प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ph पृ. ३१
  • अझ धेरै बुझ्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अझ धेरै बुझ्नुहोस्‌
  • शान्ति र आनन्दको बाटो
शान्ति र आनन्दको बाटो
ph पृ. ३१

अझ धेरै बुझ्नुहोस्‌

तिनीहरूले छलफल गरेका कुराहरूबारे अझ धेरै बुझ्न सिद्धार्थ र सुजातालाई मदत गर्न आफू र अनुष्का तयार रहेको कुरा सौरभ बताउँछन्‌। सौरभ तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? किताब देखाउँछन्‌।

त्यो किताबको विषय-सूची नियाल्दा सिद्धार्थ र सुजाताले आफ्नो मनमा प्रायजसो उब्जने गरेका जिज्ञासाहरू देख्छन्‌। किताबमा रोचक विषय थुप्रै छन्‌ भनेर सौरभ बताउँछन्‌। तिनी भन्छन्‌:

“हरेक अध्यायको सुरुमा केही प्रश्‍नहरू दिइएका छन्‌। यी प्रश्‍नहरूले उक्‍त अध्यायमा केबारे छलफल गरिएको छ, त्यो प्रकाश पार्छ। अध्यायको अन्तमा चाहिं ‘बाइबलले के सिकाउँछ’ शीर्षकको पेटी छ। यसमा अध्यायका मुख्य बुँदाहरूको सारांश र ती बुँदाहरूलाई समर्थन गर्ने बाइबल पदहरू दिइएको छ। किताबभरि थुप्रै चित्र छन्‌, जसबाट पाठ सिक्न सकिन्छ। अनि विषयवस्तु पढ्‌न र बुझ्न सजिलो हुने शैलीमा लेखिएको छ।”

सौरभ र अनुष्का, सिद्धार्थ र सुजातालाई बाइबलको कुरा सिकाउँछन्‌

सिद्धार्थ र सुजाता त्यो किताब पढ्‌न उत्सुक हुन्छन्‌। तिनीहरू सौरभले भनेका सबै कुराबारे अझ सिक्ने अनि ती कुरा सही हुन्‌ कि होइनन्‌ पक्का गर्ने पर्खाइमा बस्छन्‌। आफूहरूलाई शान्ति र आनन्दको बाटो भेट्टाउन स्वेच्छाले मदत गरेकोमा सिद्धार्थ र सुजाता सौरभ र अनुष्काप्रति कृतज्ञ हुन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने