प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अप्रिल पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अमेरिका
  • इटाली
  • मलेशिया
  • अफ्रिका
  • अस्ट्रेलिया
  • एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!
    ब्यूँझनुहोस्‌!—२००५
  • संक्रामक रोगहरू—घातक तर रोकथाम गर्न सकिने
    ब्यूँझनुहोस्‌!—२००१
  • जूवा खेल्नुमा के खराबी छ?
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अप्रिल पृ. ३

विश्‍वदर्शन

अमेरिका

‘धूम्रपान गर्ने कर्मचारीहरूले हाकिमको निकै पैसा उडाइरहेका छन्‌। धूम्रपान नगर्नेले भन्दा तिनीहरूले ५,८१६ डलर (लगभग ६ लाख रुपैयाँ) बढी रकम प्रतिवर्ष खेर फालिरहेका छन्‌’ भनी न्यु योर्क टाइम्स बताउँछ। ओहायो विश्‍वविद्यालयको सर्वेक्षणअनुसार कर्मचारीलाई धूम्रपान गर्न ब्रेक दिएको, उपचारको खर्च बेहोरिदिएको अनि विनाकारण धेरै छुट्टी दिएकोले यत्ति धेरै नोक्सानी भएको हो। साथै, धूम्रपानको लत छुटाए पनि निकोटिनको असर बाँकी भएकोले मानिसहरू पहिलाजस्तो सक्रिय देखिएनन्‌।

इटाली

पोप फ्रान्सिस

‘पादरीहरूको मनमानीले गर्दा अनि तिनीहरूको भनाइ र गराइमा आकाश-जमिनको भिन्‍नता भएकोले गर्दा चर्चको अस्तित्व भित्रभित्रै खोक्रो हुँदै गइरहेको छ।’—पोप फ्रान्सिस।

मलेशिया

मलेशियाका अधिकारीहरू हस्तिहाड जफत गर्दै

मलेशियाका अधिकारीहरूले लगभग २४,००० केजी (२४ टन) हस्तिहाड जफत गरे। हजार वटाभन्दा धेरै दाह्रा काठभित्र लुकाएर ल्याइएको थियो। संरक्षकहरूको भनाइअनुसार यो अहिलेसम्मकै ठूलो जफत हो। ती हस्तिहाडहरू टोगोबाट चीनतर्फ लगिंदै थियो।

अफ्रिका

अफ्रिकी पुरुष

सन्‌ २०१२ को विश्‍व स्वास्थ्य सङ्‌गठनको रिपोर्टअनुसार ६३ प्रतिशत मानिसको मृत्यु सरुवा रोगको कारण भयो। प्रायजसो मृत्युचाहिं एचआइभी एड्‌स, झाडाबान्ता, औलो, क्षयरोग र बालरोगको कारण भयो।

अस्ट्रेलिया

स्मार्टफोनमा भएको नक्कली जुवा खेल

स्मार्टफोन अनि अरू इलेक्ट्रोनिक साधनहरूमा भएको नक्कली जुवा खेल अहिले केटाकेटीमाझ खुबै लोकप्रिय छ। कुनै-कुनै खेल त साँच्चिकै क्यासिनोमा गएर खेलेजस्तै हुन्छ। यस्तो नक्कली खेलमा जित्न भने सजिलो हुन्छ। तर यसको लत बसेपछि “केटाकेटीहरू भविष्यमा बाह्रमासे हुन सक्छन्‌” भनेर सरकारले मानिसहरूलाई सचेत गराएको छ। (g14-E 02)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने