कसरी परमेश्वरको नजिक हुने
धेरै मानिसहरूले ड्र क्लोज टु जेहोभा भन्ने पुस्तक पढ्ने सुझाव दिएका छन्। एउटी पाठकले यस्तो लेखिन्: “भर्खरै मैले यो पुस्तक पढिसिध्याएँ र यत्तिको उत्प्रेरित त म पहिला कहिल्यै भएकी थिइनँ। पिता यहोवा साँच्चै कति मायालु, अरूको हेरविचार गर्ने र दयालु हुनुहुन्छ भन्ने विषयमा दिनुभएका सम्पूर्ण सम्झौटाहरूको लागि तपाईंहरूलाई धन्यवाद।”
अर्की एउटीले आफूलाई लागेको कुरा यसरी व्यक्त गरिन्: “यो पुस्तक पढेर मैले यहोवा पितालाई अझ नजिकबाट चिन्ने मौका पाएँ अर्थात् हामी सबैप्रतिको उहाँका उच्च विचार तथा गहिरो मायालु भावनाहरू महसुस गर्ने मौका पाएँ। यो पुस्तक पढ्नु भनेको त चमचम चम्किने र सुन्दर बहुमूल्य हीरा हातमा लिएर यसको हरेक पक्ष जाँच्न यसलाई बिस्तारै नियाल्नुजस्तै हो। यसको हरेक नयाँ अध्याय अघिल्लो अध्यायभन्दा झन्-झन् अनुपम लाग्दै जान्छ।”
अझै अर्की एक महिलाले पनि यस्तो लेखिन्: “मैले भर्खरै ड्र क्लोज टु जेहोभा पढिसिध्याएकी छु। अन्तिम दुई अनुच्छेद पुगेपछि म पटक-पटक टक्क अडिएँ र प्रार्थना गरें किनभने म यहोवाको विस्मय र प्रेमदेखि अत्यन्तै भावविभोर भएकी थिएँ। यहोवाप्रतिको मेरो प्रेम र कृतज्ञता वर्णनै गर्न नसकिने गरी गहिरो भएको छ!”
यो ३२० पृष्ठे पुस्तक पढ्नुभयो भने तपाईंले पनि यस्तै महसुस गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। सँगै दिइएको कुपन भरेर अनि दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको कुनै उपयुक्त ठेगानामा पठाएर तपाईं थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g04 11/22)
□ कुनै बाध्यतामा नपरी, ड्र क्लोज टु जेहोभा भन्ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।