प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ८/८ पृ. ३१
  • ब्यूँझनुहोस्‌! पढेर सजग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ब्यूँझनुहोस्‌! पढेर सजग
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ८/८ पृ. ३१

ब्यूँझनुहोस्‌! पढेर सजग

ब्यूँझनुहोस्‌!-का नियमित पाठकहरूले यसका लेखहरूको मोल बुझ्छन्‌। तर गत डिसेम्बरमा थाइल्याण्डको काउ लाकमा बिदा मनाउन गएका एक जर्मन दम्पतीको लागि “ज्यानमारा छालहरू मिथ्या र वास्तविकता” शीर्षकको मार्च ८, २००१ को लेख अत्यन्तै मूल्यवान्‌ साबित भयो।

जर्मन अखबार फ्य्रानकनपोस्ट-ले (सेलबर ट्यागब्लाट) दम्पतीको अनुभव छाप्यो: “रोजभिता गजेल सम्झिन्छिन्‌, ‘हामी पौडिरहेका थियौं।’ समुद्रमा पौडेपछि गजेल दम्पती लुगा फेर्न आफ्नो होटेलमा गए। त्यसपछि तिनले देखेको दानवी दृश्‍यबारे राइनर गजेल भन्छन्‌: ‘दस मिनेटपछि समुद्र किनारमा फर्कंदा त्यहाँ समुद्र थिएन।’ किनारबाट सात किलोमिटर पर रहेको समुद्री चट्टानसम्मको भागलाई छालले लगिसकेको थियो। ‘पौडी खेलिरहेका सबैलाई समुद्रले लग्यो।’ आफ्नो ज्यान जोगिनुमा त्यसको श्रेय गजेल दम्पतीले ब्यूँझनुहोस्‌!-को त्यस लेखलाई दिए।” सुनामी आउनुभन्दा पहिले अलि अनौठो प्रकारका छालहरू आउँछन्‌ भनेर लेखले बताएको थियो।

“जब गजेल दम्पतीले टाढैबाट डरलाग्दो छाल उठेको देखे, तिनीहरू फर्के र दौडन थाले। राइनर गजेल सम्झन्छन्‌, छाल करिब १२ देखि १५ मिटर [४० देखि ५० फिट] उचाइसम्मको थियो। उनलाई सबैभन्दा दुःख लागेको कुराचाहिं के थियो भने, अन्य पर्यटकहरू किनारामा बसेर मात्र जिल्ल परेर हेरिरहे। ‘उनीहरू हलचल गरेनन्‌। सुरक्षित स्थानमा जानुपर्छ भनेर म चिच्याएँ तर तिनीहरूले कुनै प्रतिक्रिया देखाएनन्‌।’ उनीहरू कोही पनि बाँचेनन्‌।”

गजेल दम्पतीबारे उक्‍त अखबारले यस्तो टिप्पणी गऱ्‍यो: “तिनीहरू यहोवाका साक्षीहरू भएकोले बिदाको बेला तिनीहरूले नजिकैको मण्डलीमा संगत गरे जुन काउ लाकबाट १४० किलोमिटर [८५ माइल] टाढा पर्थ्यो। जब तिनीहरूका सँगी विश्‍वासीहरूले यस विपत्तिबारे सुने तिनीहरूलाई खोज्न मण्डलीका सबै जना काउ लाकतिर लागे।”

अहिले तिनीहरू सुरक्षितपूर्वक जर्मनी फर्केका छन्‌। यस दम्पती ब्यूँझनुहोस्‌!-का ती मूल्यवान्‌ जानकारीहरूको लागि कत्ति कृतज्ञ छन्‌। अनि तिनीहरूलाई मदत दिने थाइ बासीहरू र अझ विशेष गरी आफ्नो आध्यात्मिक भाइहरूप्रति तिनीहरू झन्‌ कत्ति कृतज्ञ भए होलान्‌! (g05 7/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने