प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ७/८ पृ. २५
  • ‘यस विषयमा त तिमीले गर्व गर्नुपर्छ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यस विषयमा त तिमीले गर्व गर्नुपर्छ’
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ७/८ पृ. २५

‘यस विषयमा त तिमीले गर्व गर्नुपर्छ’

परमेश्‍वरका साँचो सेवकहरूलाई इमानदार हुनुको महत्त्व थाह छ। आफ्नो सृष्टिकर्ताप्रतिको प्रेमले उनीहरूलाई त्यस्तो महसुस गराउँछ। उदाहरणका लागि, लजारोलाई विचार गर्नुहोस्‌। केही समयअघिको कुरा हो, मेक्सिकोको वाटुल्को होटलमा काम गरेको बेला तिनले होटलको लबीमा ७० डलर भेट्टाए। तिनले तुरुन्तै त्यो पैसा ड्युटिमा भएका म्यानेजरलाई दिए। त्यसको केही समयपछि तिनले बाथरूममा पनि एउटा पर्स भेट्टाए। तिनले त्यो पर्स रिसेप्सन डेस्कमा बुझाए र आफ्नो पर्स भेटिएकोमा पर्स हराउने व्यक्‍ति अत्यन्त खुसी र छक्क पनि परिन्‌।

यी सबै कुरा जेनरल म्यानेजरको कानमा पुग्यो, जसले लजारोलाई पैसा तथा पर्स फर्काउन तिनी अभिप्रेरित हुनुको कारण सोधे। आफूले बाइबलबाट सिकेको नैतिक सिद्धान्तले अरूको सामान लिनदेखि रोक्यो भनी लजारोले जवाफ दिए। प्रशंसापत्रमा जेनरल म्यानेजरले लजारोलाई यसो भनेका थिए: “हिजोआज उच्च नैतिक सिद्धान्तको कदर गर्ने मानिसहरू भेट्टाउन गाह्रो छ। हामी तिम्रो मनोभावको सराहना गर्छौं। तिमीले आफूलाई एक जना मर्यादित व्यक्‍तिको रूपमा चिनाएका छौ, आफ्ना सहकर्मीहरूको लागि एउटा उदाहरण बनेका छौ। यस विषयमा त तिमी तथा तिम्रो परिवारले गर्व गर्नुपर्छ।” लजारोलाई त्यस महिनाको उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियो।

आफूले पाएको सामान फर्काएर लजारोले गल्ती गऱ्‍यो भन्‍ने सहकर्मीहरू नभएका होइनन्‌। तर हाकिमले त्यस्तो राम्रो प्रतिक्रिया व्यक्‍त गरेको देखेपछि भने उनीहरू सबैले नैतिक सिद्धान्तअनुसार चलेकोमा लजारोलाई बधाई दिए।

बाइबलले येशूका विश्‍वासी अनुयायीहरूलाई “सबै मानिसतर्फ . . . भलाइको काम” गर्न र “सबै कुरामा [आफूलाई] इमान्दारीसाथ रहने” सल्लाह दिन्छ। (गलाती ६:१०; हिब्रू १३:१८) निस्सन्देह, मसीहीहरूको हैसियतमा इमानदारिता देखाउँदा बाइबलको “विश्‍वासयोग्य र अधर्मविहीन” परमेश्‍वर यहोवाको महिमा हुन्छ।—व्यवस्था ३२:४. (g05 6/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने