“उत्कृष्ट किताब!”
उपरोक्त भनाइ पानामाका यहोवाका पूर्ण-समय सेवकको हो। रंगीन चित्रसहितको २२४ पृष्ठे बाइबलले वास्तवमा के सिकाउँछ? किताबबारे तिनले त्यसो लेखेका थिए। हाल यो किताब बाइबल अध्ययन गर्न संसारभर प्रयोग गरिन्छ। उनले लेखे: “बाइबलका गहिरा-गहिरा कुराहरूलाई यो किताबमा अचम्मै लाग्नेगरि छोटो-मिठो अनि विश्वस्त गराउने किसिमले लेखिएको छ। सन्दर्भसामग्री र परिशिष्ट नयाँ तरिकाले दिइएकोले थप कुरा अनुसन्धान गर्न जुरमुऱ्याउँछ।”
अमेरिकाको मिसोरीमा बस्ने एउटी बाइबल शिक्षिकाले यस्तो लेखिन्: “यो किताब सरल शैलीमा लेखिएको छ, जुन मलाई मन पर्छ। यसमा जुन क्रमले एकपछि अर्को विषय छलफल गरिएको छ, त्यो निकै व्यवहारिक छ।” बाइबलले सिकाउँछ किताब पाउने बित्तिकै तिनले यो किताब पहिला बाइबल अध्ययन गरेकी तर मन नलागेर छोडेकी महिलालाई दिइन्।
ती बाइबल शिक्षिका भन्छिन्: “पहिलो पाठ पढिनसक्दै ती महिलाले मलाई फोन गरेर तिनलाई यो किताब एकदमै मन परेको कुरा बताइन्।” उक्त महिलालाई यो किताब तिनकै लागि लेखिएको जस्तो लागेछ। त्यसैले फेरि बाइबल अध्ययन गर्न चाहिन्। दुई जना मिलेर दस पाठसम्म छलफल गरिसक्दा त सिकेको कुराप्रति ती महिलाले खुसी व्यक्त गरेको देख्न पाउनु साँच्चै रोमाञ्चक थियो भनेर ती बाइबल शिक्षिकाले बताइन्।
बाइबलले सिकाउँछ पुस्तक प्रकाशित भएको २ वर्ष पनि भएको छैन। तर १५० भन्दा बढी भाषामा पाँच करोड भन्दा धेरै प्रति छापिइसकेको छ। तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गरेर थप जानकारी पाउन सक्नुहुन्छ। (g 4/07)
◻ म बाइबलले वास्तवमा के सिकाउँछ किताब पाउन चाहन्छु।
◻ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।