प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ ४२ बुँदा १-७
  • अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ ४२ बुँदा १-७
पाठ ४२. एउटी अविवाहित बहिनी र एक विवाहित दम्पती क्याफेमा रमाइलो कुराकानी गर्दै छन्‌।

पाठ ४२

बाइबलले अविवाहित रहने र विवाह गर्ने विषयमा के भन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

कुनै-कुनै समाजमा मानिस सुखी हुन विवाह गर्नै पर्छ भन्‍ने धारणा व्याप्त छ। तर वास्तवमा विवाह गरेका सबै जना सुखी छन्‌ अनि अविवाहित रहेका सबै जना दुःखी छन्‌ भन्‍ने होइन। बाइबलमा अविवाहित रहनु र विवाह गर्नु दुवैलाई वरदान भनिएको छ।

१. अविवाहित रहनुका केही फाइदा के-के हुन्‌?

बाइबलले भन्छ: “विवाह गर्नेले . . . असलै गर्छ। तर जसले विवाह गर्दैन, उसले झनै असल गर्छ।” (१ कोरिन्थी ७:३२, ३३, ३८ पढ्‌नुहोस्‌।) अविवाहित व्यक्‍तिले कुन-कुन तरिकामा “झनै असल” गर्न सक्छ? अविवाहित ख्रिष्टियनहरूले पति वा पत्नीको हेरचाह गर्नु पर्दैन। त्यसैले साधारणतया तिनीहरूसित धेरै स्वतन्त्रता हुन्छ। कसै-कसैले नयाँ-नयाँ तरिकामा सेवाको काम विस्तार गर्न सक्छन्‌। जस्तै: अर्कै देशमा गएर त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाउने। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले यहोवासित नजिक हुन धेरै समय बिताउन सक्छन्‌।

२. कानुनी रूपमा विवाह गर्नुका केही फाइदा के-के हुन्‌?

अविवाहित रहनुका फाइदाहरू भएझैँ विवाह गर्नुका पनि आफ्नै फाइदाहरू छन्‌। बाइबलले “एकभन्दा दुई असल हो” भन्छ। (उपदेशक ४:९) यो विशेषगरि बाइबलका सिद्धान्तहरूअनुसार वैवाहिक जीवन बिताउने ख्रिष्टियनहरूको सन्दर्भमा लागू हुन्छ। कानुनी रूपमा विवाह गर्ने दम्पतीहरूले एकअर्कालाई प्रेम, आदर र कदर गर्ने वाचा गर्छन्‌। यसकारण तिनीहरू विवाह नगरी सँगै बस्ने जोडीहरूभन्दा अक्सर सुरक्षित महसुस गर्छन्‌। तिनीहरूका छोराछोरीले पनि सुरक्षित महसुस गर्छन्‌।

३. यहोवाले विवाहप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

यहोवाले पहिलो विवाह गराइदिनुहुँदा यसो भन्‍नुभयो: “पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ।” (उत्पत्ति २:२४) पति र पत्नीले बाँचुन्जेल एकअर्कालाई प्रेम गरेको अनि सँगै बसेको यहोवा चाहनुहुन्छ। उहाँले पति वा पत्नीले व्यभिचार गरेको खण्डमा मात्र सम्बन्धविच्छेद गर्ने अनुमति दिनुभएको छ। त्यस्तो अवस्थामा यहोवाले सम्बन्धविच्छेद गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार निर्दोष पति वा पत्नीलाई दिनुभएको छ।a (मत्ति १९:९) यहोवाले ख्रिष्टियनहरूलाई बहुविवाह गर्ने अनुमति दिनुभएको छैन।—१ तिमोथि ३:२.

अझ खोतल्नुहोस्‌

तपाईँ अविवाहित वा विवाहित भए पनि कसरी खुसी हुन सक्नुहुन्छ अनि यहोवालाई पनि खुसी बनाउन सक्नुहुन्छ, बुझ्नुहोस्‌।

४. अविवाहित रहने वरदानको सदुपयोग गर्नुहोस्‌

येसुले अविवाहित रहनुलाई एउटा वरदान भन्‍नुभयो। (मत्ति १९:११, १२) मत्ति ४:२३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • येसुले अविवाहित रहने वरदानलाई आफ्नो बुबाको सेवा गर्न र अरूलाई मदत गर्न कसरी प्रयोग गर्नुभयो?

ख्रिष्टियनहरूले आफ्नो अविवाहित अवस्थालाई येसुले जस्तै प्रयोग गरेर आनन्दित हुन सक्छन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: वफादार अविवाहित दाजुभाइ दिदीबहिनीहरू (३:११)

  • ख्रिष्टियनहरूले आफ्नो अविवाहित अवस्थालाई कसरी प्रयोग गर्दा आशिष्‌ पाउन सक्छन्‌?

के तपाईँलाई थाह थियो?

बाइबलमा विवाह गर्न कम्तीमा यति वर्ष पुगेको हुनुपर्छ भनेर तोकिएको छैन। तर यसले ‘बैँस पार गरिसकेपछि’ मात्र विवाह गर्न प्रोत्साहन दिन्छ। किनभने बैँसमा छँदा युवाहरूको यौनइच्छा अत्यन्तै तीव्र हुने भएकोले तिनीहरूलाई ठीकसित निर्णय गर्न गाह्रो हुन सक्छ।—१ कोरिन्थी ७:३६.

५. बुद्धिमानीपूर्वक आफ्नो जोडी छान्‍नुहोस्‌

विवाहको लागि जोडी छान्‍ने भनेको तपाईँले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णयहरूमध्ये एक हो। मत्ति १९:४-६, ९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • ख्रिष्टियनहरूले विवाह गर्न किन हतार गर्नु हुँदैन?

बाइबलले तपाईँलाई आफूले विवाह गर्न चाहेको व्यक्‍तिमा कस्ता गुण हुनुपर्छ भनेर बुझ्न मदत गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले यहोवालाई प्रेम गर्ने व्यक्‍ति रोज्नुपर्छ।b पहिलो कोरिन्थी ७:३९ र २ कोरिन्थी ६:१४ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • हामीले किन यहोवाको उपासकसित मात्र विवाह गर्नुपर्छ?

  • तपाईँको विचारमा हामीले यहोवालाई प्रेम नगर्ने व्यक्‍तिसित विवाह गर्ने निर्णय गऱ्‍यौँ भने उहाँलाई कस्तो लाग्नेछ?

काठको जुवामा नारिएका बलियो साँढे र सानो गधालाई गाह्रो भइरहेको छ।

दुई फरक जनावरलाई एउटै जुवामा नारियो भने दुवैलाई सास्ती हुन्छ। त्यसरी नै यहोवालाई प्रेम नगर्ने व्यक्‍तिसित विवाह गर्ने ख्रिष्टियनले थुप्रै समस्या भोग्छन्‌

६. विवाहप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

प्राचीन इस्राएल राष्ट्रमा केही पुरुषले आफ्नै स्वार्थी इच्छा पूरा गर्न पत्नीहरूसित सम्बन्धविच्छेद गरे। मलाकि २:१३, १४, १६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • आफ्नै स्वार्थी कारण देखाएर सम्बन्धविच्छेद गर्नुलाई यहोवा किन घृणा गर्नुहुन्छ?

मुटु छियाछिया भएकी एउटी आमा आफ्नो पति घर छोडेर गएको हेर्दै छिन्‌। निन्याउरो अनुहार लगाएकी छोरीले आमालाई अङ्‌गालो हाल्छिन्‌।

व्यभिचार र सम्बन्धविच्छेदले निर्दोष जोडी र छोराछोरीलाई ठूलो चोट पुऱ्‍याउँछ

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: विवाह—स्थायी बन्धन (४:३०)

  • तपाईँको पति वा पत्नीले यहोवाको उपासना गर्दैनन्‌ भने पनि आफ्नो वैवाहिक जीवन कसरी सफल बनाउन सक्नुहुन्छ?

७. विवाहसम्बन्धी यहोवाको स्तर पालन गर्नुहोस्‌

विवाहसम्बन्धी यहोवाको स्तर पालन गर्न निकै प्रयास गर्नुपर्ने हुन सक्छ।c तर यहोवाले यस्तो प्रयास गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ। भिडियो हेर्नुहोस्‌।

भिडियो: तपाईँ विवाहसम्बन्धी यहोवाको स्तर पालन गर्न सक्नुहुन्छ (४:१४)

हिब्रू १३:४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई विवाहसम्बन्धी यहोवाको स्तर असाध्यै कडा लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

ख्रिष्टियनहरूले आफ्नो विवाह र सम्बन्धविच्छेद कानुनी रूपमा दर्ता गरेको यहोवा चाहनुहुन्छ। धेरैजसो देशमा सरकारले यस्ता कुराहरू दर्ता गर्न लगाउँछ। तितस ३:१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ विवाहित हुनुहुन्छ भने के तपाईँको विवाह कानुनी रूपमा दर्ता गरिएको छ?

कसै-कसैले सोध्लान्‌: “सँगै बसे भइहाल्यो नि! विवाह नै किन गर्नुपऱ्‍यो र?”

  • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

सारांश

अविवाहित रहनु र विवाह गर्नु दुवै यहोवाका वरदान हुन्‌। अविवाहित होऊन्‌ वा विवाहित, सबैले यहोवाको इच्छाअनुरूप जीवन बिताउँदा आनन्द र सन्तुष्टि पाउन सक्छन्‌।

तपाईँले के सिक्नुभयो?

  • कुनै व्यक्‍तिले आफ्नो अविवाहित अवस्थाको कसरी सदुपयोग गर्न सक्छ?

  • बाइबलले हामीलाई किन यहोवाको उपासकसित मात्र विवाह गर्नू भन्छ?

  • सम्बन्धविच्छेद गर्ने सन्दर्भमा बाइबलमा बताइएको एक मात्र आधार के हो?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

“प्रभुको चेलासित मात्र” विवाह गर्नु भनेको के हो?

“पाठकहरूका प्रश्‍नहरू” (प्रहरीधरहरा, जुलाई १, २००४)

डेटिङ र विवाहबारे सही निर्णय गर्न मदत गर्ने दुई वटा छोटो भिडियो हेर्नुहोस्‌।

विवाहको लागि तयारी गर्ने (११:५३)

एक जना भाइलाई आफूले त्यागेको कुराभन्दा यहोवाले दिनुभएको कुरा अनमोल लाग्नुको कारण के हो, हेर्नुहोस्‌।

मेरो मनमा अझै पनि उसले बाइबलको कुरा स्विकार्ने आशा थियो (१:५६)

कुनै व्यक्‍तिले सम्बन्धविच्छेद गर्ने वा छुट्टिएर बस्ने विषयमा निर्णय गर्नुअघि कस्ता कुरा विचार गर्नुपर्छ?

“परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌” (प्रहरीधरहरा, डिसेम्बर २०१८)

a व्यभिचार नभएको अवस्थामा छुट्टिएर बस्ने विषयबारे बुझ्न नोट ४ हेर्नुहोस्‌।

b कुनै-कुनै समाजमा आमाबुबाले आफ्नो छोरा वा छोरीको लागि जोडी खोजिदिने चलन छ। यस्तो अवस्थामा मायालु आमाबुबाले सर्वप्रथम त्यस व्यक्‍तिले यहोवालाई प्रेम गर्छन्‌ कि गर्दैनन्‌ भनेर हेर्नुपर्छ, तिनको धनसम्पत्ति वा सामाजिक ओहदालाई होइन।

c अहिले तपाईँ विवाह नगरी कसैसित बस्दै हुनुहुन्छ भने त्यस व्यक्‍तिलाई छोड्‌ने कि विवाह गर्ने, त्यो नितान्त व्यक्‍तिगत निर्णय हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने