पाप र मृत्युबाट हामी कसरी बाँच्छौं?
३५ प्रथम मानिस आदमले पाप गरेको के तपाईंलाई याद छ? उसले आफ्नो जीवन र त्यो प्रमोदवन दुवै गुमायो। त्यसले गर्दा हामीहरू पनि मर्छौं किनभने हामीहरू उसैका सन्तान हौं।—रोमी ५:१२; ३:२३
३६ हामी त्यो सिद्ध जीवन वापस पाउन सक्छौं। तर एउटा अर्को सिद्ध मानिसले आफ्नो जीवन हाम्रोलागि चढाउनुपऱ्यो। अर्थात् हामीलाई मृत्युबाट दाम तिरेर छुटाउनुपऱ्यो। —१ कोरिन्थी १५:४५; रोमी ५:१९, २१
३७ येशू परमेश्वरको पुत्र हुनुहुन्थ्यो। उहाँ एउटा सिद्ध मानिस हुनुहुन्थ्यो। उहाँले पाप गर्नु भएको थिएन।—हिब्रू ५:९; ७:२६
३८ परमेश्वरलाई प्रेम नगर्ने मानिसहरूले येशूको हत्या गर्दा, उहाँ स्वेच्छापूर्वक तिनीहरूको हातमा मरिदिनुभयो।—प्रेरित २:२३
यो त हाम्रोलागि उहाँको एउटा बलिदान थियो।—१ तिमोथी २:६
३९ येशूलाई ढुंगाभित्र खोपेको एउटा चिहानमा गाडियो। उहाँ तीन दिनको लागि मर्नुभयो। त्यसपछि परमेश्वरले उहाँलाई ब्यूँताउनुभयो।—प्रेरित २:२४
४० उहाँ स्वर्गमा फर्कनुभयो। परमेश्वरको आज्ञा पालन गर्नेहरू सबैको लागि अब उहाँले परमेश्वरसँग बिन्ती गर्न सक्नुहुन्छ।—हिब्रू ९:२४; १ यूहन्ना २:१, २