प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brw071201 पृ. ३२
  • “तपाईंले दिएको अनमोल उपहार”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईंले दिएको अनमोल उपहार”
  • सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
brw071201 पृ. ३२

“तपाईंले दिएको अनमोल उपहार”

आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुषa किताब पाएपछि बेल्जियमका भूतपूर्व प्रधानमन्त्रीले उपरोक्‍त कुरा भनेका थिए। तिनलाई छिमेकीले भेट्‌न आएको बेला महान पुरुष किताब दिएका रहेछन्‌। धन्यवाद दिंदै तिनले यस्तो चिठी लेखे: “तपाईं मलाई भेट्‌न आएकोले मेरो मनै छोयो। तपाईंले दिएको अनमोल उपहार, ‘महान पुरुष’ मा समर्पित किताब पाएर त म झनै प्रभावित भएँ।”

ती भूतपूर्व प्रधानमन्त्रीले त्यो किताब राम्ररी पढे र यस्तो निष्कर्षमा पुगे: “मानिसहरूले येशूबारे बाइबलमा लेखिएका कुरा राम्ररी पढेका भए र उहाँले सिकाएअनुसार जीवन बिताएका भए यो संसार कत्ति राम्रो हुन्थ्यो। हामीलाई संयुक्‍त राष्ट्र संघको सुरक्षा समिति नै चाहिने थिएन। आतंककारी हमलाहरू हुने थिएनन्‌। हिंसाको त नामोनिसानै रहने थिएन।” ती भूतपूर्व प्रधानमन्त्रीलाई त्यस्तो समय कहिल्यै आउला जस्तो नलागे तापनि आफूलाई भेट्‌न आउने छिमेकीको भने निकै प्रशंसा गरे।

त्यो चिठीमा अझै यस्तो लेखिएको थियो: “तपाईंहरू आशावादी पनि होइन, निराशावादी पनि होइन तर सुधारवादी मानिसहरू हुनुहुँदो रहेछ।”

यहोवा परमेश्‍वरले संसारलाई सुधार्नुहुन्छ मानिसले होइन भनेर यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। यहोवाका साक्षीहरू महान्‌ पुरुष येशू ख्रीष्टको अनुकरण गर्ने कोसिस गर्छन्‌। तपाईंको घरमा पनि हालसालै यहोवाका साक्षी आएका थिए कि? त्यसोभए तिनीहरूसित आजसम्म बाँचेका मध्ये सबैभन्दा महान्‌ पुरुषको बारेमा रमाइलो कुराकानी गर्नुहोस्‌। ती भूतपूर्व प्रधानमन्त्रीलाई एकदमै मन परेको किताब तिनीहरूले तपाईंलाई पनि दिनेछन्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने