प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या १ पृ. ३
  • बाटोको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाटोको खोजी
  • ब्यूँझनुहोस्‌!—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१८
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो सुख कहाँ पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या १ पृ. ३
एक जना मानिस बाटोमा हिँड्‌दै

आनन्दतर्फ लैजाने बाटो

बाटोको खोजी

के तपाईँ आफूलाई आनन्दित व्यक्‍ति ठान्‍नुहुन्छ? त्यसोभए तपाईँलाई आनन्दित बनाउने कुरा के हो? तपाईँको परिवार, तपाईँको काम वा तपाईँको धार्मिक विश्‍वास? सायद तपाईँ त्यस्ता कुराहरूको प्रतीक्षा गर्दै हुनुहुन्छ होला, जसले तपाईँलाई आनन्दित बनाउन सक्छ। जस्तै: स्कुलको पढाइ सकाउने, राम्रो जागिर पाउने वा नयाँ गाडी किन्‍ने।

थुप्रै मानिस आफूले राखेको लक्ष्य हासिल गर्दा वा खोजेको कुरा पाउँदा केही हदसम्म आनन्दित भएको महसुस गर्छन्‌। तर त्यो खुसीको बहार कतिन्जेल टिक्ला? त्यो बिहानको शीतजस्तै हराइहाल्छ। यस्तो क्षणिक आनन्दले अन्ततः तपाईँलाई निराश बनाउन सक्छ।

आनन्द भनेको लामो समयसम्म टिकिरहने सुखद स्थितिको अनुभूति हो, जुन सामान्य सन्तुष्टिद्वारा मात्र नभई जिउनुको गहिरो र साँचो सन्तुष्टिद्वारा महसुस हुन्छ र यस्तो भावना सदा कायम रहोस्‌ भन्‍ने स्वाभाविक इच्छा हुन्छ।

साथै आनन्द लामो समयसम्म टिकिरहने सुखद स्थिति भएकोले यो लक्ष्य वा गन्तव्य होइन तर यात्रा हो। यदि हामी “म . . . भयो भने आनन्दित हुन सक्छु” भन्छौँ भने वास्तवमा हामी आनन्दलाई अझ पर सारिरहेका हुन्छौँ।

उदाहरणको लागि, आनन्दलाई सुस्वास्थ्यसित तुलना गर्नुहोस्‌। हामी कसरी स्वस्थ रहन सक्छौँ? पौष्टिक आहार खाएर, व्यायाम गरेर अनि स्वस्थकर जीवनशैली अपनाएर। त्यसैगरि आनन्दित हुन पनि सही मार्गमा चल्नुपर्छ र व्यावहारिक सिद्धान्तहरूअनुसार जीवन बिताउनुपर्छ।

आनन्दतर्फ लैजाने बाटोमा हिँड्‌न कस्ता सिद्धान्त वा गुणहरूले मदत गर्छ? हुनत महत्त्वपूर्ण सिद्धान्त वा गुणहरू थुप्रै छन्‌ तर त्यसमध्ये मुख्यचाहिँ तल उल्लेख गरिएका छन्‌:

  • सन्तुष्टि र उदारता

  • शारीरिक स्वास्थ्य र सहनशीलता

  • प्रेम

  • क्षमा

  • उद्देश्‍यपूर्ण जीवन

  • आशा

व्यावहारिक सल्लाहले भरिपूर्ण एउटा लोकप्रिय किताब यसो भन्छ: “तिनीहरू धन्यका हुन्‌, जसको चाल निर्दोष छ।” (भजन ११९:१) त्यो कस्तो चाल वा बाटो हो, अब हामी विचार गरौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने