प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल पृ. १६
  • अगामा छेपारोको पुच्छर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगामा छेपारोको पुच्छर
  • ब्यूँझनुहोस्‌!—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • वनस्पतिमा पाइने आकर्षक संरचना
    ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल पृ. १६

सृष्टि या संयोग?

अगामा छेपारोको पुच्छर

अगामा छेपारो समतल सतहबाट उफ्रेर ठाडो पर्खालमा सजिलै टाँसिन सक्छ। तर चिप्लो सतहमा अगामा छेपारो चिप्लिए तापनि पर्खालमा उफ्रेर मजाले टाँसिन सक्छ। कसरी? यसको रहस्य यस छेपारोको पुच्छरमा लुकेको छ।

विचार गर्नुहोस्‌: पकड हुने खस्रो सतहबाट अगामा छेपारो उफ्रिंदा यसले पहिला आफ्नो शरीरको सन्तुलन मिलाउँछ र पुच्छरलाई तल्तिर झार्छ। यसो गर्दा छेपारो कोण मिलाएर उफ्रन सक्छ। सतह चिप्लो हुँदा भने छेपारो गलत कोणमा उफ्रन पुग्छ। तर हावामै हुँदा यसले आफ्नो पुच्छर माथिल्तिर उचालेर शरीरको कोण मिलाउँछ। यो प्रक्रिया निकै जटिल छ। क्यालिफोर्निया विश्‍वविद्यालयबाट निकालिएको एउटा रिपोर्ट यसो भन्छ, “शरीरलाई सीधा राख्न छेपारोले धेरै चोटि पुच्छरको कोण मिलाइराख्नुपर्छ।” सतह जति चिप्लो हुन्छ छेपारोले पुच्छर त्यति नै माथि उचाल्नुपर्छ। यसो गर्दा मात्र छेपारो सुरक्षितसाथ पर्खालमा उफ्रन सक्छ।

अगामाको पुच्छर अध्ययन गर्दा इन्जिनियरहरूले भूकम्प वा अन्य प्रकोपको बेला मानिसहरूलाई खोज्न जस्तोसुकै सतहमा पनि सजिलै गुड्‌न सक्ने यान्त्रिक गाडी डिजाइन गर्न मदत पाउन सक्छन्‌। थोमस लिब्बी नाम गरेका एक जना अनुसन्धानकर्ता यसो भन्छन्‌, “रोबटहरूले जनावरले जत्तिको सजिलै यताउता त गर्नै सक्दैन। तर रोबटलाई जे-जति गर्न सकिने बनाइएको छ, त्यसलाई उपलब्धि मान्‍न सकिन्छ।”

तपाईंलाई कस्तो लाग्छ? अगामाको पुच्छर विकासवादको उपज हो या सृष्टि? (g13-E 02)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने