प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 जुलाई पृ. १२-१३
  • इन्डोनेसिया भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्डोनेसिया भ्रमण
  • ब्यूँझनुहोस्‌!—२०१३
ब्यूँझनुहोस्‌!—२०१३
g13 जुलाई पृ. १२-१३

देशविदेश तथा जनजीवन

इन्डोनेसिया भ्रमण

इन्डोनेसिया लगभग १७,००० टापुहरू मिलेर बनेको छ। यहाँका मानिसहरू एकदमै मित्रैलो, धीरजी, शिष्ट र अतिथि-सत्कार गर्नेहरू भनेर चिनिन्छन्‌।

इन्डोनेसियाका मानिसहरू सामान्यतया भात, मसलादार परिकार र फलफूल खाने गर्छन्‌। कुनै-कुनै इलाकाका मानिसहरू मान्द्रीमा बसेर हातैले खाने गर्छन्‌। यसरी खाँदाको स्वाद एकदमै मीठो हुन्छ भनेर इन्डोनेसियाका थुप्रै मानिसहरू भन्‍ने गर्छन्‌।

डुरियन फल एकदमै रसिलो हुन्छ र बास कडा भए तापनि यो फल लोकप्रिय छ

इन्डोनेसियाका मानिसहरू कला, नृत्य र सङ्‌गीत मन पराउँछन्‌। आन्कलङ्‌ग इन्डोनेसियाको एउटा स्थानीय बाजा हो। यो बाजा बाँसबाट बनाइएको हुन्छ। यसमा विभिन्‍न साइजका बाँसका पाइपहरूलाई एउटा फ्रेममा खुकुलो गरी मिलाएर जोडिएको हुन्छ। कुनै एउटा धुन निकाल्न सक्नेगरि बाँसका पाइपहरू मिलाएर राखिएको हुन्छ। एउटा धुन निकाल्नको लागि थुप्रै वादकहरूबीच राम्रो तालमेल मिल्नुपर्छ।

सुमत्रा र बोर्नियो वर्षा वनहरूमा पाइने ओरांगउटान भनिने एक प्रकारको बाँदर रूखमा बस्ने संसारकै सबैभन्दा ठूलो जनावर हो। एउटा वयस्क भालेको तौल ९० किलोग्राम हुन सक्छ अनि हातचाहिं २.४ मिटर लामो हुन सक्छ

इस्वी संवत्‌ पन्ध्रौं शताब्दीसम्म इन्डोनेसियामा हिन्दू र बौद्ध धर्मको प्रभाव थियो। तर १६ औं शताब्दीदेखि इस्लाम धर्मले इन्डोनेसियाको संस्कृतिमा जरा गाड्‌न थाल्यो। सोह्रौं शताब्दीमा युरोपका मानिसहरू मसालाको खोजीमा इन्डोनेसिया आउँदा विभिन्‍न चर्चका प्रभावहरू पनि त्यहाँ फैलिन थाल्यो।

विश्‍वभरि बाइबल शैक्षिक कार्यका लागि चिनिएका यहोवाका साक्षीहरूले इन्डोनेसियामा सन्‌ १९३१ देखि प्रचारकार्य सुरु गरे। हाल इन्डोनेसियामा २२,००० भन्दा धेरै यहोवाका साक्षीहरू छन्‌। तिनीहरू त्यहाँका बहिराहरूलाई पनि सुसमाचार सुनाउन प्रयास गर्दैछन्‌। येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउन यहोवाका साक्षीहरूले हालसालै आयोजना गरेको एउटा साङ्‌केतिक भाषाको सभामा ५०० भन्दा धेरै मानिस उपस्थित भए। (g13-E 04)

लौ! भन्‍नुहोस्‌ त!

यीमध्ये इन्डोनेसियामा के-के पाइन्छ?

  1. बीस हजार प्रजातिका बोटबिरुवा

  2. सबैभन्दा धेरै प्रकारका स्तनधारी प्राणीहरू

  3. संसारको सबैभन्दा ठूलो फूल

  4. संसारको सबैभन्दा अल्गो फूल

जवाफ: चारै वटा पाइन्छ। संसारको सबैभन्दा ठूलो फूलको व्यास ९१ सेन्टिमिटर हुन्छ। सबैभन्दा अल्गो फूलको उचाइ ३ मिटर हुन्छ।

संक्षिप्त जानकारी

  • जनसङ्‌ख्या: २३,७६,००,०००

  • राजधानी: जाकर्ता

  • मौसम: उष्ण

  • निर्यातित: खजूरको तेल, रबर, पेट्रोलियम पदार्थ, कोइला

  • भाषा: बहासा इन्डोनेसिया तथा सयौं स्थानीय भाषा र उपभाषा

  • धर्म: मुख्यतया इस्लाम (८८ प्रतिशत)

ब्यूँझनुहोस्‌! ९८ भाषामा प्रकाशित हुन्छ। यसमा बहासा इन्डोनेसिया पनि भनिने इन्डोनेसियाली भाषा पनि पर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने