यहोवाले हाम्रोलागि एउटा मुक्तिदाता दिनुभएको छ
२९ परमेश्वरले सृष्टि गर्नुभएको प्रथम आत्मिक जन परमेश्वरको पहिलौठो पुत्र जस्तो हुनुभयो।
परमेश्वरले उहाँलाई धेरै प्रेम गर्नुहुन्छ। र नराम्रा मानिसहरूलाई नाश गर्ने र आज्ञाकारीहरूलाई बचाउने काममा उहाँलाई नै चलाउनु हुनेछ।—यूहन्ना ३:१६, ३६
३० यहोवाले आफ्नो पुत्रलाई पृथ्वीमा जन्म लिन पठाउनुभयो। उहाँको नाम येशू राखियो। उनको आमाको नाम मरियम थियो।—लूका १:३०-३५
३१ ठूलो भएर येशूले धेरै राम्रा राम्रा कुरा सिकाउनुभयो। उहाँले यहोवामात्र साँचो परमेश्वर हुनुहुन्छ भनी सिकाउनुभयो। —मर्कूस १२:२९, ३०
येशू भन्नुहुन्थ्यो: हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ।—मत्ती ४:१०; यूहन्ना ४:२३, २४
उहाँले मानिसहरूलाई यहोवाको राज्यबारे पनि सिकाउनुभयो।—लूका १७:२०, २१
३२ येशूले बिरामीहरूलाई निको पार्नुभयो र अरू पनि थुप्रै राम्रा राम्रा कामहरू गर्नुभयो। उहाँले नराम्रो कुरा कहिल्यै गर्नुभएन।—प्रेरित १०:३८; १ पत्रुस २:२१, २२
तर उहाँले हामीलाई पाप र मृत्युबाट कसरी बचाउने?
३३ राम्रा मानिसहरूलाई बचाउनको लागि उहाँले परमेश्वरलाई एउटा बलिदान चढाउनु परेको थियो। त्यसभन्दा अघिअघिका समयमा परमेश्वरले मानिसलाई आफ्ना पापहरूको लागि जनावरहरूको बलिदान चढाउन भन्नुभएको थियो।— हिब्रू ७:२५, २७
३४ येशूले जनावरहरूको बलिदान चढाउनुभएन। उहाँले हाम्रोलागि आफैलाई चढाउनुभयो।— मत्ती २०:२८; हिब्रू १०:१२
के तपाईंलाई थाह छ, किन?