प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv पृ. २५१-पृ. २५३
  • सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv पृ. २५१-पृ. २५३

अतिरिक्‍त लेख

सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?

विवाह गरेका व्यक्‍तिहरू आफूले गरेको विवाह वाचाअनुरूपै एक-अर्काप्रति वफादार रहून्‌ भन्‍ने यहोवा आशा गर्नुहुन्छ। जब यहोवाले पहिलो पुरुष र स्त्रीको विवाह गराइदिनुभयो तब उहाँले भन्‍नुभयो: “मानिस . . . आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” येशू ख्रीष्टले पनि त्यही भनाइ दोहोऱ्‍याउनुभयो र अझै भन्‍नुभयो: “त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (उत्पत्ति २:२४; मत्ती १९:३-६) यसरी यहोवा र येशूले विवाहलाई जीवनभरिको बन्धनको रूपमा हेर्नुभयो, पति वा पत्नीमध्ये एक जनाको मृत्यु भएमा मात्र त्यो बन्धन टुट्‌ने थियो। (१ कोरिन्थी ७:३९) विवाह पवित्र बन्धन भएकोले सम्बन्धविच्छेद गर्ने कुरालाई हल्कासित लिन मिल्दैन। वास्तवमा धर्मशास्त्रीय आधार नभईकन गरेको सम्बन्धविच्छेदलाई यहोवा घृणा गर्नुहुन्छ।—मलाकी २:१५, १६.

सम्बन्धविच्छेद गर्न सकिने धर्मशास्त्रीय आधार के हो त? पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेहरूलाई र अवैध यौनसम्बन्ध राख्नेहरूलाई यहोवा घृणा गर्नुहुन्छ। (उत्पत्ति ३९:९; २ शमूएल ११:२६, २७; भजन ५१:४) अवैध यौनसम्बन्ध यहोवाको नजरमा यत्ति घिनलाग्दो काम हो कि यसैको आधारमा सम्बन्धविच्छेद गर्न यहोवा अनुमति दिनुहुन्छ। (अवैध यौनसम्बन्धमा के-के समावेश छन्‌ भनेर बुझ्नको लागि कृपया यसै किताबको अध्याय ९, अनुच्छेद ७ हेर्नुहोस्‌। उक्‍त अध्यायमा अवैध यौनसम्बन्धबारे विस्तृत तवरमा छलफल गरिएको छ।) निर्दोष पति वा पत्नीले सम्बन्धविच्छेद गर्ने कि अझै सँगै बस्ने भनेर आफैले छनौट गर्ने अधिकार यहोवाले दिनुभएको छ। (मत्ती १९:९) त्यसैले निर्दोष पति वा पत्नीले सम्बन्धविच्छेद गर्ने निर्णय गरे भने तिनले यहोवाले घृणा गर्ने काम गरिरहेका हुँदैनन्‌। तर यस्तो अवस्थामा ख्रीष्टियन मण्डलीका सदस्यहरूले सम्बन्धविच्छेद गर्न कसैलाई पनि प्रोत्साहन दिनुहुँदैन। वास्तवमा कुनै-कुनै परिस्थितिमा निर्दोष पति वा पत्नीले आफ्नो जोडी सँगै बस्ने निर्णय गर्न सक्छन्‌—विशेषगरि दोषी पति वा पत्नीले साँचो पश्‍चात्ताप देखाएको खण्डमा। वास्तवमा भन्‍ने हो भने सम्बन्धविच्छेद गर्न सक्ने धर्मशास्त्रीय आधार भएको व्यक्‍तिले के-कस्तो कदम चाल्ने हो त्यसबारे आफैले निर्णय गर्नै पर्छ अनि जे-जस्तो परिणाम निस्कन्छ त्यसको भार पनि बोक्नै पर्छ।—गलाती ६:५.

अवैध यौनसम्बन्धको मामिला नभए तापनि अत्यन्तै गाह्रो परिस्थिति भएको बेला कुनै-कुनै ख्रीष्टियनहरूले आफ्नो पति वा पत्नीबाट छुट्टिएर बस्ने वा सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन्‌। यस्ता जोडीहरू कि ‘अविवाहित बसून्‌’ कि तिनीहरूले ‘फेरि मिलाप गरून्‌’ भनेर बाइबलले तोकेरै बताएको छ। (१ कोरिन्थी ७:११) यस्तो अवस्थामा भएको ख्रीष्टियनले फेरि विवाह गर्ने स्वतन्त्रता पाएको हुँदैन। (मत्ती ५:३२) आउनुहोस्‌ अब हामी यस्तो गाह्रो परिस्थितिबारे विचार गरौं जसलाई कोही-कोहीले छुट्टिएर बस्न सक्ने आधार ठानेका छन्‌।

जानाजानी परिवारको पालनपोषण नगरेमा। परिवारको पालनपोषण गर्ने क्षमता भए तापनि आफ्नो जिम्मेवारी पूरा नगरेर पतिले परिवारलाई कङ्‌गाल बनाइरहेको हुन सक्छ, परिवारले दैनिक आवश्‍यकता जुटाउन नसकिरहेको हुन सक्छ। बाइबल भन्छ: “यदि कसैले . . . आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्‍वासलाई त्यागेको हुन्छ र विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ। (१ तिमोथी ५:८) यदि यस्तो पतिले आफूलाई परिवर्तन गर्न मान्दैन भने आफ्नो अनि आफ्नो छोराछोरीको भलाइको खातिर पत्नीले कानुनी रूपमा छुट्टिएर बस्ने निर्णय गर्न सक्छिन्‌। यदि कुनै भाइलाई परिवारको पालनपोषण नगरेको आरोप लागेको छ भने उक्‍त आरोप सही हो कि होइन भनेर ख्रीष्टियन एल्डरहरूले राम्ररी छानबिन गर्नुपर्छ। आफ्नो परिवारको पालनपोषण नगर्ने व्यक्‍ति मण्डलीबाट बहिष्कार पनि हुन सक्छ।

ज्यादै कुटपिट गरेमा। हिंसात्मक पति वा पत्नीको कुटपिटको कारण कुटाइ खाने पति वा पत्नीको स्वास्थ्यमा नै गम्भीर असर परेको वा ज्यानै जान सक्ने खतरा भएको हुन सक्छ। कुटपिट गर्ने व्यक्‍ति यदि ख्रीष्टियन हो भने एल्डरहरूले उक्‍त घटनाबारे छानबिन गर्नुपर्छ। एकदमै रिसाउने र हिंस्रक तवरमा कुटपिट गर्ने व्यक्‍ति मण्डलीबाट बहिष्कार हुन सक्छ।—गलाती ५:१९-२१.

यहोवासितको असल सम्बन्ध नै खतरामा पर्छ भने। पति वा पत्नीले आफ्नो जोडीलाई साँचो उपासनामा लाग्न बारम्बार रोकेको हुन सक्छ वा विभिन्‍न तरिकामा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नसमेत दबाब दिने गरेको हुन सक्छ। त्यस्तो अवस्था भोग्नुपरेको व्यक्‍तिले “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा” मान्‍नको लागि कानुनी रूपमा छुट्टिएर बस्नु नै एक मात्र उपाय हो भनेर निर्णय गर्न सक्छन्‌।—प्रेषित ५:२९.

माथि बताइएका वा अन्य यस्तै खालका अत्यन्तै गाह्रो परिस्थिति भोगिरहेको व्यक्‍तिलाई आफ्नो पति वा पत्नीसँग छुट्टिएर बस्नुपर्छ भनेर वा सँगै बस्नुपर्छ भनेर कसैले पनि दबाब दिनुहुँदैन। आध्यात्मिक रूपमा परिपक्व ख्रीष्टियन साथीले र एल्डरहरूले मदत दिन सक्छन्‌, बाइबल आधारित सल्लाह दिन सक्छन्‌ तर तिनीहरूले पति पत्नीबीच भित्र-भित्र के-कस्तो चलिरहेको छ भनेरचाहिं बुझेका हुँदैनन्‌। तर यहोवाले मात्र त्यो कुरा बुझ्न सक्नुहुन्छ। यदि कुनै ख्रीष्टियन भाइ वा बहिनीले आफ्नो पति वा पत्नीसित छुट्टिएर बस्नको लागि तीलजत्रो घरायसी समस्यालाई पहाडझैं बनाउँछन्‌ भने तिनीहरूले यहोवा अनि वैवाहिक प्रबन्धप्रति आदर देखाइरहेका हुँदैनन्‌। जसले जतिसुकै लुकाउन खोजे तापनि के-कस्ता कारणले छुट्टिएर बस्न खोजेको हो त्यो यहोवालाई थाह हुन्छ। वास्तवमा “जसलाई हामीले लेखा दिनुपर्छ, उहाँसामु सबै कुरा खुला र उदाङ्‌ग छन्‌।” (हिब्रू ४:१३) तर अत्यन्तै गाह्रो परिस्थिति लामो समयसम्म रहिरहेमा कुनै ख्रीष्टियनले छुट्टिएर बस्नु नै अन्तिम उपाय हो भन्‍ने ठान्‍न सक्छन्‌। तिनले गरेको यो निर्णयलाई कसैले पनि आलोचना गर्न मिल्दैन। आखिर “हामी सबै जना परमेश्‍वरको न्यायआसनसामु खडा हुनेछौं।”—रोमी १४:१०-१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने