प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर पृ. ५
  • सरसम्पत्ति गुमाउँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरसम्पत्ति गुमाउँदा
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याको सामना कसरी गर्न सक्नुहुन्छ
  • एक्कासि समस्या आउँदा
    ब्यूँझनुहोस्‌!—२०१४
  • राहत कार्यले यहोवाको महिमा गर्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंहरू प्रकोपमा परेकाहरूलाई राहत दिनुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर पृ. ५
भूकम्प र सुनामीले गर्दा तहसनहस भएको ठाउँ

आवरण लेख | एक्कासि समस्या आउँदा—कसरी सामना गर्ने?

सरसम्पत्ति गुमाउँदा

मार्च ११, २०११ शुक्रबारको दिन जापानमा ९.० रेक्टर स्केलको भूकम्प गयो। भूकम्पको कारण १५,००० भन्दा धेरै मानिसले ज्यान गुमाए भने दुई खरब डलरभन्दा बढीको क्षति भयो। सुनामी आउँदैछ भनेर चेतावनी पाएपछि ३२ वर्षीय केई आफ्नो ज्यान जोगाउन एउटा अग्लो ठाउँमा गएका थिए। तिनी भन्छन्‌, “भोलिपल्ट बिहान केही सरसामान बाँकी छ कि भनेर हेर्न म घर फर्कें। तर समुद्रले मेरो घर र भएभरको सम्पत्ति बगाएर लगिसकेछ। सुनामीले घरको जगबाहेक अरू केही बाँकी राखेनछ।

केई

“सुनामीले गर्दा मैले सरसामान मात्र होइन, आफ्नो संसारै गुमाएँ। यो कुरा स्वीकार्न मलाई केही समय लाग्यो। मैले आफ्नो सबै थोक गुमाएको थिएँ: मेरो कार, काम गर्ने कम्प्युटर, टेबल, मेच, पाहुनाहरूसित रमाइलो गर्दा बस्ने सोफा; मेरो किबोर्ड, गितारहरू र बाँसुरी; मैले चित्र कोर्दा चलाउने रङ्‌ग, ब्रस र अन्य सामानहरू; मेरा पेन्टिङहरू। केही पनि बाँकी थिएन।”

समस्याको सामना कसरी गर्न सक्नुहुन्छ

आफूले गुमाएका चीजहरूमा नभई आफूसित अझै पनि भएका कुराहरूमा ध्यान दिनुहोस्‌। बाइबल यसो भन्छ: “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) केई आफ्नो परिस्थिति सम्झँदै यसो भन्छन्‌: “सबैभन्दा पहिला मैले आफूलाई जे-जे चाहिन्छ जस्तो लागेको थियो, ती सबै कुराको एउटा सूची बनाएँ। तर यसो गर्दा केवल आफूले गुमाएका चीजहरूको याद आउन थाल्यो। त्यसैले मैले सूचीमा आफूलाई साँच्चै आवश्‍यक पर्ने कुराहरू मात्र लेखें। अनि ती कुराहरू पाउँदै जाँदा त्यो सूचीमा पनि छाँटकाँट गरें। यसो गर्दा मैले आफ्नो जीवनलाई फेरि व्यवस्थित पार्न सकें।”

आफ्नै विषयमा मात्र सोच्नुको साटो आफ्नो अनुभव बताएर अरूलाई सान्त्वना दिनुहोस्‌। केई भन्छन्‌: “मैले राहत कार्यमार्फत मदत पाएँ। साथीहरूले पनि मलाई धेरै मदत गरे। तर अरूबाट मदत मात्रै लिइरहँदा मैले कता-कता आफैलाई बेकामको महसुस गर्न थालें। त्यतिखेर मैले बाइबलको प्रेषित २०:३५ मा बताइएको यो कुरा सम्झें: ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।’ हुन त म कसैलाई भौतिक मदत दिन सक्दिनथें। त्यसैले मैले सान्त्वनाका दुई शब्द बोलेर सुनामीको सिकारमा परेका अरू व्यक्‍तिहरूलाई मदत दिएँ। यसरी अरूलाई मदत गर्दा मैले आफ्नो समस्याको सामना गर्ने बल पाएँ।”

आफ्नो परिस्थितिलाई सम्हाल्न व्यावहारिक बुद्धि दिनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। परमेश्‍वरले ‘दीनहरूका प्रार्थनातर्फ ध्यान लगाउनुहुन्छ’ भनेर बाइबलले बताएको कुरामा केईले भरोसा गरे। (भजन १०२:१७) तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ।

के तपाईंलाई थाह थियो? प्राकृतिक प्रकोपको कारण आफ्नो सरसम्पत्ति गुमाउनुपर्ला भनी कसैले चिन्ता गर्नु नपर्ने समय आउँछ भनेर बाइबलले भविष्यवाणी गरेको छ।a—यशैया ६५:२१-२३. (g14-E 07)

a परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभएको थियो भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने