प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी पृ. ६-९
  • पैसाले किन्‍न नसक्ने तीन कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पैसाले किन्‍न नसक्ने तीन कुरा
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी पृ. ६-९

आवरण लेख

पैसाले किन्‍न नसक्ने तीन कुरा

अचम्मलाग्दो कुरा के छ भने, थुप्रै मानिसको जागिर र घरबारको ठेगान छैन र पेन्सनसमेत नपाउने खतरा छ, तैपनि तिनीहरू पैसाले किन्‍न सक्ने भएभरको कुराहरू प्राप्त गर्न मरिहत्ते गर्छन्‌।

यस्ता मानिसहरू भव्य घर, दामी गाडी र महङ्‌गा लुगाहरू नभई हुँदैन भन्‍ने आकर्षक विज्ञापनहरूको सजिलै सिकार बन्छन्‌। तपाईंसँग पैसा छैन भने पनि के भो त, ऋण लिए भइहाल्छ नि भनेर उक्साइन्छ। ऋणमा चुर्लुम्मै डुबे तापनि थुप्रै मानिस आफूलाई धनी देखाउन तल्लीन छन्‌।

ढिलो होस्‌ वा चाँडो वास्तविकता छर्लङ्‌ग हुन्छ। अहम्‌ताको महामारी (अङ्‌ग्रेजी) किताब यसो भन्छ, “आफूलाई धनी र सफल देखाउन ऋण काढेर महङ्‌गा सामानहरू किन्‍नु भनेको त आफ्नो मुड ठीक पार्न गाँजा तान्‍नु जस्तै हो। सुरु-सुरुमा पैसा खर्च भएजस्तो पनि नलाग्ला अनि केही हानि नभएजस्तो लाग्ला। तर यो क्षणिक हुन्छ। यसले तपाईंलाई कङ्‌गाल अनि निराश बनाउँछ।”

बाइबलले “तडकभडक” देखाउनु भनेको मूर्खता हो भन्छ। (१ यूहन्‍ना २:१६) साँचो कुरा के हो भने, अनेक चिजबीज थुपार्ने धुनमा मग्न भयौं भने जीवनका महत्त्वपूर्ण कुराहरू बिर्सन सक्छौं र त्यो हामी पैसाले किन्‍न सक्दैनौं। तीनवटा उदाहरण विचार गर्नुहोस्‌।

१. पारिवारिक एकता

अमेरिकामा बस्ने १७ वर्षीया ब्रियनलाईa आफ्नो बुबाले काम र पैसालाई बढ्‌तै महत्त्व दिएजस्तो लाग्छ। तिनी भन्छिन्‌, “हामीलाई केही कुराको अपुग छैन। भनौं भने चाहिनेभन्दा धेरै नै छ। तर बुबा घरमा कहिल्यै बस्नुहुन्‍न। कामको सिलसिलामा उहाँलाई कहिले कता कहिले कता गइरहनुपर्छ। तर उहाँको परिवारप्रति पनि जिम्मेवारी छ नि, होइन र?”

यसबारे सोच्नुहोस्‌: पछि ब्रियनको बुबा कुन कुरामा पछुताउलान्‌? भौतिक कुरालाई बढ्‌तै महत्त्व दिंदा छोरीसितको तिनको सम्बन्धमा कस्तो असर परिरहेको छ? तिनको परिवारलाई अरू कुन कुराको खाँचो छ?

विचार गर्नुपर्ने बाइबल सिद्धान्तहरू:

  • “पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही[ले] . . . आफूलाई चोटै-चोट पुऱ्‍याएका छन्‌।”—१ तिमोथी ६:१०.

  • “डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको सागपात असल हो।”—हितोपदेश १५:१७.

निष्कर्ष: पैसाले पारिवारिक एकता किन्‍न सक्दैन। पारिवारिक एकता भन्‍ने कुरा परिवारसित समय बिताएर अनि तिनीहरूलाई धेरै माया र चासो दिएर मात्र सम्भव हुन्छ।—कलस्सी ३:१८-२१.

२. साँचो सुरक्षा

सत्र वर्षीया सारा भन्छिन्‌, “मेरी आमा सधैं मलाई धनी व्यक्‍तिसित बिहे गर अनि कुनै सीप सिक, भन्‍नुहुन्छ। यसरी सीप सिक्दा केही भइहाल्यो भने पनि आफूलाई पाल्न राम्रो जागिर पाउन सकिन्छ, भन्‍नुहुन्छ। उहाँको दिमागमा पैसाबाहेक अरू केही छैन जस्तो लाग्छ।”

यसबारे सोच्नुहोस्‌: भविष्यबारे सोच्दा कस्ता कुराबारे चिन्ता गर्नु जायज हो? तर कुन बेला जायज चिन्ताहरू नै अचाक्ली चिन्तामा परिणत हुन सक्छन्‌? साराकी आमाले आर्थिक सुरक्षाप्रति सन्तुलित दृष्टिकोण राख्न छोरीलाई कसरी मदत गर्न सक्थिन्‌?

विचार गर्नुपर्ने बाइबल सिद्धान्तहरू:

  • “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्‌।”—मत्ती ६:१९.

  • “तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।”—याकूब ४:१४.

निष्कर्ष: पैसा थुपार्दैमा सुरक्षित होइन्छ भन्‍ने कुनै ग्यारेन्टी छैन। आखिर, पैसा चोरी हुन सक्छ अनि यसले रोग निको पार्न र मृत्युको मुखबाट जोगाउन पनि सक्दैन। (उपदेशक ७:१२) साँचो सुरक्षा परमेश्‍वरको अनि उहाँको उद्देश्‍यको ज्ञान लिंदा मात्र पाउन सकिन्छ भनेर बाइबल सिकाउँछ।—यूहन्‍ना १७:३.

३. आत्म-सन्तुष्टि

चौबीस वर्षीया तान्या भन्छिन्‌, “म र मेरी जुम्ल्याहा दिदीलाई आमाबाबुले सरल जीवन बिताउन सिकाउनुभयो। हुर्कंदै गर्दा हामीसित प्रशस्त थिएन तर हामी खुसी थियौं।”

यसबारे सोच्नुहोस्‌: आधारभूत कुराहरूमा सन्तुष्ट हुनु किन गाह्रो हुन सक्छ? पैसाको सन्दर्भमा तपाईं आफ्नो परिवारको लागि कस्तो उदाहरण बसाल्दै हुनुहुन्छ?

विचार गर्नुपर्ने बाइबल सिद्धान्तहरू:

  • “खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:८.

  • “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।”—मत्ती ५:३.

निष्कर्ष: जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पैसा अनि यसले किन्‍न सक्ने कुरा होइन। बाइबलमा के भनिएको छ, याद गर्नुहोस्‌: “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) साँच्चै, यस्ता महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउँदा जीवनमा साँचो सन्तुष्टि अनुभव गर्न सक्छौं:

  • हामी यहाँ किन छौं?

  • हाम्रो भविष्य कस्तो छ?

  • परमेश्‍वरसँग नजिक हुने चाहनालाई म कसरी पूरा गर्न सक्छु?

यस पत्रिकाको प्रकाशक यहोवाका साक्षीहरू तपाईंलाई यी प्रश्‍नहरूको जवाफ दिन खुसी हुनेछन्‌।

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

खुसी हुन के चाहिन्छ?

अहम्‌ताको महामारी भन्‍ने किताब यसो भन्छ: “साधारणतया, पैसा नै सबै कुरा हो भन्‍ने मानिसहरू तुलनात्मक हिसाबमा निराश छन्‌, खुसी छैनन्‌। धेरै पैसा कमाउने चाहना मात्र राख्नेहरूसमेत मानसिक समस्याले पीडित हुन सक्छन्‌। घाँटी बस्ने, ढाड दुख्ने, टाउको दुख्ने जस्ता शारीरिक समस्या पनि उनीहरूमा धेरै हुने गरेको पाइन्छ। अनि अत्यधिक मद्यपान र लागू औषधको दुर्व्यसन जस्ता कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ। सायद, आर्थिक सफलताको लागि मरिमेट्‌दा मानिसहरू असाध्यै दुःखी हुन्छन्‌।”

“सोचाइमा परिवर्तन”

“सन्‌ १९६० को दशकमा र १९७० दशकको सुरु-सुरुमा विद्यार्थीहरूलाई कलेज पढ्‌नुको उद्देश्‍यबारे सोध्दा धेरैजसोले ‘शिक्षित बन्‍न’ र ‘जीवन अझै अर्थपूर्ण बनाउन’ भन्‍ने जवाफ दिन्थे। थोरैले मात्र कलेज पढ्‌नुको उद्देश्‍य ‘पैसा कमाउनु’ हो भन्थे। सन्‌ १९९० को दशकदेखि यता थुप्रै विद्यार्थीले कलेज जानुको मुख्य उद्देश्‍य ‘पैसा कमाउनु’ हो भन्‍न थाले। . . . कलेजका विद्यार्थीहरूको सोचाइमा आएको यस्तो परिवर्तन सँगसँगै तिनीहरूमा डिप्रेसन, आत्महत्या र अन्य मानसिक समस्याहरू पनि ह्वात्तै बढेको छ।”—डा. म्याडलिन्‌ लभिनद्वारा लिखित किताब सुख-सुविधाको मोल (अङ्‌ग्रेजी)।

“उपचारको रूपमा किनमेल”

डा. म्याडलिन लभिनका अनुसार परिवार, समुदाय र चर्चबाट निराश भइसकेका मानिसहरूले “उपचारको रूपमा किनमेल” गर्दा केही हदसम्म सान्त्वना पाउँछन्‌। तिनले आफ्नो किताब सुख-सुविधाको मोल-मा यस्तो लेखिन्‌, “आफ्नो परिस्थितिलाई नियन्त्रणमा राख्ने एउटा तरिका किनमेल हो। पैसा खर्च गर्दा आफू अझै शक्‍तिशाली भएको महसुस हुन सक्छ। यस किसिमको शक्‍ति भ्रमात्मक हुन्छ। . . . वास्तवमा साँच्चै शक्‍तिशाली त ठूलठूला कम्पनी र विज्ञापन बनाउनेहरू हुन्‌। सामानहरू किन्दा छुट्टै प्रकारको आनन्द पाइन्छ भन्‍ने जस्तो भान पार्न विज्ञापन बनाउनेहरूलाई पैसा दिइएको हुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने