प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ६/१ पृ. ३
  • नदेखेसम्म पत्याउन सकिंदैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नदेखेसम्म पत्याउन सकिंदैन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका देखिने गुणहरू
  • क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?
    ब्यूँझनुहोस्‌!—२००६
  • विश्‍वास
    ब्यूँझनुहोस्‌!—२०१६
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • केटाकेटी हो, आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ६/१ पृ. ३

नदेखेसम्म पत्याउन सकिंदैन

कसै-कसैको विचारमा “इसाई धर्मलगायत अन्य धर्मले सरोकार राख्ने परमेश्‍वर र भविष्य जस्ता विषयमा सच्चाइ थाह पाउनु असम्भव छ। कहिल्यै थाह पाउन सकिंदैन भन्‍न नमिले तापनि, जेहोस्‌ अहिलेको लागि भने असम्भव छ।”—दार्शनिक बर्ट्रान्ड रसेल, १९५३.

यस्तो सोचाइबारे व्याख्या गर्ने व्यक्‍ति जीवशास्त्री थोमस हक्स्ली थिए। सन्‌ १८२५ मा जन्मेका हक्स्ली, चार्ल्स डार्विनका समकालीन अनि क्रमविकासका शिक्षाका समर्थक थिए। सन्‌ १८६३ मा हक्स्लीले “इसाई धर्मले ठोकुवा गरेजस्तो हामीलाई माया गर्ने र चासो राख्ने” परमेश्‍वरको प्रमाण नभेट्टाएको कुरा लेखे।

ती प्रख्यात व्यक्‍तिहरूको विचारप्रति आज थुप्रैले सहमति जनाउने छन्‌ र भन्‍नेछन्‌, हामी आफूले देख्न सक्ने कुरामा मात्र विश्‍वास राख्न सक्छौं। तिनीहरूले भन्लान्‌, आफूले देख्दै नदेखेको व्यक्‍ति वा कुरामा विश्‍वास गर्नु मूर्खताबाहेक केही होइन।

परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुनै प्रमाण नभए तापनि उहाँमा हामीले विश्‍वास गर्नुपर्छ भनेर के बाइबलले बताउँछ? अहँ! बरु, बाइबलले प्रमाण नभएको कुरामा विश्‍वास गर्ने मानिसलाई बुद्धु अनि मूर्ख समेत भनेको छ। बाइबल भन्छ, “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।”—हितोपदेश १४:१५.

त्यसोभए परमेश्‍वरमाथिको विश्‍वासबारे के भन्‍न सकिन्छ? परमेश्‍वरले हामीलाई माया गर्नुहुन्छ र चासो राख्नुहुन्छ भन्‍ने कुरा त परै जाओस्‌, परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको के साँच्चै प्रमाण छ?

परमेश्‍वरका देखिने गुणहरू

बाइबल लेखक पावलले एथेन्सका बुद्धिजीवीहरूलाई “परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो” भनी बताए। तिनले आफ्ना श्रोता जो शंकालु थिए तिनीहरूलाई परमेश्‍वरले मानिसजातिको चासो राख्नुहुन्छ र “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न” भनी बताए।—प्रेरित १७:२४-२७.

परमेश्‍वर हुनुहुन्छ र आफ्नो मानव सृष्टिमा उहाँले चासो राख्नुहुन्छ भन्‍ने कुरामा पावल विश्‍वस्त हुन सक्नुको कारण के थियो? रोमको मण्डलीका भाइहरूलाई लेखेको पत्रमा तिनले यसको एउटा कारण बताउँदै परमेश्‍वरबारे यसो भने: “उहाँको अदृश्‍य गुण, . . . संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाहा पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।”—रोमी १:२०.

यसपछिका पानाहरूमा परमेश्‍वरको सृष्टिमा छर्लङ्‌गै देखिने उहाँको तीन वटा गुणबारे चर्चा गर्नेछौं। यी गुणहरूलाई केलाउँदै जाँदा तपाईंले आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘परमेश्‍वरका यी गुणहरूबारे सिक्दा मलाई कस्तो असर पर्छ?’ (w08 5/1)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुनै प्रमाण नभए तापनि उहाँमा हामीले विश्‍वास गर्नुपर्छ भनेर बाइबलले बताउँदैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने