यसले मलाई परमेश्‍वरसित मदत अनि सुरक्षा माग्न पनि सिकायो। परमेश्‍वरलाई प्रेम गर्ने अनि परमेश्‍वरको आज्ञा पालन गर्ने सबै जना प्रमोदवनमा बस्न पाउनेछन्‌ भनेर मैले सिकें।

“यसले गर्दा ममा निकै परिवर्तन आयो। पहिला म सधैं झूट बोल्थें तर यो पुस्तक पढ्‌न थालेपछि मैले झूट बोल्न छोडें। यो पुस्तकबाट सिकेका कुराहरूले ममा यो जस्तै अरू पुस्तकहरू पढ्‌ने इच्छा जगायो। त्यसकारण म परमेश्‍वरबारे अझ बढी कुरा पढेर थाह पाउन चाहन्छु।”

यो पत्रिकाको साइजजस्तै २५६ पृष्ठे सुन्दर चित्रहरू भएको पुस्तक पढ्‌नुहुँदा सायद तपाईंले पनि यस्तै महसुस गर्नुहुनेछ होला। यी पाठहरू पढ्‌दा तपाईंलाई पनि रमाइलो लाग्न सक्छ, “येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ,” “दयालु हुने सम्बन्धमा पाठ,” “आनन्दित हुने तरिका,” र “हामीले किन झूट बोल्नु हुँदैन।” यस पुस्तकबारे थप जानकारी चाहनुहुन्छ भने भने कृपया तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g04 8/22)

□ कुनै बाध्यतामा नपरी, लर्न फ्रम द ग्रेट टिचर भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्र]

झूट बोल्ने बारे पाठ सिकाउँदै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने