प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rr पृ. १०
  • १क उपासना भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १क उपासना भनेको के हो?
  • यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • सेवा गर्न पाएकोमा मसीहीहरू आनन्दित छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • परमेश्‍वरले कसको उपासना स्वीकार्नुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
rr पृ. १०
शुद्ध उपासना किताब पढ्‌दै

शिक्षण पेटी १क

उपासना भनेको के हो?

उपासना शब्दको अर्थ “परमेश्‍वरलाई आदर र प्रेम गरेको देखाउनु” हो भन्‍न सकिन्छ। बाइबलमा “उपासना” भनेर अनुवाद गरिएको मूल भाषाका शब्दहरूले कसैलाई गहिरो आदर गर्नु वा कसैको अधीनमा बस्नुलाई पनि बुझाउन सक्छ। (मत्ति २८:९) ती शब्दहरूले परमेश्‍वर वा कुनै देवीदेवताको लागि गरिने धार्मिक क्रियाकलापलाई पनि बुझाउन सक्छ। (युह. ४:२३, २४) प्रसङ्‌गअनुसार ती शब्दहरूको अर्थ फरक-फरक हुन्छ।

ब्रह्‍माण्डका मालिक, हाम्रा सृष्टिकर्ता यहोवा मात्र हाम्रो भक्‍तिको योग्य हुनुहुन्छ। (प्रका. ४:१०, ११) यहोवाको सार्वभौमिकताप्रति आदरभाव प्रकट गरेर अनि उहाँको नामको प्रशंसा गरेर हामी उहाँको उपासना गर्छौँ। (भज. ८६:९; मत्ति ६:९, १०) इजकिएलको किताबमा जोड दिइएको मुख्य दुई वटा विषय यहोवाको सार्वभौमिकता र उहाँको नाम हुन्‌। इजकिएलको किताबमा “ब्रह्‍माण्डका मालिक यहोवा” भन्‍ने अभिव्यक्‍ति लगभग २१७ पटक अनि “म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ” भन्‍ने अभिव्यक्‍ति र यसकै अन्य रूप लगभग ५५ पटक प्रयोग गरिएको छ।—इज. २:४; ६:७.

तर हाम्रो उपासना भावनामा मात्र सीमित हुनु हुँदैन; साँचो उपासना हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। (याकु. २:२६) यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्दा हामीले आफ्नो जीवनको हरेक क्षेत्रमा उहाँलाई ब्रह्‍माण्डको मालिक स्विकारेर उहाँको आज्ञा पालन गर्छौँ र उहाँको नामलाई मनैदेखि आदर गर्छौँ भन्‍ने वाचा बाँध्छौँ। याद गर्नुहोस्‌, सैतानले तेस्रो पटक ल्याएको प्रलोभनको जवाफ दिनुहुँदा येसुले उपासनालाई “पवित्र सेवा”-सित जोड्‌नुभयो। (मत्ति ४:१०) यहोवा परमेश्‍वरको उपासक भएकोले हामी उहाँको सेवा गर्न इच्छुक छौँ।a (व्यव. १०:१२) हाम्रा परमेश्‍वरलाई पवित्र सेवा चढाउन हामीले उहाँको उपासनासित सीधै सम्बन्धित गतिविधिहरूमा भाग लिनुपर्छ, जसको लागि हामीले आत्मत्यागी मनोभाव देखाउनुपर्ने हुन्छ। ती कस्ता गतिविधिहरू हुन्‌?

सभामा टिप्पणी दिँदै; अधिवेशन स्थल सफा गर्दै

हामी विभिन्‍न तरिकामा परमेश्‍वरलाई पवित्र सेवा चढाउन सक्छौँ र ती सबै यहोवा परमेश्‍वरको नजरमा अनमोल छन्‌। अरूलाई साक्षी दिएर, राज्यभवनमा हुने सभाहरूमा भाग लिएर, हाम्रो सभा हुने ठाउँको स्याहारसम्भार गरेर र निर्माणकार्यमा भाग लिएर हामी पवित्र सेवा चढाउँछौँ। साथै पारिवारिक उपासना गरेर, खाँचोमा परेका दाजुभाइ दिदीबहिनीको निम्ति राहत कार्यमा भाग लिएर, अधिवेशनमा स्वयम्‌सेवा गरेर अनि बेथेल सेवा गरेर पनि हामी पवित्र सेवा चढाउँछौँ। (हिब्रू १३:१६; याकु. १:२७) हाम्रो दिमाग र हृदयमा शुद्ध उपासनाले प्रमुख स्थान पाएको छ भने हामी “दिनरात . . . पवित्र सेवा” चढाउँछौँ। हाम्रा परमेश्‍वर यहोवाको उपासना गर्न पाउँदा हामी असाध्यै रमाउँछौँ।—प्रका. ७:१५.

अध्याय १ को अनुच्छेद ९ मा फर्कनुहोस्‌

a उपासना भन्‍ने अर्थ दिने एउटा हिब्रू शब्दको अर्थ सेवा गर्नु पनि हो। त्यसैले उपासनामा सेवा पनि समावेश छ भन्‍न सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने