प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ११/८ पृ. २५
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • (यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची यसै पृष्ठको पुछारमा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)
  • प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००४
g04 ११/८ पृ. २५

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची यसै पृष्ठको पुछारमा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. छोडेका कुराहरूतर्फ ‘फर्केर जानु हुँदैन’ भनेर हामीमा गहिरो छाप पार्न येशूले हामीलाई कुन व्यक्‍तिलाई सम्झन आग्रह गर्नुहुन्छ? (लूका १७:३१, ३२)

२. येशूले बताउनुभएको बीउ छर्नेको दृष्टान्तमा ढुङ्‌गेनी जमिनमा अङ्‌कुराएको बीउ किन ओइलायो? (मर्कूस ४:५, ६)

३. पुनरुत्थान हुनुभएको येशू यहोवाको “दाहिने हाततिर” बस्नुहुनेछ भन्‍ने तथ्यले कुन कुरालाई सङ्‌केत गर्छ? (प्रेरित २:३४)

४. धर्मशास्त्रमा नाउँ उल्लेख गरिएको एक मात्र शुही को हुन्‌? (अय्यूब ८:१)

५. याकूब लगभग ९७ वर्षका हुँदा परमेश्‍वरले तिनलाई के नाउँ दिनुभयो? (उत्पत्ति ३२:२८)

६. शावल यहोवाप्रति अनाज्ञाकारी भएका र दाऊदलाई लखेटिरहेका भए तापनि मौका मिल्दा समेत तिनलाई दाऊदले किन मारेनन्‌? (१ शमूएल २६:७-११)

७. यहोवाको वचन पूरा हुँदा दुष्ट ईजेबेललाई कुन जनावरले खायो? (२ राजा ९:३६)

८. इस्राएलीहरूले लाल समुद्रतर्फ यात्रा गर्दा बाइबलमा उल्लेख गरिएअनुसार तिनीहरूले विश्राम गरेको सबैभन्दा पहिलो ठाउँ कुन थियो? (प्रस्थान १२:३७)

९. याकूबले बताएअनुसार कस्तो प्रकारको उपासना “पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो”? (याकूब १:२७)

१०. मसीह कहिले देखा पर्नेछन्‌ र कहिले हटाइनेछन्‌ भनी देखाउन दानियललाई कुन समयावधि प्रकट गरिएको थियो? (दानियल ९:२४-२७)

११. अन्त आउनुअघि कुन कुरा “सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ” भनी येशूले बताउनुभयो? (मत्ती २४:१४)

१२. मानिसलाई परमेश्‍वरको राज्यको हकवाला हुनदेखि वञ्चित गर्ने “शरीरका कामहरू” के-के हुन्‌? (गलाती ५:१९-२१)

१३. कुनै पनि व्यक्‍तिको सही न्याय गर्न यहोवाको कुन क्षमताले उहाँलाई सक्षम बनाउँछ? (१ शमूएल १६:७)

१४. अगमवक्‍ताको रूपमा नियुक्‍त हुनुअघि आमोस के काम गर्थे? (आमोस ७:१४)

१५. येशूका चेलाहरूले आफ्नो परिवारका सदस्यहरूलाई “अप्रिय” मान्‍नै पर्छ भनी बताउनुहुँदा येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (लूका १४:२६) (g04 10/8)

प्रश्‍नका जवाफहरू

१. “लूतको स्वास्नीलाई”

२. किनभने यसको जरा थिएन र चर्को घाम सहन सकेन

३. येशूले यहोवापछिको सबैभन्दा उच्च स्थान पाउनुहुनेछ

४. बिल्दद, अय्यूबका तीन जना मित्रहरूमध्ये एक

५. इस्राएल

६. शावल यहोवाद्वारा अभिषिक्‍त भएका थिए, त्यसैले दाऊदले यो मामिला यहोवाकै हातमा छोडिदिए

७. कुकुरहरूले

८. सुक्कोत

९. ‘अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर्नु अनि आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नु’

१०. “सत्तरी हप्ता”

११. “राज्यको यो सुसमाचार”

१२. “व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाह, मत्वालीपन, भोजको मोज-मजा र यस्तै अरू”

१३. उहाँले “हृदय हेरीकन विचार” गर्नुहुन्छ

१४. तिनी “एउटा गोठाला र किम्बुका रूखहरू छिवँल्ने मानिस” थिए

१५. येशूलाई भन्दा तिनीहरूलाई कम प्रिय ठान्‍नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने