प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर पृ. १८
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असल साथीहरू र लामो जीवन!
  • इन्धनको रूपमा गहुँको प्रयोग?
  • अमेजनमा कीरा गन्‍ने
  • ऊर्जाको अभाव
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर पृ. १८

विश्‍वदर्शन

◼ “अहिले समुद्रको प्रत्येक वर्ग किलोमिटर क्षेत्रफलमा प्लास्टिकका १८,००० भन्दा बढी टुक्राटाक्री तैरिरहेका छन्‌।”—संयुक्‍त राष्ट्रसंघीय वातावरण कार्यक्रम। (g 7/07)

◼ दक्षिण अफ्रिकाका अदालतहरूमा हरेक दिन ८२ जना केटाकेटीलाई “बलात्कार वा अरू केटाकेटीप्रति अभद्र व्यवहार गरेको” आरोप लगाइन्छ। कसै-कसैले के भनेका छन्‌ भने, यसरी आरोपितमध्ये धेरै जनाले यस्तो दुर्व्यवहार गर्न आफूलाई “टेलिभिजनमा हेरेका कुराहरूले नै उक्साएको” हो भने। —द स्टार, दक्षिण अफ्रिका। (g 8/07)

◼ होटेलका ढोकाको ह्‍यान्डल समात्दा, टेबल ल्याम्प बाल्ने/निभाउने गर्दा, टेलिफोन चलाउँदा र टिभीको रिमोट कन्ट्रोल छुँदा पाहुनाहरूलाई “रुघाखोकीको भाइरस सर्न सक्ने सम्भावना ५० प्रतिशत हुन्छ।” —म्याकलिन्स, क्यानाडा। (g 9/07)

असल साथीहरू र लामो जीवन!

असल साथीहरूसित राम्रो सम्बन्ध हुने मानिसहरूको आयु लामो हुन सक्छ भनी जर्नल अफ एपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थ रिपोर्ट गर्छ। लामो आयु जिउनुमा मानव सम्बन्धले कस्तो असर पार्छ भनेर ७० वर्ष वा त्योभन्दा बढी उमेर पुगेका लगभग १,५०० अस्ट्रेलियालीहरूको दस वर्षभन्दा लामो समयसम्म अध्ययन गरिएको थियो। केही साथीहरूसित मात्र भन्दा थुप्रै साथीहरूसित राम्रो सम्बन्ध भएका व्यक्‍तिहरूको मृत्युदर २२ प्रतिशतले कम पाइयो। अरूको लागि केही गरिदिने साथीहरू हुँदा यसले सकारात्मक असर गरेको पाइयो। जस्तै: “निराशा हटाउने, चुनौतीहरूको सामना गर्ने, आत्म-सम्मान कायम राख्ने, समस्याहरूको सामना गर्ने, मानसिक तथा भावनात्मक सन्तुलन नगुमाउने वा आफ्नो जीवनलाई नियन्त्रणमा राख्ने” जस्ता क्षेत्रहरूमा राम्रो असर गरेको देखियो भनी उक्‍त रिपोर्ट बताउँछ। (g 7/07)

इन्धनको रूपमा गहुँको प्रयोग?

के इन्धनको रूपमा गहुँ बाल्नु उचित हो? जर्मन अखबार फ्रांकफर्टर आल्जेमाइन सोन्टाग्सजाइटुङ-ले बताएअनुसार गहुँको भाउ घटिरहेको र तेलको भाउ बढिरहेको बेला, इन्धनको लागि तेल किन्‍नुभन्दा गहुँ बाल्नु किसानको लागि सस्तो पर्छ। साढे दुई किलो गहुँ उमार्न २० सेन्ट अर्थात्‌ लगभग १५ रूपियाँ लाग्छ। त्यति गहुँ बाल्दा निस्कने ताप र एक लिटर तेलले निकाल्ने ताप बराबर हुन्छ। जबकि एक लिटर तेलको ६० सेन्ट अर्थात्‌ ४५ रूपियाँ जति पर्छ। यसकारण उक्‍त अखबारले भनेझैं “कतिपय मानिसहरू भोकभोकै परिरहेको बेला गहुँ बाल्नु कत्तिको उचित होला” भन्‍ने दुविधा उत्पन्‍न हुन्छ। (g 8/07)

अमेजनमा कीरा गन्‍ने

कीरासम्बन्धी विशेषज्ञहरू अर्थात्‌ एन्टोमोलोजिस्टहरूले अमेजन रेन फरेस्टमा अहिलेसम्म ६०,००० जातिका कीरा पत्ता लगाएका छन्‌। फोल्या अनलाइन-अनुसार अझ पत्ता लगाउन बाँकी लगभग १,८०,००० किसिम भएको अनुमान गरिएको छ। हाल त्यहाँ २० जना कीरा विशेषज्ञहरू काम गरिरहेका छन्‌। हालैको तथ्यांकले देखाएअनुसार यी विशेषज्ञहरूले दुई वर्षमा पाँच वटा जाति पत्ता लगाएर त्यसको विषयमा बताउँछन्‌। अहिलेको दरमा प्रत्येक पुस्ताले ३५ वर्ष काम गर्ने हो भने पनि सबै कीरा चिनिसिध्याउन ९० पुस्ता अर्थात्‌ लगभग ३,३०० वर्ष लाग्नेछ! (g 9/07)

ऊर्जाको अभाव

“अहिले एक अरब ६० करोड जति मानिस अर्थात्‌ विश्‍वको कुल जनसंख्याको एक चौथाइ मानिसहरूले बिजुलीको उपभोग गर्न पाइरहेका छैनन्‌। अनि दुई अरब ४० करोड मानिसहरू खाना पकाउन र तापको लागि मुख्यतया कोइला, गुइँठा वा दाउरामा निर्भर छन्‌” भनी संयुक्‍त राष्ट्रसंघीय वातावरण कार्यक्रमद्वारा प्रकाशित आवर प्लानेट भन्‍ने पत्रिका बताउँछ। “यी पुराना तरिका अपनाउँदा निस्कने धुवाँले गर्दा वर्षेनी २५ लाख महिला र केटाकेटीको मृत्यु हुन्छ।” (g 9/07)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने