अन्तरधार्मिक उपासना
के धर्मकर्म गर्ने सबै मानिसले एउटै परमेश्वरको उपासना गर्छन्?
के यहोवाले फरक-फरक कुरा सिकाउने सबै धर्मलाई स्विकार्नुहुन्छ?
मत्ति ७:१३, १४; युह १७:३; एफि ४:४-६
सम्बन्धित बाइबल विवरण(हरू):
यहो २४:१५—यहोसुले इस्राएलीहरूलाई यहोवाको उपासना गर्ने कि अरू देवीदेवताको उपासना गर्ने भनेर रोज्न आग्रह गरे
१रा १८:१९-४०—यहोवाले भविष्यवक्ता एलियामार्फत उहाँका उपासकहरूले बाआल र अरू कुनै पनि देवीदेवताको उपासना गर्नु हुँदैन भनेर देखाउनुभयो
मानिसहरूले झूटा देवीदेवताको उपासना गर्दा यहोवालाई कस्तो लाग्छ?
यहोवाको उपासनामा झूटा रीतिथिति मिसाउँदा उहाँलाई कस्तो लाग्छ?
यसै १:१३-१५; १को १०:२०-२२; २को ६:१४, १५, १७
सम्बन्धित बाइबल विवरण(हरू):
प्रस्थ ३२:१-१०—इस्राएलीहरूको दबाबमा परेर हारुनले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई पुजेर “यहोवा परमेश्वरको निम्ति एउटा चाड” मनाए, जसले गर्दा उहाँ क्रोधित हुनुभयो
१रा १२:२६-३०—मानिसहरू यरुसलेमको मन्दिरमा नजाऊन् भनेर राजा यरोबामले यहोवाको प्रतीकस्वरूप मूर्तिहरू बनाए र मानिसहरूले त्यसलाई पुजेर पाप गरे
अरू देवीदेवताको उपासना गर्ने मानिसहरूबाट अलग रहन यहोवाले इस्राएलीहरूलाई कसरी सिकाउनुभयो?
आफ्ना उपासकहरूले झूटा रीतिथितिमा भाग लिँदा यहोवाले के गर्नुभयो?
न्या १०:६, ७; भज १०६:३५-४०; यर्मि ४४:२, ३
सम्बन्धित बाइबल विवरण(हरू):
१रा ११:१-९—राजा सुलेमानले विदेशी पत्नीहरूको दबाबमा परेर अरू देवीदेवताको उपासना गरे र तिनका प्रजाहरूले पनि त्यसै गरे, जसको कारण यहोवा रिसाउनुभयो
भज ७८:४०, ४१, ५५-६२—इस्राएलीहरूले विद्रोह र मूर्तिपूजा गरेकोले यहोवा दुःखी हुनुभयो र तिनीहरूलाई त्याग्नुभयो भनेर आसापले बताए
के येसुले परमेश्वरको वचनसित बाझिने धार्मिक शिक्षाहरूलाई समर्थन गर्नुभयो?
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति १६:६, १२—येसुले फरिसीहरू र सदुकीहरूको शिक्षालाई खमिरसित तुलना गर्नुभयो किनकि झूटा शिक्षाहरू तुरुन्तै फैलिन्छ र त्यसले यहोवासितको सम्बन्धलाई बिगार्छ
मत्ति २३:५-७, २३-३३—येसुले गलत शिक्षा सिकाउने कपटी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार्नुभयो
मर्कु ७:५-९—येसुले शास्त्रीहरू र फरिसीहरूले परमेश्वरको वचनलाई भन्दा मानव परम्परालाई बढी महत्त्व दिइरहेको कुरा उदाङ्ग पारिदिनुभयो
के येसु आफ्ना अनुयायीहरूले विभिन्न धार्मिक गुट बनाएको चाहनुहुन्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
युह १५:४, ५—येसुले आफ्ना अनुयायीहरू उहाँसित र एकअर्कासित एकतामा रहनुपर्छ भनेर बुझाउन अङ्गुरको बोटको उदाहरण चलाउनुभयो
युह १७:१, ६, ११, २०-२३—येसुले प्रेषितहरूसित बिताउनुभएको अन्तिम रातमा आफ्ना सबै साँचो अनुयायी एकतामा रहून् भनेर प्रार्थना गर्नुभयो
के प्रथम शताब्दीको विभिन्न ख्रिष्टियन मण्डलीहरूमा एउटै शिक्षा सिकाइन्थ्यो र एउटै तरिकामा यहोवाको उपासना गरिन्थ्यो?
सम्बन्धित बाइबल विवरण(हरू):
प्रे ११:२०-२३, २५, २६—एन्टिओक र यरुसलेमका मण्डलीहरूले एकतामा रहेर काम गरे
रोमी १५:२५, २६; २को ८:१-७—प्रथम शताब्दीका थुप्रै मण्डलीले राहतकार्यको लागि उदार भई दान दिए र यसबाट प्रेमले मण्डलीहरूलाई एकतामा बाँध्छ भनेर प्रमाणित भयो
के परमेश्वरले येसुमाथि विश्वास गरेको दाबी गर्ने सबै धर्मलाई स्विकार्नुहुन्छ?
के कुनै ख्रिष्टियनले ख्रिष्ट र उहाँका प्रेषितहरूको शिक्षा स्विकार्दैनन् भने तिनको उपासना ग्रहणयोग्य हुन्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति १३:२४-३०, ३६-४३—येसुले झूटा ख्रिष्टियनहरूलाई सामासित तुलना गर्नुभयो र मण्डलीमा थुप्रै झूटा ख्रिष्टियन देखा पर्ने भएकोले केही समयको लागि साँचो ख्रिष्टियनहरू ओझेलमा पर्नेछन् भन्नुभयो
१यु २:१८, १९—वृद्ध भइसकेका प्रेषित युहन्नाले प्रथम शताब्दीको अन्तसम्ममा थुप्रै ख्रिष्ट-विरोधी देखा परिसकेको कुरा बताए