प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या २ पृ. ४-६
  • तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • असल साथी कसरी बनाउने?
    ब्यूँझनुहोस्‌!—२०१६
  • के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?
    युवाहरू सोध्छन्‌
  • छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?
    परिवारका लागि
  • आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या २ पृ. ४-६
संसारको विभिन्‍न ठाउँमा रहेका साथीहरू भिडियो कन्फ्रेन्सिङमार्फत कुराकानी गरिरहेका छन्‌।

प्रविधिले कसरी असर गर्न सक्छ? तपाईँका साथीहरूसितको मित्रतालाई

दुई व्यक्‍ति एकअर्काबाट सात समुद्रपारि बसे तापनि तिनीहरू मेसेज, इमेल, भिडियो-कल अनि सामाजिक सञ्जाल प्रयोग गरेर एकअर्कासित सम्पर्कमा रहन सक्छन्‌। तिनीहरूका लागि प्रविधि उपयोगी साबित हुन्छ।

तर केही व्यक्‍तिहरू प्रविधिमार्फत मात्र आफ्ना साथीहरूसित कुराकानी गर्छन्‌। त्यस्ता व्यक्‍तिहरूले . . .

  • आफ्ना साथीहरूको भावना राम्ररी बुझ्न सक्दैनन्‌।

  • एक्लो महसुस गर्छन्‌।

  • आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌।

तपाईँले के बुझ्नुपर्छ?

राती अबेरसम्म एक किशोरी सामाजिक सञ्जाल चलाइरहेकी छिन्‌। उनले हेरिरहेको पोस्टमा ७,२३,००० पटक भ्यु आएको छ।

समानुभूति

अरूको भावना बुझ्नको लागि तिनीहरूबारे समय लगाएर सोच्नु आवश्‍यक छ। मेसेज पठाउन र पढ्‌न अनि सामाजिक सञ्जाल चलाउनमै व्यस्त भयौँ भने यसो गर्न गाह्रो हुन सक्छ।

तपाईँ प्रविधिको दास हुनुभएको छ भने मेसेजहरूको रिप्लाई दिन यत्ति व्यस्त हुनुहुनेछ कि तपाईँसित सबै मेसेज राम्ररी पढ्‌न समय समेत नहुन सक्छ र कोही साथीले मदत चाहिएर मेसेज गर्दा पनि यादै नहुन सक्छ। यस्तो अवस्थामा तपाईँको धुन केवल मेसेजहरूको रिप्लाई दिनुमा मात्र हुनेछ।

यसबारे सोच्नुहोस्‌: साथीहरूसित कुराकानी गर्न प्रविधि प्रयोग गर्दा हामी कसरी “एकअर्काको पीडा महसुस” गर्न सक्छौँ?—१ पत्रुस ३:८.

एक्लोपन

एउटा अध्ययनअनुसार सामाजिक सञ्जालमा धेरै समय बिताउने मानिसहरूले रित्तो महसुस गर्छन्‌। अरूले पोस्ट गरेका फोटोहरू र स्टेटसहरू हेरिसकेपछि मानिसहरू “आफूले केही अर्थपूर्ण काम गर्न नसकेको महसुस गर्छन्‌” भनी अनुसन्धानकर्ताहरू बताउँछन्‌।

यसबाहेक अरूले रमाइलो गरिरहेका फोटोहरू हेर्दा आफ्नो जीवन नीरस भएको महसुस हुन सक्छ। अरूको जीवनमा एकदमै रमाइलो भइरहेको अनि आफ्नो जीवनचाहिँ खल्लो भइरहेको जस्तो लाग्न सक्छ।

यसबारे सोच्नुहोस्‌: सामाजिक सञ्जाल प्रयोग गर्दा अरूसित तुलना गर्नदेखि तपाईँ कसरी जोगिन सक्नुहुन्छ?—गलाती ६:४.

आफ्नै कुरामा मात्र ध्यान दिनु

एक जना शिक्षिकाले आफ्ना केही विद्यार्थीहरू स्वार्थी भएको र आफ्नो लागि केही गरिदिनेहरूलाई मात्र साथी बनाउन चाहेको कुरा याद गरिन्‌। यस्तो प्रकारको मित्रता आफूले अरूबाट के पाउँछु भन्‍ने कुरामा मात्र केन्द्रित हुन्छ। यस्तो व्यक्‍तिले आफ्ना साथीहरूलाई मोबाइलको कुनै एपको रूप हेर्न सक्छन्‌, जुन आफूलाई मन लागेको बेला मात्र चलाउने गरिन्छ।

यसबारे सोच्नुहोस्‌: के तपाईँले पोस्ट गर्ने कुराहरूबाट तपाईँमा प्रतिस्पर्धी भावना भएको वा तपाईँले आफ्नै कुरामा मात्र ध्यान दिएको देखिन्छ?—गलाती ५:२६.

तपाईँ के गर्न सक्नुहुन्छ?

प्रविधि प्रयोग गर्ने तपाईँको बानी केलाउनुहोस्‌

प्रविधिलाई मालिक नभई आफ्नो दास बनाउनुभएको छ भने यसले तपाईँलाई आफ्ना साथीहरूसित सम्पर्कमा रहन र तिनीहरूसित अझ घनिष्ठ हुन पनि मदत गर्न सक्छ।

बाइबल सिद्धान्त: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

आफूले लागू गर्न चाहेका सुझावहरूमा चिन्ह लगाउनुहोस्‌ वा आफ्नो सङ्‌कल्प लेख्नुहोस्‌।

  • मेसेज वा इमेलमार्फत मात्र नभई मानिसहरूसित भेटेरै कुरा गर्न कोसिस गर्ने

  • अरूसित कुरा गर्दा फोन नचलाउने वा साइलेन्ट मोडमा राख्ने

  • सामाजिक सञ्जाल कम प्रयोग गर्ने

  • अरूको कुरा ध्यान दिएर सुन्‍न कोसिस गर्ने

  • गाह्रो अवस्थाको सामना गरिरहेको साथीसित कुरा गर्ने

आफैलाई सोध्नुहोस्‌

  • के मैले ख्याल राख्ने साथीहरूसितको मेरो मित्रता घनिष्ठ छ?

  • साथीसित भेटेर कुरा गर्दा फोन वा मेसेज आएर मेरो ध्यान कत्तिको खलबलिन्छ?

  • मैले सामाजिक सञ्जालमा पोस्ट गर्ने फोटो वा कमेन्टहरूले म आफ्नै कुरामा मात्र ध्यान दिन्छु भन्‍ने भान त पारिरहेको छैन?

  • सामाजिक सञ्जाल चलाइसकेपछि म कस्तो महसुस गर्छु?

  • प्रविधिको प्रयोगमा म कस्तो छाँटकाँट गर्न सक्छु, जसले गर्दा मलाई साँचो साथीहरू बनाउन बाधा पुग्नेछैन?

    बाइबल सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

एमिली।

“साँचो मित्र बनाउन समय र प्रयास चाहिन्छ। त्यसैले हाम्रा धेरै साथीहरू नहुन सक्छन्‌। थोरै साथीहरूसितको मित्रतालाई घनिष्ठ बनाउनु नै महत्त्वपूर्ण कुरा हो। साँचो साथीहरू तपाईँको ख्याल राख्छन्‌ र तपाईँले पनि तिनीहरूको ख्याल राख्नुपर्छ।”—एमिली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने