प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. १-१३
  • ४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • यसबारे सोच्नुहोस्‌:
  • बाइबल के भन्छ?
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. १-१३
एउटा परिवार पहाडमा क्याम्पिङ गर्दै छ। तिनीहरू पहाडको अगाडि उभिएर सेल्फी खिँच्दै छन्‌।

४. के हामीले दुःखकष्ट भोग्नै पर्छ?

यस विषयमा किन चासो राख्नुपर्छ?

यस प्रश्‍नको जवाफले जीवनप्रतिको हाम्रो दृष्टिकोणमा प्रभाव पार्न सक्छ।

यसबारे सोच्नुहोस्‌:

संसारमा भएका सुन्दर कुराहरू सृष्टि गर्नुहुने ईश्‍वरले दुःखकष्ट हुन दिनुहुन्छ भनेर सोच्नु के तार्किक होला?

दुःखकष्ट देखेर ईश्‍वरमा आस्था नराख्ने मानिसहरू उहाँको मनसायमाथि वा उहाँको अस्तित्वमा समेत प्रश्‍न गर्छन्‌। दुःखकष्ट भोग्नुपरेकोले तिनीहरू यी कुराहरू विश्‍वास गर्छन्‌: (१) ईश्‍वरसित दुःखकष्ट रोक्न सक्ने शक्‍ति छैन, (२) ईश्‍वर दुःखकष्टको अन्त गर्न चाहनुहुन्‍न वा (३) ईश्‍वर हुनुहुन्‍न।

के मानिसले दुःखकष्ट भोग्नुको कारण यी नै हुन्‌?

थप जानकारी पाउनुहोस्‌

jw.org/ne मा के बाइबल भरपर्दो किताब हो? भिडियो हेर्नुहोस्‌।

बाइबल के भन्छ?

ईश्‍वरले हामीलाई दुःखकष्ट भोग्न सृष्टि गर्नुभएको होइन।

उहाँ हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ।

“रमाउनु र असल काम गर्नु नै मानिसले जीवनमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो . . .। साथै खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।”—उपदेशक ३:१२, १३.

ईश्‍वरले पहिलो मानव दम्पतीलाई जीवनको आनन्द उठाउन चाहिने सबै कुरा दिनुभएको थियो।

तिनीहरूले वा तिनीहरूका सन्तानले दुःख पाऊन्‌ भनेर उहाँले चाहनुभएको थिएन।

“त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।’”—उत्पत्ति १:२८.

पहिलो मानव दम्पतीले ईश्‍वरको आज्ञाअनुसार चल्न इन्कार गरे।

नतिजास्वरूप तिनीहरूले आफू र आफ्ना भावी सन्तानमाथि दुःख निम्त्याए।

“एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”—रोमी ५:१२.a

ईश्‍वरले हामीलाई उहाँको आज्ञा उल्लङ्‌घन गरेर आफूखुसी गर्न सृष्टि गर्नुभएको होइन।

जसरी हामी पानीमा बस्न बनाइएका होइनौँ, त्यसैगरि हामी एकअर्कामाथि शासन गर्न पनि बनाइएका होइनौँ।

“आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३.

ईश्‍वर हामीले दुःख पाएको चाहनुहुन्‍न।

हामी सकेसम्म समस्यामा नपरोस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ।

“तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने तिमीहरूको शान्ति नदीझैँ हुनेछ।”—यसैया ४८:१८.

a बाइबलमा “पाप” भनेर गलत कार्य-लाई बुझाउनुको साथै मानिसहरूले जन्मजातै पाएको त्रुटिपूर्ण अवस्था-लाई पनि बुझाउन प्रयोग गरिएको छ।

के हामीले दुःखकष्ट भोग्नै पर्छ?

पर्दैन। ईश्‍वर हामीले दुःखकष्ट भोगेको कहिल्यै चाहनुहुन्‍न थियो। प्रथम मानव दम्पतीले ईश्‍वरको आज्ञाअनुसार नचल्ने निर्णय गर्दा दुःखकष्टको सुरुवात भयो। तर त्यसको मतलब मानिसहरूले सधैँभरि दुःखकष्ट भोगिरहन्छन्‌ भन्‍ने होइन।

कहिल्यै दुःखकष्टको अन्त होला?

प्रश्‍न ५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने