प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. २७-२९
  • काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • काम
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. २७-२९

काम

काम र आनन्दबीच कस्तो सम्बन्ध छ?

उप २:२४; ३:१३, २२; यसै ६५:२२

गुणस्तरीय काम गर्न सिक्नुका केही फाइदा के-के हुन्‌?

हित २२:२९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १६:१६-२३​—वीणा बजाउन सिपालु दाउद इस्राएलका राजा साउलको मन बेचैन हुँदा वीणा बजाउँथे अनि त्यो धुन सुनेर साउलको मन शान्त हुन्थ्यो

    • २इ २:१३, १४​—हिराम-अबि निपुण शिल्पकार भएकोले राजा सुलेमानले तिनलाई एउटा ठूलो निर्माण परियोजनामा प्रयोग गरे

यहोवाका सेवकहरू कस्तो कामदारको रूपमा चिनिन चाहन्छन्‌?

एफि ४:२८; कल ३:२३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २४:१०-२१​—मदतकारी र मेहनती रिबेकाले अब्राहामको नोकरले अह्राएको भन्दा धेरै काम गरिदिइन्‌

    • फिलि २:१९-२३​—प्रेषित पावलले जवान तिमोथिलाई गहन जिम्मेवारी सुम्पे किनकि तिनी कडा मेहनत गर्न र नम्र भई अरूको सेवा गर्न इच्छुक थिए

परमेश्‍वरका सेवकहरू किन अल्छी हुनु हुँदैन?

हित १३:४; १८:९; २१:२५, २६; उप १०:१८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • हित ६:६-११​—राजा सुलेमानले अल्छी नभई मेहनती हुनुपर्ने पाठ सिकाउन कमिलाको उदाहरण चलाए

हामीले आफ्नो भौतिक आवश्‍यकता पूरा गर्न किन कडा मेहनत गर्नुपर्छ?

२थि ३:१०-१२; १ति ५:१८

हामीले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न किन कडा मेहनत गर्नुपर्छ?

१ति ५:८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • रुथ १:१६, १७; २:२, ३, ६, ७, १७, १८​—जवान छँदै विधवा भएकी रुथले आफ्नी सासू नाओमीको हेरविचार गर्न मेहनत गरिन्‌

    • मत्ति १५:४-९​—येसुले परमेश्‍वरको सेवालाई आड बनाएर आमाबुबाको हेरविचार गर्नुपर्ने जिम्मेवारीबाट पन्छिन खोज्नेहरूलाई हप्काउनुभयो

ख्रिष्टियनहरू आफ्नो मेहनतको कमाइ अरूसित बाँडचुँड गर्न किन इच्छुक हुनुपर्छ?

रोमी १२:१३; २को ८:१-४; ९:५, ७, ११; १ति ६:१७, १८

पैसा कमाउनेबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

हित ३०:८; २थि ३:१२; १ति ६:६-१०; हिब्रू १३:५

यहोवा हामीलाई आफ्नो काम राम्ररी गर्न र भौतिक आवश्‍यकता पूरा गर्न मदत दिन चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

मत्ति ६:२५, ३०-३२; लुका ११:२, ३; २को ९:१०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३१:३-१३​—लाबानले आफ्नो ज्वाइँ र कामदार याकुबसित अन्यायपूर्ण व्यवहार गरे तर यहोवाले याकुबको कडा मेहनत देख्नुभयो र आशिष्‌ दिनुभयो

    • उत्प ३९:१-६, २०-२३​—पोतिफरको घरमा दास छँदा र कैदमा छँदा युसुफले गरेको काममा यहोवाले आशिष्‌ दिनुभयो

हामीले किन परमेश्‍वरको सेवालाई भन्दा आफ्नो कामलाई बढी महत्त्व दिनु हुँदैन?

भज ३९:५-७; मत्ति ६:३३; युह ६:२७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका १२:१५-२१​—आध्यात्मिक धनसम्पत्तिलाई भन्दा भौतिक धनसम्पत्तिलाई पहिलो स्थानमा राख्नु मूर्खता हो भनेर बुझाउन येसुले उदाहरण दिनुभयो

    • १ति ६:१७-१९​—प्रेषित पावलले भौतिक रूपमा सम्पन्‍न ख्रिष्टियनहरूलाई अभिमानी नहुन बरु “असल काममा धनी” हुन प्रोत्साहन दिए

काम गर्ने सन्दर्भमा सही छनौट गर्न कस्ता सिद्धान्तहरूले मदत गर्छ?

  • प्रस्थ २०:४; प्रे १५:२९; एफि ४:२८; प्रका २१:८​—के यो काम गर्दा मैले परमेश्‍वरले निषेध गर्नुभएको गतिविधिमा भाग लिनुपर्छ?

  • प्रस्थ २१:२२-२४; यसै २:४; १को ६:९, १०; २को ७:१​—के यो काम गर्दा मैले परमेश्‍वरले निषेध गर्नुभएको कुरालाई समर्थन गरिरहेको हुन्छु र के यो काम गर्दा मेरो अन्तस्करणले मलाई घोच्छ?

  • रोमी १३:१-७; ति ३:१, २​—के यो काम गर्दा मैले देशको कुनै कानुन तोडिरहेको हुन्छु?

  • २को ६:१४-१६; प्रका १८:२, ४​—के यो काम गर्दा मैले झूटो धर्ममा भाग लिइरहेको वा त्यसलाई समर्थन गरिरहेको हुन्छु?

यहोवाको लागि गर्ने काम

ख्रिष्टियनहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण काम कुन हो?

मत्ति २८:१९, २०; लुका ९:२; २ति ४:२, ५

हामी किन यहोवालाई उत्तम सेवा चढाउन चाहन्छौँ?

लुका १३:२४; रोमी १२:११; १को १५:५८; हिब्रू ६:१०-१२

१ति ३:१ पनि हेर्नुहोस्‌

यहोवाको सेवामा सबैले बराबर गर्न सक्छन्‌ भनेर किन आशा गर्नु हुँदैन?

गला ६:३-५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २५:१४, १५​—येसुले चलाउनुभएको उदाहरणले उहाँ आफ्ना सबै अनुयायीले उत्तिकै सेवा गरेको आशा गर्नुहुन्‍न भनेर देखाउँछ

    • लुका २१:२-४​—येसुले एउटा गरिब विधवाले दिएको थोरै अनुदानको पनि निकै कदर गर्नुभयो

यहोवाको सेवामा आफूले पाएको जिम्मेवारी पूरा गर्न हामीलाई केले मदत गर्छ?

२को ४:७; एफि ३:२०, २१; फिलि ४:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २ति ४:१७—प्रेषित पावलले आफू कमजोर भएको बेला परमेश्‍वरबाट शक्‍ति पाएको महसुस गरे

हामी लगनशील भई यहोवाको सेवा गर्दा किन आनन्दित हुन्छौँ?

भज ४०:८; युह १३:१७; या १:२५

मत्ति २५:२३ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने