प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या ३ पृ. ३
  • तपाईँ कसरी सही निष्कर्षमा पुग्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी सही निष्कर्षमा पुग्न सक्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिकर्ताले तपाईंको जीवन अर्थपूर्ण बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • हाम्रो महान्‌ सृष्टिकर्ता हाम्रो चासो राख्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—१९९९
  • जीवनको सुरुवात कसरी भयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या ३ पृ. ३
पादरीले बोकिरहेको बाइबल र वैज्ञानिकले बोकिरहेको डिएनएको नमुनातिर एक युवती एकदमै चासो देखाएर हेर्दै छिन्‌।

तपाईँ कसरी सही निष्कर्षमा पुग्न सक्नुहुन्छ?

“यो ब्रह्‍माण्ड शून्यताबाट आफै बनेको हो।” —स्टिफन हकिङ र लिओनार्ड म्लोडिनोभ, भौतिकशास्त्रीहरू, २०१०।

“परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—बाइबल, उत्पत्ति १:१.

ब्रह्‍माण्ड र यसमा भएको जीवन आफसेआफ आएको हो कि ईश्‍वरले सृष्टि गर्नुभएको हो? माथि उल्लेख गरिएका भौतिकशास्त्रीहरूको धारणा र बाइबलको सुरुको किताब उत्पत्तिमा लेखिएको कुरा बिलकुलै फरक छ। सबै कुरा ईश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने विचारधारालाई समर्थन गर्ने मानिसहरू पनि छन्‌ भने सबै कुरा आफसेआफ आयो भन्‍ने धारणालाई समर्थन गर्ने मानिसहरू पनि छन्‌। तर यस विषयमा कतिपय मानिसहरू दोधारमा छन्‌। यसको पक्ष र विपक्षमा थुप्रै लोकप्रिय किताब लेखिएका छन्‌ अनि विभिन्‍न कार्यक्रम सञ्चालन गरिएका छन्‌।

शिक्षकहरूले ब्रह्‍माण्ड र यसमा भएको जीवन आफसेआफ आएको हो भनेर निर्धक्क भई सिकाउलान्‌। तर के तिनीहरूले यी सबै कुरा सृष्टि भएका होइनन्‌ भनेर प्रमाण दिएका छन्‌? अर्कोतर्फ धर्मगुरुहरूले सृष्टिकर्ता हुनुहुन्छ भनेर सिकाउँछन्‌। तर के तिनीहरूले त्यस धारणालाई समर्थन गर्न प्रमाणहरू दिएका छन्‌? अथवा तिनीहरूले ईश्‍वर हुनुहुन्छ भनेर सिकाएकाले हामीले तिनीहरूको कुरा विश्‍वास गर्नुपर्छ भन्छन्‌ कि?

तपाईँले सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍नेबारे सोच्नुभएको होला। तर त्यसको जवाफ कसैले दिन सक्दैन भन्‍ने लागेको हुन सक्छ। तपाईँलाई यस्तो पनि लाग्यो होला: यसको जवाफ थाह पाएर के नै फरक पर्छ र?

ब्यूँझनुहोस्‌!-को यस अङ्‌कमा सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा धेरै मानिसलाई विश्‍वस्त हुन मदत गरेका केही तथ्य विचार गरिनेछ। साथै ब्रह्‍माण्ड र पृथ्वीमा जीवनको सुरुवातबारे थाह पाउनु किन महत्त्वपूर्ण छ भन्‍ने प्रश्‍न छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने