प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ १९ बुँदा १-६
  • के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • साँचो ख्रिष्टियनहरूलाई कसरी चिन्‍न सकिन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • परमेश्‍वरलाई सत्यतामा उपासना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ १९ बुँदा १-६
पाठ १९. यहोवाका साक्षीहरू सभाभवनबाहिर एकअर्कासित कुराकानी गर्छन्‌।

पाठ १९

के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

हामी यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हौँ भनेर विश्‍वास गर्छौँ। किन? यसको जवाफ पाउन हाम्रो विश्‍वासको आधार, हामीलाई चिनाउने नाम र हामीले एकअर्कालाई देखाउने प्रेमबारे विचार गर्नुहोस्‌।

१. यहोवाका साक्षीहरूको विश्‍वासको आधार के हो?

येसुले भन्‍नुभयो: “परमेश्‍वरको वचन सत्य हो।” (युहन्‍ना १७:१७) येसुको जस्तै यहोवाका साक्षीहरूको विश्‍वासको आधार पनि परमेश्‍वरको वचन नै हो। उदाहरणको लागि, यहोवाका साक्षीहरूको आधुनिक इतिहासबारे विचार गर्नुहोस्‌। सुरुसुरुमा तिनीहरू बाइबल विद्यार्थी भनेर चिनिन्थे। इस्वी संवत्‌ १८७० तिर यस समूहले बाइबलले वास्तवमा के सिकाउँछ भनेर थाह पाउन बाइबलको गहिरो अध्ययन गर्न थाल्यो। तिनीहरूले बाइबलबाट जे सिके, त्यो चर्चको शिक्षाभन्दा फरक थियो। तैपनि तिनीहरूले बाइबलको शिक्षालाई आफ्नो विश्‍वासको आधार बनाए। त्यसपछि तिनीहरूले बाइबलको सत्य अरूलाई बताउन थाले।a

२. हामी किन आफूलाई यहोवाको साक्षी भन्छौँ?

यहोवा आफ्ना उपासकहरूलाई उहाँका साक्षीहरू भन्‍नुहुन्छ किनभने तिनीहरू उहाँबारे सत्य कुरा बताउँछन्‌। (हिब्रू ११:४–१२:१) उदाहरणको लागि, परमेश्‍वरले प्राचीन समयका आफ्ना सेवकहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू मेरा साक्षी हौ।” (यसैया ४३:१० पढ्‌नुहोस्‌।) येसुलाई “विश्‍वासयोग्य साक्षी” भनिएको छ। (प्रकाश १:५) त्यसैले इस्वी संवत्‌ १९३१ मा हामीले यहोवाका साक्षीहरू भन्‍ने नाम अपनायौँ। यो नाम बहन गर्न पाएकोमा हामी गर्व गर्छौँ।

३. यहोवाका साक्षीहरू कसरी येसुको प्रेमको अनुकरण गर्छन्‌?

येसुले आफ्ना चेलाहरूलाई असाध्यै प्रेम गर्नुहुने भएकोले तिनीहरू उहाँको लागि परिवार जस्तै थिए। (मर्कुस ३:३५ पढ्‌नुहोस्‌।) त्यसैगरि, संसारभरिका यहोवाका साक्षीहरू एउटा एकताबद्ध परिवारका भाग हुन्‌। त्यसैले हामी एकअर्कालाई भाइ वा बहिनी भनेर सम्बोधन गर्छौँ। (फिलेमोन १, २) हामी यो आज्ञा पनि पालन गर्छौँ: “सबै भाइहरूलाई प्रेम गर।” (१ पत्रुस २:१७) यहोवाका साक्षीहरू विभिन्‍न तरिकामा एकअर्कालाई यस्तो प्रेम गरेको देखाउँछन्‌। जस्तै: हामी संसारको जुनसुकै कुनामा बस्ने सङ्‌गी उपासकहरू खाँचोमा पर्दा मदत गर्न अघि सर्छौँ।

अझ खोतल्नुहोस्‌

यहोवाका साक्षीहरूको इतिहास केलाउनुहोस्‌। साथै हामी साँचो ख्रिष्टियन हौँ भन्‍ने कुराको थप प्रमाण पाउनुहोस्‌।

चित्रहरूको सँगालो: यहोवाका साक्षीहरू सुसमाचार सुनाउँदै छन्‌। १. एक जना बहिनी एउटी स्त्रीलाई बाइबलको पद पढेर सुनाउँछिन्‌ अनि छलफल गर्छिन्‌। २. एक जना भाइ सार्वजनिक साक्षीकार्यको ट्रलीनजिकै उभिएर एक जना मानिसलाई बाइबलको सत्यबारे बताउँछन्‌।

साँचो ख्रिष्टियनहरूको विश्‍वासको आधार बाइबल हो अनि तिनीहरू आफ्नो विश्‍वासबारे अरूलाई बताउँछन्‌

४. हाम्रो विश्‍वासको आधार बाइबल हो

बाइबलको सत्य प्रकट हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो। दानिएल १२:४ र फुटनोट पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • परमेश्‍वरका सेवकहरूले बाइबलको अध्ययन गर्दै जाँदा तिनीहरूमाझ के “प्रशस्त” हुने थियो?

चार्ल्स रसल र अरू केही बाइबल विद्यार्थी मिलेर बनेको एउटा समूहले कसरी परमेश्‍वरको वचनको अध्ययन गऱ्‍यो, थाह पाउनुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: बाइबल सत्यको फेरि खोजी गर्न थालियो (७:४५)

  • भिडियोमा देखाइएका चार्ल्स रसल र अरू बाइबल विद्यार्थीले कसरी बाइबलको अध्ययन गर्नुहुन्थ्यो?

के तपाईँलाई थाह थियो?

कहिलेकाहीँ हामीले बाइबलसम्बन्धी कुनै-कुनै बुझाइमा छाँटकाँट गरेका छौँ। किन? जसरी घाम चहकिलो हुँदै गएपछि दृश्‍य बिस्तारै प्रस्ट हुँदै जान्छ, त्यसरी नै परमेश्‍वरले पनि हामीलाई बिस्तारै-बिस्तारै उहाँको वचनको सत्य बुझ्न मदत गर्नुहुन्छ। (हितोपदेश ४:१८ पढ्‌नुहोस्‌।) हो, बाइबलको सत्य कहिल्यै परिवर्तन हुँदैन तर बाइबलको कुरा प्रस्ट हुँदै जाँदा हामी आफ्नो बुझाइमा छाँटकाँट गर्छौँ।

५. हामी आफ्नो नामअनुसार चल्छौँ

हामीले किन यहोवाका साक्षीहरू भन्‍ने नाम अपनायौँ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: हामीलाई चिनाउने एउटा नाम (२:४०)

  • हामीलाई यहोवाका साक्षीहरू भन्‍नु किन उपयुक्‍त छ?

यहोवाले किन मानिसहरूलाई उहाँका साक्षीहरू हुन रोज्नुभयो? किनभने उहाँबारे थुप्रै झूट फैलाइएकोले तिनीहरूले उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर साक्षी दिने थिए। तीमध्ये दुइटा झूट विचार गर्नुहोस्‌:

केही धर्मले आफ्ना सदस्यहरूलाई परमेश्‍वर मूर्ति प्रयोग गरेर उहाँको उपासना गरेको चाहनुहुन्छ भनेर सिकाउँछन्‌। के बाइबलले पनि त्यस्तै सिकाउँछ? लेवी २६:१ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस पदले कुन सत्यलाई प्रस्ट पार्छ? मूर्ति बनाउनु र त्यसको उपासना गर्नु परमेश्‍वरलाई कस्तो लाग्छ?

केही धर्मगुरुले येसु नै परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँछन्‌। के बाइबलले पनि त्यस्तै सिकाउँछ? युहन्‍ना २०:१७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस पदले कुन सत्यलाई प्रस्ट पार्छ? के परमेश्‍वर र येसु एउटै व्यक्‍ति हुनुहुन्छ?

  • यहोवाले आफूबारे र आफ्नो छोराबारे सत्य बताउन आफ्ना साक्षीहरूलाई खटाउनुभएको छ भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

६. हामी एकअर्कालाई प्रेम गर्छौँ

बाइबलले ख्रिष्टियनहरूलाई शरीरका विभिन्‍न अङ्‌गसित तुलना गर्छ। पहिलो कोरिन्थी १२:२५, २६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • सङ्‌गी ख्रिष्टियनहरूले दुःख भोगेको देख्दा साँचो ख्रिष्टियनहरूले के गर्नुपर्छ?

  • तपाईँले यहोवाका साक्षीहरूमाझ कस्तो प्रेम देख्नुभएको छ?

जुनसुकै ठाउँका यहोवाका साक्षीहरूले दुःख भोग्दा विश्‍वभरिका यहोवाका साक्षीहरू मदत गर्न तुरुन्तै अघि सर्छन्‌। यसको एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌। त्यसपछि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: हाइटीमा आएको आँधीबेहरी म्याथ्यु (५:२९)

  • यहोवाका साक्षीहरूले गर्ने राहतकार्यलाई किन तिनीहरूको प्रेमको प्रमाण भन्‍न सकिन्छ?

दुई जना साक्षीले भर्खरै प्राकृतिक प्रकोपको चपेटामा परेकी एउटी आमा र तिनको छोरालाई मदत गर्दै छन्‌। ती साक्षीहरू तिनीहरूलाई न्यानो बनाउन खास्टो ओढाइदिँदै छन्‌ र पिउनको लागि सफा पानी दिँदै छन्‌।

साँचो ख्रिष्टियनहरू खाँचोमा परेकाहरूलाई मदत गरेर प्रेम गरेको देखाउँछन्‌

कोही-कोही भन्छन्‌: “यहोवाका साक्षीहरू भनेको एउटा नयाँ धर्म मात्र हो।”

  • यहोवाले कहिलेदेखि आफ्ना उपासकहरूलाई साक्षीहरू भन्‍न थाल्नुभयो?

सारांश

यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌। हामी यहोवाका उपासकहरू मिलेर बनेको विश्‍वव्यापी परिवारका भाग हौँ। हाम्रो विश्‍वासको आधार बाइबल हो अनि हामी अरूलाई यहोवाबारे सत्य कुरा बताउँछौँ।

तपाईँले के सिक्नुभयो?

  • हामीले किन यहोवाका साक्षीहरू भन्‍ने नाम अपनायौँ?

  • हामी एकअर्कालाई प्रेम गरेको कसरी देखाउँछौँ?

  • के तपाईँलाई यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌ जस्तो लाग्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

हाम्रो इतिहासबारे अझ धेरै थाह पाउनुहोस्‌।

यहोवाका साक्षीहरू—विश्‍वास कामद्वारा देखाउँछन्‌—भाग १: अन्धकारबाट मुक्‍त (१:००:५३)

यहोवाका साक्षीहरूले कसरी झूटा शिक्षाहरूको पर्दाफास गरे, त्यसको एउटा उदाहरण हेर्नुहोस्‌।

परमेश्‍वरका जनहरू उहाँको नामको महिमा गर्छन्‌ (७:०८)

यहोवाका साक्षीहरूबारे तपाईँको मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउनुहोस्‌।

“यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू” (jw.org को पृष्ठ)

स्टिभन अर्को जातिका मानिसहरूलाई घृणा गर्थे। त्यसैले तिनीहरूलाई कुटपिटसमेत गर्थे। यहोवाका साक्षीहरूमाझ देखेको कुन कुराले तिनलाई परिवर्तनहरू गर्न मदत गऱ्‍यो, पढ्‌नुहोस्‌।

“मेरो जीवन झन्‌झन्‌ खस्कँदै थियो” (प्रहरीधरहरा, जुलाई १, २०१५)

a हाम्रो प्रमुख पत्रिका प्रहरीधरहरा-ले इस्वी संवत्‌ १८७९ देखि बाइबलको सत्य निरन्तर प्रकाशित गर्दै आएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने