प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍व
  • बेलायत
  • चीन
  • युरोप
  • परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर पृ. ३

विश्‍वदर्शन

विश्‍व

आफ्नै जीवनसाथीबाट हिंसाको सिकार भएकी एक महिला

विश्‍व स्वास्थ्य सङ्‌गठनका अनुसार महिला हिंसा “एउटा विश्‍वव्यापी स्वास्थ्य समस्या भएको छ र यो समस्या द्रुत गतिमा बढ्‌दै गइरहेको छ। विश्‍वभरि झन्डै ३५ प्रतिशत महिलाहरू आफ्नो जीवनसाथी वा अरूबाट हिंसाको सिकार हुने गरेका छन्‌। यसमा पनि आफ्नै जीवनसाथीबाट दुर्व्यवहारको सिकार भएका महिलाहरूको सङ्‌ख्या सबैभन्दा धेरै छ—संसारभरि ३० प्रतिशत महिलाहरू यस किसिमको हिंसाको सिकार हुने गर्छन्‌।”

बेलायत

चर्च

बेलायतमा ६४,३०३ व्यक्‍तिहरूमाझ गरिएको सर्वेक्षणमा ७९ प्रतिशतले “संसारमा व्याप्त दुःख र झैझगडाको एउटा मुख्य कारण धर्म हो” भनी बताए। सन्‌ २००१ मा बेलायत र वेल्समा गरिएको जनगणना अनुसार पूरै जनसङ्‌ख्याको जम्मा ७२ प्रतिशत मानिसहरूले आफू ख्रीष्टियन भएको बताएका थिए। तर सन्‌ २०११ मा भने ५९ प्रतिशतले मात्र आफू ख्रीष्टियन भएको बताए। यही अवधिमा कुनै पनि धर्ममा आस्था नराख्ने मानिसहरूको सङ्‌ख्या १५ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको छ।

चीन

चीनमा उमेर ढल्किसकेका आमाबुबा

हालै संशोधन गरिएको एउटा कानुनअनुसार वयस्क छोराछोरीले वृद्ध बुबाआमालाई बेलाबेलामा भेट्‌न जाने मात्र नभई “भावनात्मक मदत” पनि दिनुपर्ने भएको छ भनी चीनका सञ्चार माध्यमले जनाएका छन्‌। छोराछोरीले यो कानुन पालन गरेनन्‌ भने “कुनै सजाय दिइँदैन।”

युरोप

नक्कली सामान

अपराधी समूहहरूले बजारमा नक्कली शृङ्‌गारका सामानहरू, डिटर्जेन्ट पाउडर र खाद्य सामाग्री जस्ता दैनिक उपभोग्य वस्तुहरू बिक्री गरिरहेका छन्‌। खाद्य सुरक्षा जाँच गर्ने एउटा कम्पनीका अध्यक्षअनुसार “बजारमा पाइने सानोभन्दा सानो वस्तु पनि नक्कली हुन सक्ने सम्भावना छ।” एक जना विशेषज्ञले बताएअनुसार विकसित मुलुकमा भित्रिने झन्डै १० प्रतिशत खाद्य सामग्रीमा मिसावट पाइएको छ। (g14-E 09)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने