प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १०/८ पृ. ३१
  • “यो भिडियो फिल्मले ज्यान जोगाउँछ!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यो भिडियो फिल्मले ज्यान जोगाउँछ!”
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १०/८ पृ. ३१

“यो भिडियो फिल्मले ज्यान जोगाउँछ!”

सन्‌ १९९९ मा यहोवाका साक्षीहरूले साँचो साथी कसरी बनाउने भन्‍नेबारे एउटा भिडियो फिल्म तयार पारेको थियो। अहिलेसम्ममा यो भिडियो ३० भन्दा धेरै भाषाहरूमा निस्किसक्यो। युक्रेनको एउटा मण्डलीका प्राचीन लेख्छन्‌: “यो भिडियो फिल्म हामी सबैलाई निकै घतलाग्दो लाग्यो। कसै-कसैले पाँच पटकसम्म यो भिडियो हेरे भने कतिपयले सात पटकसम्म हेरे! पछि भिडियोका मुख्य पक्ष छलफल गर्दा युवायुवतीहरूले निकै रमाइलो माने। तिनीहरूमध्ये कतिका आँखा रसाएका थिए। यहोवा परमेश्‍वर युवायुवतीहरूलाई माया गर्नुहुन्छ र तिनीहरूप्रति चासो लिनुहुन्छ भनेर हामी सबैले महसुस गऱ्‍यौं। यो भिडियो हेरेपछि युवायुवतीहरूलाई मैले अझ राम्ररी बुझ्न सकें। त्यसैले म तिनीहरूलाई अझै मदत गर्न र तिनीहरूको घनिष्ठ साथी हुन चाहन्छु।”

संसारभरिका युवायुवतीहरूलाई यो भिडियो फिल्मले अमेट छाप पारेको छ। उदाहरणको लागि, उरुग्वेकी १७ वर्षे लेटिसिया (बाँयापट्टिको तस्विरमा देखाइएकी) लेख्छिन्‌: “यो भिडियोमा प्रस्तुत गरिएको जानकारी अनि यहोवा परमेश्‍वर र उहाँको संगठनले युवायुवतीहरूमाथि लिएको चासोले गर्दा म प्रभावित नभई रहन सकिनँ। यस्तो अनमोल भिडियो फिल्म तयार पार्नुभएकोमा म कुन शब्दमा कृतज्ञता जाहेर गरूँ? तपाईंहरूलाई मुरी-मुरी धन्यवाद!”

संयुक्‍त राज्य अमेरिकाकी २७ वर्षिया साक्षीले यो फिल्म निकै पटक हेरिन्‌ र दोहोरो जीवन बिताइरहेकी एउटी युवतीलाई मदत गर्न उक्‍त फिल्म प्रयोग गरिन्‌। उनी लेख्छिन्‌: “आनेट पिउने गर्थिन्‌। उनको साथीसंगति राम्रो थिएन।a यसबाहेक उनले आक्कलझुक्कल लागू पदार्थ पनि चाख्न थालेकी थिइन्‌। तर यो भिडियो फिल्मले उनको मन छोयो। तुरुन्तै उनले खराब साथीसंगति र नराम्रो आनीबानी छोडिन्‌। छ महिनापछि त उनले बप्तिस्मा पनि लिइन्‌। साँच्चै, यो भिडियो फिल्मले ज्यान जोगाउँछ!” (g05 9/8)

◼ यहोवाका साक्षीहरूले सन्‌ २००४ मा अर्को भिडियो निकाले। भविष्यमा के गर्ने भन्‍ने विषयमा युवायुवतीहरूलाई निर्णय गर्न मदत दिने विषयवस्तु समावेश गरेर यो फिल्म तयार पारिएको हो। यो डी भी डी चक्काले पनि थुप्रै युवायुवतीहरूलाई यहोवा परमेश्‍वरको उपासनालाई प्रथम स्थान दिन प्रोत्साहन दिनेछ भन्‍ने हामी आशा गर्छौं।—मत्ती ६:३३.

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने