प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lf प्रश्‍न ५ पृ. ३०-३१
  • के बाइबलमा विश्‍वास गर्नु व्यावहारिक छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबलमा विश्‍वास गर्नु व्यावहारिक छ?
  • जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
  • मिल्दोजुल्दो सामग्री
  • विकासवादी सिद्धान्त पुर्पक्षमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न तयार नभएकाहरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?
    ब्यूँझनुहोस्‌!—२००६
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
lf प्रश्‍न ५ पृ. ३०-३१

प्रश्‍न ५

के बाइबलमा विश्‍वास गर्नु व्यावहारिक छ?

के तपाईँले कुनै व्यक्‍तिको विषयमा गलत कुरा सुन्‍नुभएको छ? सायद कसैले तिनीबारे कुरा गरिरहेको अथवा तिनको भनाइ बताइरहेको तपाईँले सुन्‍नुभयो होला। पछि तपाईँले पनि तिनीबारे गलत धारणा राख्नुभयो होला। तर तिनलाई राम्ररी चिनेपछि त तिनीबारे गलत कुरा फैलाइएको रहेछ भनेर थाह पाउनुभयो। थुप्रैले बाइबलबारे पनि यस्तै अनुभव गरेका छन्‌।

पढेलेखेका धेरै मानिसहरूसमेत बाइबलबारे गलत धारणा राख्छन्‌। के तपाईँलाई यसको कारण थाह छ? बाइबललाई अक्सर अव्यावहारिक, अवैज्ञानिक र झूटो किताबको रूपमा प्रचारप्रसार गरिएको छ। बाइबललाई गलत तरिकामा प्रस्तुत गरिएको पो हो कि?

यो पुस्तिका पढ्‌दै जानुहुँदा बाइबलमा भनिएका कुराहरू वैज्ञानिक रूपमा सही रहेछन्‌ भनेर थाह पाएर छक्क पर्नुभयो कि? थुप्रै मानिस छक्क परेका छन्‌। यति मात्र होइन, धेरैजसो धर्मले बाइबलले सिकाउँदै नसिकाएको कुरालाई बाइबलको शिक्षा भनेर भ्रम फैलाएको छ। तर बाइबलले त्यसो भनेको रहेनछ भनेर थाह पाउँदा थुप्रै मानिस अचम्ममा परेका छन्‌। उदाहरणको लागि, कसै-कसैले परमेश्‍वरले छ दिनमा (एक दिन बराबर २४ घण्टा) यो ब्रह्‍माण्ड बनाउनुभयो भनी बाइबलले सिकाउँछ भन्छन्‌। वास्तवमा यस ब्रह्‍माण्डको उत्पत्तिबारे वैज्ञानिकहरूको अनुमानसँग बाझिने कुनै पनि कुरा बाइबलले बताएको छैन।a

साथै परमेश्‍वरले यस पृथ्वीमा कसरी जीवनको सुरुवात गर्नुभयो भनेर बाइबलमा छोटकरीमा बताइएको छ। तर यति जानकारी नै वैज्ञानिकहरूका लागि विभिन्‍न खोज-अनुसन्धान गर्न काफी छ। बाइबलमा परमेश्‍वरले सबै जीव सृष्टि गर्नुभयो र सबै जीवजीवात्‌लाई “जातजात”-अनुसार बनाउनुभयो भनिएको छ। (उत्पत्ति १:११, २१, २४) यो कुरा कुनै-कुनै वैज्ञानिक सिद्धान्तसित मेल नखाला तर प्रमाणित भइसकेको वैज्ञानिक तथ्यसित भने मेल खान्छ। भन्‍ने हो भने, विज्ञानका सिद्धान्तहरू आउँछन्‌, जान्छन्‌ तर तथ्य भने कहिल्यै परिवर्तन हुँदैन।

तर थुप्रै मानिस बाइबलबारे खोज-अनुसन्धान गर्न चाहँदैनन्‌ किनकि तिनीहरू धर्मको कारण वाक्क भएका छन्‌। तिनीहरूले धार्मिक सङ्‌गठनहरूको कपट र भ्रष्टाचार देखेका छन्‌ अनि ती सङ्‌गठनहरूले युद्ध मच्चाउन सघाउ पुऱ्‍याएको पनि देखेका छन्‌। तर बाइबलअनुसार चल्छु भनी दाबी गर्ने कसै-कसैको आचरणको आधारमा बाइबलबारे गलत धारणा राख्नु उचित होला र? कुनै-कुनै कट्टरपन्थीहरूले क्रमविकासको सिद्धान्तलाई आधार बनाएर आफ्नो जातिलाई उच्च बनाउन खोजेको देख्दा असल मनसाय भएका थुप्रै वैज्ञानिकलाई असाध्यै दुःख लागेको छ। तर के त्यसकै आधारमा क्रमविकासको सिद्धान्तलाई झूटो साबित गर्न मिल्छ र? त्यो सिद्धान्तले दाबी गरेको कुरालाई खोज-अनुसन्धान गरेर त्यसलाई उपलब्ध प्रमाणसित तुलना गरेर हेर्नु नै बुद्धिमानी कुरा हुन्छ नि, होइन र?

एउटी युवती बाइबल पढ्‌दै

बाइबलबारे पनि त्यसै गर्न हामी तपाईँहरूलाई आग्रह गर्छौँ। थुप्रै धार्मिक सङ्‌गठनले सिकाउने शिक्षाभन्दा बाइबलले सिकाउने कुरा बिलकुलै फरक रहेछ भन्‍ने कुरा थाह पाउँदा तपाईँ छक्कै पर्नुहुनेछ। युद्ध वा जातीय हिंसालाई प्रोत्साहन दिनुको सट्टा बाइबलले परमेश्‍वरका सेवकहरू युद्धबाट अनि त्यसतर्फ उन्मुख गर्ने घृणाबाट समेत अलग बस्नुपर्छ भनेर सिकाउँछ। (यसैया २:२-४; मत्ति ५:४३, ४४; २६:५२) बाइबलले कट्टरपन्थी विचारधारा र अन्धविश्‍वासलाई बढावा दिँदैन। बरु यसले कुनै कुरामा विश्‍वास गर्न प्रमाण चाहिन्छ र परमेश्‍वरको सेवा गर्न सोचविचार गर्ने क्षमता चलाउनुपर्छ भनेर सिकाउँछ। (रोमी १२:१; हिब्रू ११:१) जिज्ञासाहरूलाई मनमै दबाएर राख्नुको सट्टा मनमा उठ्‌ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ खोज्न बाइबल हामीलाई प्रोत्साहन दिन्छ।

उदाहरणको लागि, के तपाईँलाई कहिल्यै यस्तो लागेको छ, ‘यदि ईश्‍वर हुनुहुन्छ भने उहाँले खराब कुराहरू किन रोक्नुभएको छैन?’ बाइबलले यो र अरू थुप्रै प्रश्‍नको चित्तबुझ्दो जवाफ दिएको छ।b हामी तपाईँलाई सत्यको खोजी गरिरहन आग्रह गर्छौँ। तपाईँले ठोस प्रमाणमा आधारित मन छुने र तर्कसङ्‌गत जवाफ भेट्टाउन सक्नुहुन्छ। किनकि बाइबल आफसेआफ अस्तित्वमा आएको किताब होइन।

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित जीवन सृष्टि कि संयोग? भन्‍ने शीर्षक भएको पुस्तिका हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने